Onlinesiraha-Nepali |
पत्रकार सिंहको घटना पछि प्रेस चौतारीले गरे ध्यानाकर्षण Posted: 02 Feb 2018 10:31 AM PST जनकपुरधाम, १९ माघ । दिनरात कलम चलाउँदै आफ्नो ज्यानै जोखिममा राखि भ्रष्टाचार विरुद्ध निरन्तर पत्रकारिता गर्दै आएका जनकपुरका युवा क्रियाशिल पत्रकार राजकमल सिंहले भन्सार तस्करीको भण्डाफोर गरेकाले ज्यानमार्ने धम्की दिएको हो । दिउसो करिव १ बजे जनकपुर भन्सार कार्यालयका प्रमुख हेम चन्द शर्मा र करारका गाडी चालक प्रकाश यादवले गालिगलौज गर्दै अपहरण गर्ने शैलिमा ज्यानमार्ने धम्की दिएको प्रति प्रेस सेन्टर नेपाल, प्रेस चौतारी र प्रेस युनियन धनुषा शाखाले प्रेस बिज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण गराएको छ । यसरी सामाचार संकलनको क्रममा हातपात, गालिगलौज र धम्कि दिनु प्रेस स्वतन्त्रा माथि प्रस्न चिन्ह खडा गर्नु हो । तसर्थ यस्ता निन्दायी कार्यमा संलग्न भन्सार कार्यालयका प्रमुख हेम चन्द शर्मा र करारका गाडी चालक प्रकाश यादव तथा घटनामा संलग्न अन्य कर्मचारीहरुको तत्काल सत्य, तथ्य बुझी कानुनको दायरामा ल्याई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् । यदि हाम्रो माग प्रति सम्बन्धित निकायले कुनै कदम नचाले हामी शसक्त आन्दोलनमा ओर्लिने चेतावनी समेत प्रेस बिज्ञप्ति मार्फत दिएका छन् ।सभार मधेसपाटी |
जाँडरक्सी बिक्री बितरण,डिजेमा भोजपुरी गित बजाउन रोक लगाइएपछि Posted: 01 Feb 2018 07:23 PM PST राम नारायण पंडित, सिरहा, १९ माघ । कल्याणपुर नगरपालिकाका केहि बडामा मदिरा बिक्रीबितरण तथा प्रयोगमा रोक लगाईएको छ । कल्याणपुर नगरपालिका बडा नं. ५ का बडा अध्यक्ष दिपेन्द्र यादबको अध्यक्षतमा बुधबार बसेको बैठकले सर्बसम्मतले साबिक गाबिस बिष्णपुर, चिकना र भोक्राहा तथा हाल कल्याणपुर नगरपालिका बडा नं. ४, ५ र ६ मा जाँडरक्सी बिक्री बितरण र प्रयोगमा रोक लगाईएको छ । समाजमा जाँड रक्सी सेवनबाट हुने विकृति विसंगति, होहल्ला, झै–झगडाको अन्त्य गरि समाजलाई शान्त बनाउन जाँड रक्सी निषेधित क्षेत्र घोषणा गरिएको बडा नं. ६ का बडा अध्यक्ष मोतिबुल राइनले बताए । तिनै बडा क्षेत्र भित्र पसलहरुमा रहेका जाँडरक्सी माघ मसान्त भित्र बिक्रीबितरण गरिलिन निर्देशन दिँदै फाल्गुन १ गतेबाट पाईएमा पहिलो पटक पसलेलाई रु. ५ हजार र प्रयोगकर्तालाई रु. २ हजार जरिवाना गर्ने निर्णय गरिएको छ । बैठकले तिनै बडालाई भोजपुरी गित मुक्त क्षेत्र घोषणा गरिएको छ । निर्णय बिपरित भोजपुरी गितसंगित बजाएमा रु. ५ हजार जरिवाना गर्ने निर्णय गरिएको छ । भोजपुरी गितले समाजमा बिकृति, बिसंगति फैलाउने भएकोले रोक लगाईएको छ । यसले भैm–झगडा हुनुका साथै बालबालिका र महिलालाई नाकारात्मक असर पार्ने भएकाले आफूहरुले अभियान नै थालेको बडा अध्यक्ष राइनले स्पष्ट गरे । बैठकले तिनै बडा क्षेत्रमा पर्ने कमला नदिबाट जथाभाबी गिटी र बालुवा निकासी गर्न नदिने निर्णय गरिएको छ। बिद्यार्थीहरुलाई शौक्षिक अध्ययन कार्ड उपलब्ध गराई पठनपाठनमा प्रोत्साहन गर्ने समेत निर्णय गरिएको छ । बैठकले १६ बर्ष मुनिका युवायुवतिलाई मोवाईल र मोटरसाइल प्रयोग गर्न रोक लगाईएको बडा अध्यक्ष राईनले जनाए । मोवाइलले समाजमा बिकृति बढाएको बैठकले निष्कर्ष निकाल्दै निर्णय बिपरित प्रयोग गरेको पाईएमा पहिलो पटक रु. ५ सय जरिवाना गर्ने निर्णय गरिएको जारी बिज्ञप्तीमा उल्लेख रहेको छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment