सप्तरी, १६ फागुन । प्रसिद्ध गायक उदितनारायण झा १० वर्षपछि आफ्नो गाउँ सप्तरीको भारदह आएका छन् । जेठी श्रीमती रन्जना झासितको विवादपछि गाउँका बासिन्दा पनि उदितको विपक्षमा उभिएका कारण उनी घर फर्कन पाएका थिएनन् ।
सन् १९८८ मा फिल्म कयामत से कयामत तकको 'पाप कहते है वडा नाम करेगा बोलको गीतबाट प्रसिद्धी पाएका उदितले ३० भाषाका १५ हजार गीतमा आफ्नो स्वर दिएका छन् । पछिल्लो समय जेठी श्रीमती रन्जनासित सम्बन्ध सुधार भएपछि घरायसी कार्यका लागि उदित २ दिनअघि घर भारदह आएका हुन् । उनी बुधबार ससुराली (जेठी श्रीमतीको माइती) बिहारको सुपौल जिल्लास्थित अरर्हा निर्मली गएका छन् ।
एक हप्ता सप्तरी भारदहस्थित घरमै बस्ने उनी यसवर्षको होली गाउँमा आफन्तसँगै मनाउने बताए । घरायसी कार्यमा अति ब्यस्त र बिरामी भएको कारण देखाउँदै सञ्चारकमीसित कुरा गर्न नमानेका उदितलाई भेट्न उनको घरमा गाउँका मानिस र प्रशंसकहरुको भीड छ । उनले भेट्न आउनेलाई मिठाई खुवाउँदै उपहारसहित होलीको शुभकामना दिने गरेका छन् ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 2/28/2018 08:09:00 PM
No comments:
Post a Comment