Onlinesiraha-Nepali |
- रौतहटमा ट्याकटर दुर्घटनामा परि एक जना मृत्युु ।
- बलिउड अभिनेत्री श्रीदेवी हृदयघातको कारण निधन
- मिथिला माध्यमिकि परिक्रमा आज सतोषरमा,सोमबार औरही प्रस्थान गरिने
- चर्चित भारतीय नायिका श्रीदेवीको निधन
रौतहटमा ट्याकटर दुर्घटनामा परि एक जना मृत्युु । Posted: 25 Feb 2018 08:30 AM PST अमित ठाकुर ।रौतहट।फागुन १३ ।रौतहट जिल्लामा दिन प्रतिदिन सवारीहरुको चाँप बढेकोले दुर्घटनाहरु बढेका छन। अाज बिहान रौतहटको हर्साहाबाट अाउँदै गरेको ना ३ त ३६४६ नंबरको ट्याकटर झुनखुनवा चौकमा पल्टिँदा ट्याकटरमा सवार १ जनाको मृत्यु भएको छ।हिजो बेलुकी राजदेवी नगरपालिकाका राजदेवी टोलको लगन राय यादवको भतिजोको साईत अर्थात दुरागमनमा गएको ट्याकटर अाज अाउने क्रममा झुनखुनवा चौकमा पल्टिँदा यादवको १७ वर्षीय छोरा दिलोज कुमार यादवको मृत्यु भएको छ। ट्याकटर चालक ट्याकटर छोडी फरार भएको प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले जानकारी दिएको छ। पोखरेलको भनाई ट्याकटर अनियन्त्रित भई मृत्यु भएको छ।मृत्यु यादवको शव पोस्टमार्टमको लागि गौर अस्पतालमा ल्याईएको छ। भने चालकलाई खोज तलास भई रहेको र घटना बारे अनुशन्धान भईरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिएको छ। भने ट्याकटरमा सवार अन्य ब्यक्तिको भनाई पछाडिबाट अाईरहेको ट्रक चौकमा साईड लिने क्रममा ट्रकले ठक्कर लागि ट्याकटर दुर्घटना भएको छ। सो ट्रकलाई छानबिनको लागि राजपुर प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ। |
बलिउड अभिनेत्री श्रीदेवी हृदयघातको कारण निधन Posted: 25 Feb 2018 12:20 AM PST बलिउडकी हरेक इभेन्टमा छोरी जान्ह्वीलाई डोहोर्याउँथिन्, श्रीदेवी । उनकै पदचाप पच्छ्याउँदै छोरी बलिउड इन्ट्री गरिन् । करण जौहरको फिल्म 'धडक'बाट जान्ह्वीले डेब्यु गरिन् । तर, आफ्नी छोरीको फिल्म हेर्न पाइनन् । पति बोनी कपुर र सानी छोरी खुसीसँग दुबईमा आफ्ना भान्जाको बिहेमा सरिक हुन गएकी उनको हृदयघातको कारण निधन भयो । बोनीका परिवार बिवाह सकेर दुबईवाट फर्किएका थिए । तर, बोनी, श्रीदेवी र छोरी खुशी त्यही बसे । जान्ह्वी चाहि फिल्म सुटिङको कारण दुबई जान पाएकी थिइनन् । |
मिथिला माध्यमिकि परिक्रमा आज सतोषरमा,सोमबार औरही प्रस्थान गरिने Posted: 24 Feb 2018 10:44 PM PST जीतेन्द्र कुमार राम जनकपुरधाम १३ फाल्गुन। मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकि परिक्रमा श्रीराम जीको डोलि सहित धनुषाको सवैला नगरपालिका स्थित बहुधार्मिक,बहुचर्चित सरोबर सतोषरधाममा आइतबार आज विश्राम गर्ने भएको छ। फाल्गुन औंसीको दिनदेखी विधिवत रुपमा सुरु भई नेपाल र भारतको १५ वटा विश्राम स्थलहरुमा सीतारामको डोलासंगै पदयात्रा गर्ने लाखौं श्रद्धालुहरु आज सतोषरधाम आइपुग्दा सतोषर सेवा समितिले भब्य स्वागत गरेका छन। छुट्टै इतिहास बोकेका ऐतिहासिक मिथिला माध्यमिकि परिक्रमा फागु पूर्णिमाको दिन होलिका दहन पश्चात अन्तरगृह परिक्रमा गरि माध्यमिकि परिक्रमा समापन हुने गर्दछ । १५ दिवसीय परिक्रमामा सहभागी नभएकाहरु पनि अन्तरगृहमा सहभागी भई माध्यमिकि परिक्रमाको सहयात्री बन्ने गर्छन् । अन्तरगृह परिक्रमा सम्पन्न भएपछि जनकपुरमा होली आरम्भ हुन्छ । मिथिला महात्मयमा उल्लेख भए अनुसार बृहत, मध्यमार लब्धी गरि तीन प्रकारको परिक्रमा गरिने उल्लेख छ। फागुन औंसीको दिन धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोला तथा जनकपुरको अग्नीकुण्डबाट किशोरीजीको डोला सहित माध्यमिकी परिक्रमा शुरु हुन्छ । नेपाल र भारतको सीमाक्षेत्रका जनताबीच सामाजिक तथा धार्मिक सद्भावका लागि अति नै महत्वपूर्ण मानिएको यो परिक्रमाको क्रममा नेपालका १३ र भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरुमा परिक्रमाबासीले विश्राम गर्ने गर्छन । जम्मा १ सय ३३ किलोमिटर पैदल यात्रा गर्ने परिक्रमा बासीहरु यस अवधिभरीको लागि आफ्नो गांस, बांस र कपासको व्यवस्था गरेर हिड्छन्। आज सप्तेश्वर विश्राम पश्चात् परिक्रमा टोलि औरही प्रस्थान गर्नेछन। |
चर्चित भारतीय नायिका श्रीदेवीको निधन Posted: 24 Feb 2018 05:07 PM PST एजेन्सी, फागुन १३ –भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र कंधन करुणईमा अभिनय गरेकी थिईन् । उनले बाल कलाकारको रुपमा 'मे तेलुगु' र 'मलयालम' चलचित्रमा पनि अभिनय गरेकी थिईन् । उनले ३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन् । श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज लगायत दर्जनौ हिट चलचित्रमा अभिनय गरेकी छिन् । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment