/ Undifined / [JANLOKPRIYA] धनुष ट्राफिकले तोकियो अटो ई रिक्सा भाडा दर, अटेरि गरे कर्यावाहि गर्ने ट्राफिकको चेतावनि,यस्तो छ भाडादर

[JANLOKPRIYA] धनुष ट्राफिकले तोकियो अटो ई रिक्सा भाडा दर, अटेरि गरे कर्यावाहि गर्ने ट्राफिकको चेतावनि,यस्तो छ भाडादर


जनकपुर,१५ चैत । जनकपुुरमा चल्ने अटो ई रिक्साहरुको भाडादर निर्धारण गरिएको छ । अव जनकपुरमा वर्षौदेखि सञ्चालित झण्डै ३ हजार अटो ई रिक्सा चालकहरुले यात्रीबाट मनोमानी भाडा लिए कार्वाहीमा पर्नेछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले बुधबार एक कार्यक्रमको आयोजन गरी भाडादर सार्वजनिक गर्नुको साथै अटो ई रिक्साहरुमा भाडादर स्टिकर टाँसेको छ । गत एकसाता अघि धनुषाका प्रमुख जिल्ला अधिकारी दीलीप चापागाईं अध्यक्ष रहेको यातायात व्यवस्थान समितिले अटो ई रिक्साहरुको भाडादर निर्धारण गरेको थियो ।

उक्त निर्णय आज धनुषाका ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले अटो ई रिक्सा चालकहरुलाई भेला गरी सार्वजनिक गर्नुभयो । रिक्सामा भाडादरको स्टीकर टाँस्दै प्रमुख चौधरीले अव भाडादर कार्यान्वयन हुने बताउनुभयो । ' तोकीएको भाडादरभन्दा बढी भाडा लिन्छन् भने तपाईहरु यात्रीहरुले फोन गर्नुहोस् ', ट्राफिक प्रहरी प्रमुख चौधरीले भन्नुभयो ' ोकिएकोभन्दा यात्रीबाट बढी भाडा लिने अटो ई रिक्सामाथि कार्वाही हुन्छ ।
उहाँले भाडादर व्यवहारमा पाल्ना गरी यात्रीलाई सेवाप्रदान गर्न रिक्सा चालकहरुलाई अग्रह गर्नुभयो ।

रिक्सा सञ्चालकहरुले आफुहरुलाई पनि यात्रीबाट भाडा लिन सजिलो हुने विश्वास व्यक्त गरेका छन् । भाडादर स्टीकर ट्राफिक प्रहरीलाई परफेक्ट डिजीटल स्टुडियोका सञ्चालक प्रदीपकुमार साहले उपलब्ध गराएर सहयोग गर्नुभएको छ ।  भाडादर सार्वजनिकी करण कार्यक्रममा समाजसेवी अमरचन्द्र अनिल , स्थानीय युवा अगुवा सुशील कर्ण लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।



--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/28/2018 08:54:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment