Onlinesiraha-Nepali |
- लट्री परेको भनि प्रलोभन देखाइ ठगी गर्ने गिरोह पक्राउ
- भ्रस्टाचारी प्र.अ लाई मेयर बरबरिया द्वारा निलम्बन
- जनकपुरमा युवाले गरे सिरिया आक्रमणको बिरोध
- पारिश्रमिक नदिएको भन्दै रेडियो मधेशकमा कार्यरत कर्मचारीहरुले गरे तालाबंदी
लट्री परेको भनि प्रलोभन देखाइ ठगी गर्ने गिरोह पक्राउ Posted: 26 Feb 2018 09:59 AM PST सिरहा , फागुन १४ । भारतिय अपराधीक प्रवृतीका व्यक्तिहरुले ठगी गर्ने पुर्व योजना बनाई नेपालका सोझा साझा व्यक्तिहरुलाई लट्री परेको भनि प्रलोभन देखाइ ठगी गर्ने गिरोह पक्राउ परेका छन् । Whatsapp, IMO, Viber, Facebook, जस्ता सामाजिक संजाल र SIM मार्फत रु २५,०००,००।–(पच्चीस लाख) को लट्री जित्नु भएको छ भनी फोन तथा म्यासेजबाट बधाई समेत दिई बैक खाता नम्बर तथा परिचय खुल्ने कागजात समेत सोही सामाजिक संजाल मार्फत पठाउन लगाई विश्वासमा पारी ठगी गर्ने गरेको प्रहरीले जनाएका छन् । लट्री बापतको कर (Tax) नेपाल सरकारलाई तिर्नु पर्ने रकम जम्मा गरे पछि मात्र उक्त रकम खातामा जम्मा हुने कुरा बताई, IME तथा अन्य बैंक मार्फत पैसा पठाउन लगाई ठगी गरि रहेको भन्ने सुचनाको आधारमा उनिहरुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेका छन्। जिल्ला पर्सा वीरगंज म.न.पा.वडा नं.१५ स्थित न्यू बीरगंज मनि ट्रान्सफरमा पुग्दा सोही मनि ट्रान्सफर भित्र रकम निकाली शंकित रुपमा कुराकानी गरी बसी रहेको अबस्थामा उक्त कार्यमा संलग्न निम्न ३ जना व्यक्तिहरुलाई पक्राउ गरेका छन् । निजहरुको साथबाट ठगी गर्ने कार्यमा प्रयोग गरिएको सिम सहितको मोबाइलहरु, स्रोत खुलाउन नसकेको नगद, विभिन्न मनि ट्रान्सफर तथा बैंकको भौचरहरु, नागरिकता तथा नागरिकताको फोटोकपीहरु समेतका कागजातहरु फेला पारी बरामद गरी यस कार्यालयमा ल्याई ठगी तथा संगठित अपराध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको जनाएका छन् । पक्राउमा परेका व्यक्तिहरुः– १. जि. सुर्खेत विरेन्द्रनगर न.पा.वडा नं.७ बस्ने नर बहादुर थापाको छोरा बर्ष २४ को भिम बहादुर थापा २. जि. दैलेख, गुरास गाउँपालिका बडा नं.४ बस्ने भिम बहादुर सिजालीको छोरा बर्ष २२ को विष्णु सिजाली मगर ३. भारत विहार पुर्वी चम्पारण मोतिहारी जिल्ला कुमरिया बस्ने मसौद अलीको छोरा बर्ष २० को असरफ अली बरामद दशीहरुः– १) नगद नेपाली रु ३५,०००।–(पैतिस हजार) । २) भारतीय रु ३०२०।–को नेपाली तर्फ परिवर्तन गर्दा आजको दर भाउँ अनुसार नेपाली रु १००।–को भा.रु.१६०।–को दरले जम्मा रु ४८३२।– ३) विष्णु सिजाली मगरको सक्कलै नागरिकता प्रमाणपत्र थान–१ ४) भिम बहादुर थापाको सक्कलै नागरिकता प्रमाणपत्र थान–१ नोटः-ठुलो धनराशिको पुरस्कार परेको भन्दै विभिन्न सामाजिक संजाल (Whatsapp, IMO, Viber, Facebook) बाट ठगी गरेको पाईएकोले प्रलोभनमा नपर्न र सचेत रही तत्काल प्रहरीमा जानकारी गराउन हुन सर्वसाधारणहरुमा सुचित गरिन्छ । ठगी गर्ने गिरोह पक्राउ सिरहा , फागुन १४ । भारतिय अपराधीक प्रवृतीका व्यक्तिहरुले ठगी गर्ने पुर्व योजना बनाई नेपालका सोझा साझा व्यक्तिहरुलाई लट्री परेको भनि प्रलोभन देखाइ ठगी गर्ने गिरोह पक्राउ परेका छन् । Whatsapp, IMO, Viber, Facebook, जस्ता सामाजिक संजाल र SIM मार्फत रु २५,०००,००।–(पच्चीस लाख) को लट्री जित्नु भएको छ भनी फोन तथा म्यासेजबाट बधाई समेत दिई बैक खाता नम्बर तथा परिचय खुल्ने कागजात समेत सोही सामाजिक संजाल मार्फत पठाउन लगाई विश्वासमा पारी ठगी गर्ने गरेको प्रहरीले जनाएका छन् । लट्री बापतको कर (Tax) नेपाल सरकारलाई तिर्नु पर्ने रकम जम्मा गरे पछि मात्र उक्त रकम खातामा जम्मा हुने कुरा बताई, IME तथा अन्य बैंक मार्फत पैसा पठाउन लगाई ठगी गरि रहेको भन्ने सुचनाको आधारमा उनिहरुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेका छन्। जिल्ला पर्सा वीरगंज म.न.पा.वडा नं.१५ स्थित न्यू बीरगंज मनि ट्रान्सफरमा पुग्दा सोही मनि ट्रान्सफर भित्र रकम निकाली शंकित रुपमा कुराकानी गरी बसी रहेको अबस्थामा उक्त कार्यमा संलग्न निम्न ३ जना व्यक्तिहरुलाई पक्राउ गरेका छन् । निजहरुको साथबाट ठगी गर्ने कार्यमा प्रयोग गरिएको सिम सहितको मोबाइलहरु, स्रोत खुलाउन नसकेको नगद, विभिन्न मनि ट्रान्सफर तथा बैंकको भौचरहरु, नागरिकता तथा नागरिकताको फोटोकपीहरु समेतका कागजातहरु फेला पारी बरामद गरी यस कार्यालयमा ल्याई ठगी तथा संगठित अपराध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको जनाएका छन् । पक्राउमा परेका व्यक्तिहरुः– १. जि. सुर्खेत विरेन्द्रनगर न.पा.वडा नं.७ बस्ने नर बहादुर थापाको छोरा बर्ष २४ को भिम बहादुर थापा २. जि. दैलेख, गुरास गाउँपालिका बडा नं.४ बस्ने भिम बहादुर सिजालीको छोरा बर्ष २२ को विष्णु सिजाली मगर ३. भारत विहार पुर्वी चम्पारण मोतिहारी जिल्ला कुमरिया बस्ने मसौद अलीको छोरा बर्ष २० को असरफ अली बरामद दशीहरुः– १) नगद नेपाली रु ३५,०००।–(पैतिस हजार) । २) भारतीय रु ३०२०।–को नेपाली तर्फ परिवर्तन गर्दा आजको दर भाउँ अनुसार नेपाली रु १००।–को भा.रु.१६०।–को दरले जम्मा रु ४८३२।– ३) विष्णु सिजाली मगरको सक्कलै नागरिकता प्रमाणपत्र थान–१ ४) भिम बहादुर थापाको सक्कलै नागरिकता प्रमाणपत्र थान–१ नोटः-ठुलो धनराशिको पुरस्कार परेको भन्दै विभिन्न सामाजिक संजाल (Whatsapp, IMO, Viber, Facebook) बाट ठगी गरेको पाईएकोले प्रलोभनमा नपर्न र सचेत रही तत्काल प्रहरीमा जानकारी गराउन हुन सर्वसाधारणहरुमा सुचित गरिन्छ । |
भ्रस्टाचारी प्र.अ लाई मेयर बरबरिया द्वारा निलम्बन Posted: 26 Feb 2018 09:36 AM PST नरेशचन्द्र बरबरिया,फाल्गुन १४ गते । धनुषाको शहीदनगर नगरपालिकाको नगर प्रमुख उदय कुमार बरबरिया यादबले बिद्यालय प्रधानाध्यापकलाई बिधालय व्यवस्थापनको एवं शैक्षिक कार्य बिपरित कार्यहरु गरेको भन्दै निलम्बन गरेका छन् । नगरकार्यपालिका बैठकले नगरपालिकाको वडा नम्बर ७ स्थित श्री एस.एन.आर.मावि धवौलीका प्रधानाध्यापक श्रीप्रसाद गोहिबारलाई प्र.अ पदबाट निलम्बन गरेको हो। विद्यालयको आय–व्यय पारदर्शी बनाउन तथा शैक्षिक प्रशासनिक कार्यलाई चुस्तदुरुस्त बनाउन सम्बन्धित वडाका जनप्रतिनिधिले पटक–पटक ताकेदा गरेपछि प्रधानाध्यापक गोहिबारले अटेर गरेको र छानबीन गर्दै जाँदा विद्यालयको भवन निर्माण तथा छात्रवृतिको बजेटमा व्यापक अनियमितता गरेको देखिएपछि प्रचलित ऐन, कानूनलाई टेकेर कारबाही स्वरुप तत्काल निलम्बन गर्ने निर्णय गरिएको हो । लामो समयसम्म स्थानीय तह जनप्रतिनिधि विहीन रहँदा विकास निर्माणको कार्यसँगै सबैभन्दा नाजुक अवस्थामा पुगेको सामुदायिक विद्यालयको शिक्षा नै हो । संविधान कार्यान्वयन सँगै जनप्रतिनिधि चयन भइसकेपछि स्वभाविकरुपमा जनताले बिग्रे, भत्केका सार्वजनिक सरोकारका क्षेत्रहरुमा सकारात्मक परिवर्तन खोजिरहेका छन् । ''हामी जनप्रतिनिधिले त्यसको उचित सम्बोधन गर्नुपर्ने हो'' मेयर बरबरियाले बताए । यति बेला सुशासनको अभावमा जर्जर बनेको राष्ट्रको चौतर्फी उन्नतिको लागि सम्पूर्ण नागरिक र राष्ट्रसेवक कर्मचारीले जनप्रतिनिधिसँग हातेमालो गरी अगाडि बढ्नुपर्ने मुख्य आवश्यक्ता छ । यस घडीमा जनप्रतिनिधिले कर्मचारीलाई र कर्मचारीले जनप्रतिनिधिको खुट्टा तान्ने प्रवृतिलाई नै मलजल दिनेगरी कुनैपनि गतिविधि गर्नुहुन्न । त्यस्तो गर्नेजोकोहीलाई जनताले दण्डित गर्नेछ भन्ने मेरो विश्वास छ, भन्ने समेत उहाले जनाउनु भयो। सामुदायिक विद्यालयको मर्यादामा दाग लाग्ने गरी विद्यालयको शैक्षिक स्तर ध्वस्त पार्ने जोकोही शिक्षकलाई आँखा चिम्लेर नगरपालिकाले न तलब खुवाइरहन सक्छ न त त्यस्ता शिक्षकको लापर्वाहीलाई बेवास्ता गर्न सकिन्छ । जनताको श्रम र पसिनाबाट संकलन गरिएको करबाट शिक्षक, कर्मचारीको हातमुख जोडिने हो। तिनै जनताका छोराछोरीको भविष्यलाई अँधकारमा धकेल्नेलाई जनताले उन्मुक्ति दिनु पनि हुँदैन, स्थानियको भनाइ छ । धवौली माविका प्रअलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकारको दायरा भित्रबाटै निलम्बन गरिएको हो। निज प्रअले उक्त निर्णय प्रति असन्तुष्ट भएको अवस्थामा न्यायलयमा गएर चित्त बुझाउन सक्ने कानुनी अधिकार छ । उहाँलाई विद्यालयको अहित हुनेगरी अहिले पनि कुनै कार्यमा अल्झिनुभन्दा न्यायोचित निकासको बाटो रोज्न सक्ने आधार छ, अन्त्यमा प्रमुख बरबरियाले थपे । |
जनकपुरमा युवाले गरे सिरिया आक्रमणको बिरोध Posted: 26 Feb 2018 06:43 AM PST जनकपुरधाम, १४ फल्गुन । सिरियामा भएको बीभत्स हत्या बारे जनकपुरका युवाले कडारुपमा एकजुट हुन आह्वान गरेका छन् । सिरियामा मानवअधिकार विरुद्ध भएको आक्रमणको विरोधमा जनकपुरमा परिवर्तनका लागि यूवा अभियान र जानकी यूवा क्लबले संयूक्तरुपमा श्रद्धाञ्जली एवं शोक सभा गरेका छन् । सोमबार जनकपुर स्थित जानकी मन्दिर प्राङ्गणमा मोमबत्ती प्रज्वलन गरि जानकी युवा क्लबको अध्यक्ष बिट्टु पजियारको अध्यक्षता भएको हार्दिक श्रद्धाञ्जली एवम् शोक सभामा परिवर्तनका लागि युवा अभियानका संयोजक सुशील कर्णले हतियार व्यापारी र युद्ध उन्माद्कहरुको आतंककारी गतिविधिले निर्दोश बालबालिका तथा सर्वसाधारणलाई आतंकित पार्दै सिरियामा गरेको बर्बर नरसंहारको घोर भत्र्सना गरेका छन् । त्यस्तै क्लबका महासचिब मोहन रौनियारले बर्बर नरसंहारको कडारुपमा आलोचना गर्दै निन्दनिय कार्य तत्काल बन्द गरि साम्राज्यवादी सोच त्यागी शान्तिपुर्णरुपमा सर्वसाधारणलाई बाच्न देउ भन्दै बिन्ती गरेका छन् । |
पारिश्रमिक नदिएको भन्दै रेडियो मधेशकमा कार्यरत कर्मचारीहरुले गरे तालाबंदी Posted: 25 Feb 2018 07:52 PM PST फागुन १४ । जनकपुर स्थित रेडियो मधेश १०६.६ मेघाहर्जमा कार्यरत्त कर्मचारीहरुले तालाबन्दी गरेका छन् । ५ महिना देखि कार्यरत्त कर्मचारीहरुलाई पारिश्रमिक नदिएको भन्दै आईतबार सामुदायिक रहेको रेडियो मधेशमा ताला लगाई रेडियोको सम्पूर्ण काम ठप्प पारेका छन् । ५ महिना भन्दा लामो समय देखि पारिश्रमिक वापतको तलब र प्राविधिकको रुपमा गरेको कामको समेत पारिश्रमिक नदिएकाले दैनिक गुजारा टार्न समस्या भएको र स्टेसन मैनेजर राजेश ठाकुरलाई सामुहिकरुपमा जानकारी गराउदाँ समेत वास्ता नगरेकाले बाध्यतावश ताला मार्नु परेको पप्पु अधिकारीले बताए । उनको ५० हजार भन्दा बढी रुपैया बाकी रहेको छ । त्यस्तै सोनाली ठाकुरले पनि विगत ३ महिना देखि २ वटा कार्यक्रम चलाउदै आई काम गर्दै आएकी छिन् तर स्टेशन मैनेजर राजेश ठाकुरले पारिश्रमिक वापतको तलब माग्दा दिने भन्ने गरेको तर कुनै वास्ता नगर्दा रेडियोको सम्पूर्ण कर्मचारीहरु मिलेर तालाबन्दी गरेको स्पष्ट पारे । यस रेडियोमा ७ जना कर्मचारीहरु कार्यरत्त छन् । ७ जना मध्ये कसैको पनि पारिश्रमिक वापतको रकम नदिदाँ बाध्यात्मक अवस्थामा तालाबन्दी गरेको कृष्ण झाले बताए । यस रेडियोमा प्रेमराज, अभय साह, प्रताप राज लगायतका छन् । जनकपुरमा रहेका समुदायिक रेडियोहरु समेत पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेको तलबको कार्यान्वयन नगरेर पत्रकारहरुको दोहन गर्दा पनि कसैले यस विषयमा वास्ता गरेको छैन । त्यस्तै यस रेडियोमा विगतमा पनि लामो समयसम्म विभिन्न पत्रकारलाई काम गराई पारिश्रमिक वापतको तलब नदिदाँ अधिकांश रेडियोकर्मीहरु यहाँबाट पलायन भईसकेका छन् । यस रेडियोमा काम गर्नुपूर्व काम गरेको नियूक्ति पत्र नदिदाँ कर्मचारीले बेलाबखतमा आवाज उठाउदाँ पनि सरोकारवालले वास्ता नगर्दा काम छाडेको कुरा पत्रकार ज्योति झा बताउछिन् । यसअघि पत्रकार किरण कर्ण, गोविन्द महतो, प्रिति झा, प्राविधिक चन्दन ठाकुर, राजा झा, पारसमणि ठाकुर ,बिजय लाल यादब , मंटू गामी लगायतकाहरुले काम गरे तर पारिश्रमिक भने पाउन सकेनन् । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment