/ Undifined / [Marganugami Daily] जग्गा दिने शर्तमा छुटे यौन दुराचारको आरोपित महन्त

[Marganugami Daily] जग्गा दिने शर्तमा छुटे यौन दुराचारको आरोपित महन्त

सिरहा, २७ फागुन । यौन दुराचार को आरोपमा पक्राउ परेका सिरहाको नवराजपुर गाउँ पालिका–४ नहरनियाँ गाउँस्थित रामजानकी मन्दिरका महन्त (पूजारी)लाई प्रहरी जग्गा दिने शर्तमा प्रहरीले छाडेको छ ।
मन्दिरका महन्त करिव ३५ वर्षीय शुभनारायण यादव (दास)लाई शनिबार गाउँपालिका अध्यक्ष गाउँपालिका अध्यक्ष विश्वमोहन प्रसाद यादवसहित स्थानीय अगुवाहरुको पहलमा दस दिनभित्र जग्गा रजिष्ट्रेसन पास गरिदिने शर्तमा छोडिएको छलफलमा सहभागीले बताए । जग्गा मन्दिर वा महिला कसको नाममा पास गरिदिने विषय भने दस दिनभित्र हुने छलफलले टुंग्याउने आन्तरिक सहमति भएको बताइएको छ । महन्तलाई स्थायीवासीले महिलाको घरबाट नियन्त्रणमा लिई प्रहरीमा बुझाएका थिए । पन्छिँदै प्रहरी गाउँपालिका अध्यक्ष यादवको गाउँकै घटना भएकाले उनकै पहलमा महन्तलाई छोडिएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक रविभूषण यादवले भने, 'गाउँपालिका अध्यक्षले नै जिम्मा लिएपछि महन्तलाई छोडिएको हो । गाउँलेहरूले महन्तलाई नियन्त्रण मा लिएर प्रहरीलाई बुझाएपछि प्रहरीले अनुसन्धान गर्दै आएको बताइएको छ ।
कसैले खोल्दैनन् मुख महन्तलाई गाउँकै महिलाको घरबाट नियन्त्रणमा लिएको कुरा सुनेको स्वीकारे पनि कसैले घटनाको विषयमा खुलेर कुरा गर्न चाहेनन् । प्रहरीबाट छुटाइएका महन्तमाथि लगाइएको यौन दुराचारको आरोपको विषयमा गोलबजार नगरपालिका–१२ बेतौनास्थित मन्दिरमा बस्ने सिरहा जिल्लाका महन्त प्रमुखसहितको उपस्थितिमा छलफल गरी निर्णय लिइने सहमति भएको बताइएको छ ।
पति वैदेशिक रोजगारीमा रहेकी र तीन छोराछोरीकी आमा समेत रहेकी करिव ३० वर्षीया महिलाको घरबाट गाउँलेहरूले महन्तलाई राति नियन्त्रणमा लिएका लिई प्रहरीलाई जिम्मा लगाएका थिए । अविवाहित महन्त बाजे पुस्तादेखि नै मन्दिरको महन्तको रुपमा पूजाआजा र हेरविचार गर्दै आएको गाउँलेहरू बताउँछन् ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 3/12/2018 12:29:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment