काठमाडौं । १० चैत । ब्राजिलले १३ मिनेटभित्र तीन गोल गरेको छ र विश्वकप आयोजक रुसमाथि सहज जित हात पारेको छ । शुक्रबार राति भएको मैत्रिपूर्ण खेलमा ब्राजिलले रुसलाई ३–० ले हराएको हो ।
खेलको पहिलो हाफमा ब्राजिल हाबी भएपनि गोल हुन सकेको थिएन तर, ५३ औं मिनेटमा मिरान्डाले गोल गरे । खेलको ६२ औं मिनेटमा काउटिन्होले पेनाल्टीमा गोल गरे भने चार मिनेटपछि ब्राजिलका लागि पाउलिन्होले गोल गरे । ब्राजिलको अर्को मैत्रिपूर्ण खेल जर्मनीसँग छ । सभार : अनलाइनखबर
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/23/2018 09:39:00 PM
No comments:
Post a Comment