/ Undifined / [Samgrasandesh.com] सरकारी विद्यालयका स्थायी शिक्षकहरुको पब्लिक कलेजमा रजाईं

[Samgrasandesh.com] सरकारी विद्यालयका स्थायी शिक्षकहरुको पब्लिक कलेजमा रजाईं

 मुकेश यादब सिरहा, १९ माघ । सिरहामा सरकारी बिद्यालयका स्थायी शिक्षकहरु पब्लिक कलेजमा रजाई गरेको रहस्य खुलेको छ । विभिन्न सरकारी विद्यालयमा कार्यरत शिक्षकहरुले सिरहाको गोलबजार नगरपालिका ४ मा रहेको रामप्रताप रामप्रसाद तामांड जनता बहुमुखि क्यामपस, दामोदरानन्द ब्रम्हचार्य कलेज, सुखिपुर कलेजमा बिभिन्न सरकारी बिद्यालयका शिक्षकहरुले शिक्षण गर्दै आएका छन् । 
जिल्ला शिक्षा कार्यालय सिरहाकोे मातहतमा रहेका बिभिन्न बिद्यालयका स्थायी शिक्षकहरु उक्त सामुदायिक क्यामपसहरुमा लामो समयदेखि शिक्षण गर्दै आइरहेको भएपनि सरकोकारवाला निकाय मौन रहेको छ । शिक्षा ऐनविपरित खुल्लेयाम जनता डोटेल माबि विष्णपुरकट्टीका शिक्षक किशोर साह, कल्याणपुर श्रोत केन्द्रका श्रोत व्यक्ति भगवानबाबु साह, जमाबि कसाहामा कार्यरत प्रदिप साह, सरस्बति माबि जम्दहका शिक्षक राजकुमार राई, प्राबि औरहाका प्रध्यानाध्यापक प्रेम अधिकारी, माबि कबिलासीका राहत शिक्षक गुलाब यादब, माबि चैनपुरका शिक्षक ईश्वर स्यांगबा, जनता बनबाली माबि बर्छबाका शिक्षक धनिकलाल मंडल र सुर्य नारायण सत्य नारायाण यादब मरबैता बहुमुखि क्याम्पस सिजे यादब रामप्रताप रामप्रसाद जनता कलेजमा अध्यापन गराई रहेका छन् । 
सिरहा कलेज र गोलबजार कलेज  एउटै समयमा दुवैठाउँमा हाजिरी गरि तलब सुबिधा पाउँदै आइरहेका छन् ।
शिक्षा ऐनमा 'सामुदायीक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र जिल्ला शिक्षा अधिकारीको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालयवाहिर काम गर्न नहुने' भने पनि यहाँ कार्यरत शिक्षकहरुले मनमाना आफूखुसी अन्यत्र काम गरेको पाइएको हो । 
मिर्चैया कलेजमा पनि आधादर्जनभन्दाबढी सामुदायीक विद्यालयका शिक्षकहरुले अध्यापन गराईरहेको जनाएको छ । कलेजका प्राचार्य संजय साहले विभिन्न समस्याका कारण सामुदायीक विद्यालयका शिक्षकलाई राखिएको जनाए । उनले यहाँका कलेजहरुले आर्थिक अभावका कारण ती शिक्षकहरुलाई थोरै रकममा राखिएको जनाए ।
यता सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले भने यसमा आपूmले केही गर्नै नसक्ने बताउँछन् । उहाँले कानुनले पनि केही नवोलेकोले शिक्षकहरुले नैतिकताकै आधारमा दुईठाउँ काम गर्न नहुने बताए । उनले भने, 'शिक्षकहरु आफैले बुझ्नु पर्ने हो, नैतिकतै पचाएर काम गर्नेलाई के भन्न सकिन्छ र ?'
शिक्षा ऐनले शिक्षाकार्यालयबाट अनुमति लिएरमात्र अन्यत्र काम गर्न पाइने भनेपनि अहिलेसम्म कुनै पनि शिक्षकले आफ्नो कार्यालयबाट त्यस्तो अनुमति नलिएको बताए । यसअघि पनि सामुदायीक विद्यालयका शिक्षक पब्लिक कलेजमा काम गरेको समाचार प्रकाशित भएपछि जिल्ला शिक्षा कार्यालयका वनी बुद्धिमान दनुवारलाई सत्य तथ्य बुझी रिपोर्ट बुझाउन खटाएको भएपनि अझै जिल्ला शिक्षाकार्यालयमा रिपोर्ट पुगेको छैन । 
जिल्ला शिक्षा कार्यालयले दनुवारलाई चार महिना अघि सत्यतथ्य अध्ययनगरी रिपोर्ट बुझाउने जिम्मा दिएको थियो । उनले विभिन्न बाहाना देखाउँदै रिपोर्ट बुझाउन ढिलो भएको बताउँदै आएको छ । 
यता जानकारहरुभने त्यहाँ कार्यरत शिक्षकहरुसँगको मिलेमत्तोमा रिपोर्ट नै नवनाएको बताउँ छन् । दनुवार भने त्यस्तो केही नभएको भन्दै आफ्नो व्यस्तताको कारण ढिलो भएको भन्दै आएको छ । 
सुचना सार्वजनिक नहुँदा थाहै छैन भन्ने र सार्वजनिक भएपछिपनि विभिन्न बाहानामा आनाकानी गर्दा नियमको उलङ्घन गर्दै आफूखुसी कामगर्ने शिक्षकहरुको मनोवल बढेको सर्वसाधारणको बुझाई छ । 


--
Posted By Samagrasandesh to Samgrasandesh.com at 2/02/2018 03:33:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment