गोविन्द महतो
जनकपुरधाम, १९ माघ । मध्य तराईका विद्यार्थीहरू शीतलहर तथा कठ्याग्रिँदो चिसोका कारण बढी प्रभावित भएका छन् । कक्षा कोठामा विद्यार्थीका लागि डेस्क र बेञ्च नहुँदा चिसो भुँइमै बसेर पढ्न बाध्य भएका कारण चिसोमा उनीहरू विद्यालय नै आउँदैनन् ।
जनकपुर उपमहानगर पालिकाको कुवारामपुरस्थित श्री माध्यमिक विद्यालयमा समेत विद्यार्थीहरू चिसोका कारण विद्यार्थीहरू विद्यालय नै आउन छाडेका हुन् । यस विद्यालयको कक्षा १, २ र ३ मा डेस्क र बेञ्च नहुँदा बालबािलका हरू चिसोमा भुँइमै बसेर पढन बाध्य भएको विद्यालयका प्रचार्य रामअवतार यादव बताउँछन् । उनले भने, 'स्कुलमा डेस्क बेञ्च छैन । डेस्ट बेञ्च नभए कार्पेटसम्मको व्यवस्था पनि छैन । जिल्ला शिक्षा कार्यालयमा दजर्नौ पटक धाइसके कोही सुन्दैनन् ।
औरही गाउँपालिका कपटौलमा रहेको बहुमुिख राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था पनि उस्तै छ । यस विद्यालयका विद्यार्थीहरू चिसो मौसमा घाम लागेको बेलामा खुल्ला चौरमा र गर्मीको मौसममा रुखको मुनि छाहरीमा पढ्न बाध्य भएको विद्यालयका शिक्षक इल्याकत मन्सुरी राइन बताउँछन् । यस्तै, धनुषाकै औरही गाउँपालिकास्थित पौडेश्वरमा रहेको जनता राष्ट्रिय प्राथमिक विद्यालयको भवन जीर्ण अवस्थामा पुगेपछि कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरू वडा कार्यालयको भवनमा बसेर पढ् बाध्य भएका छन् ।
विद्यालयका प्राध्यानाध्यापकले आफू आएको दुई वर्ष भइसकेको बताउँदै उनले भने,'यहाँबाट जिल्ला शिक्षा कार्यालयमा पटक–पटक विद्यालय निरीक्षण र भवनको लागि लिखित रूपमै माग गरिसकेको छु । तर जवाफ एक पटक पनि पाइन । उल्टो विद्यालयको आन्तरिक स्रोतबाट भवन निर्माण तथा मरम्त सम्भारका लागि सुझाए पनि सहयोग एक सुक्कै पाएको छैन् । आन्तरिक स्रोतबाट गर्न भन्छ । तर यहाँ विद्यालयको नाममा एक कौडी केही पनि छैन । कसरी काम गर्ने? अधिकांश सामुदायिक विद्यालयका विद्यार्थी घाम लागेको बेला चौरमा र शीतलहरका बेला कक्षा कोठामा बोरा विछ्याएर पढनुपर्ने बाध्यता रहेको छ । सरकारी बेवास्ताका कारण सामुदायिक विद्यालयहरूको गुणस्तर र भौतिक संरचना खस्किदै गएको समयमा स्थानीय तहले पनि विद्यालय सुधारका कार्यक्रमहरू ल्याउन सकेका छैनन् ।
यता जनकपुर उपमहानगर पालिका प्रमुख लालकिशोर साहले नगरसभा सम्पन्न हुने वित्तिकै स्वास्थ्य चौकी, विद्यालयसहितका सरकारी अयाहरूको निरीक्षण अनुगमन गर्दै समस्या सामाधानतर्फ लाग्ने प्रतिक्रिया दिए । यस्तै, औरही गाउँपालिकाका अध्यक्ष ब्रहम्देव यादवले गाउँपालिकाभित्र रहेका सम्पूर्ण विद्यालको विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रियामा अगाडी बढेको जानकारी दिए । प्रदेश–८ जिल्लाका १५ प्रतिशत बालबालिकाहरू डेस्क बेन्चको अभावमा यसरी नै भुँइमा बसेर पढ्ने गरेको बताइएको छ ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 2/02/2018 09:41:00 PM
No comments:
Post a Comment