जनकपुर । चैत । गुठ्ठीको जग्गा अतिक्रमण गर्ने प्रति नेपाल गुठ्ठी संस्थान शाखा कार्यालय जनकपुरको ध्यान केन्द्रित भएको छ ।
नेपाल गुठ्ठी संस्थान शाखा कार्यालय जनकपुरको अधिकांश जग्ग कव्जा गरिरहेको कारण गुठ्ठी संस्थानले अतिक्रमण मुक्त अभियानमा लागेको नेपाल गुठ्ठी संस्थान शाखा कार्यालय जनकपुरको प्रमुख मनोज शर्माले जानकारी दिएको छ ।
प्रमुख शर्माले भने पहिले अधिकाशं मठ मन्दिरको जुन गुठ्ठीको जग्गा थियो त्यो अतिक्रमणको चपेटमा परेको छ । त्यस प्रति म लगायत गुठ्ठी संस्थानले अधिकाशं स्थानको जग्गा अतिक्रमण मुक्त गराउन सफल भएको छ भने बाँकी अतिक्रमण गर्ने व्यक्तिलाई खालि गर्न भनेका पनि छौ ।
त्यस्तै अतिक्रमण मुक्त गराउनलाई सम्वन्धित निकायमा समेत पहल गरिसकेको विश्वास दिलाउदै प्रमुख शर्माले भने बाँकी अतिक्रमण चाडै नै मुक्त गराउने जानकारी दिनुभयो ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/27/2018 09:30:00 PM
No comments:
Post a Comment