/ Undifined / [JANLOKPRIYA] १० लाख मागेर मेयर धम्क्याउने सीर्आइबीको फन्दामा

[JANLOKPRIYA] १० लाख मागेर मेयर धम्क्याउने सीर्आइबीको फन्दामा


काठमाडौं ।५ चैत । १० लाख रकम मागेर मेयरलाई अपहरणको धम्की दिने २ जना प्रहरीको फन्दामा परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी० ले रौतहटको व्रिन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवसँग रकम मागेर धम्क्याउँदै आएका दुईजनालाई ललितपुरको बालकुमारीबाट आइतबार पक्राउ गरेको हो ।
एसपी जीवन श्रेष्ठका अनुसार,  पक्राउ पर्नेमा २५ वर्षीय मोहम्मद सम्सग आलम र ४५ वर्षीय जुल्फिकर सेक रहेका छन् । आलम कठरिया नगरपालिकाका हुन् भने सेक राजपुर नगरपालिकाका हुन् ।

आलम र सेकले नगरपालिकाका मेयर रामस्नेहीसँग १० लाख रकम माग गर्दै नदिए अपरहण गर्ने धम्की दिँदै आएका थिए । आफूमाथि धम्की आएपछि मेयरले प्रहरीमा उजुरी गरेका थिए । लगत्तै प्रहरीले मेयर धम्क्याउने दुर्इ जनालार्इ पक्राउ गरेको हो । सभार : अनलाइनखबर


--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/18/2018 08:57:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment