/ Undifined / [Samgrasandesh.com] जाडोले सिरहाका सामुदायिक बिद्यालय माघ १ गतेसम्मका लागि बन्द

[Samgrasandesh.com] जाडोले सिरहाका सामुदायिक बिद्यालय माघ १ गतेसम्मका लागि बन्द

 मुकेश यादब, सिरहा, २३ पौष ।प्रतिकूल मौसमका कारण सिरहा जिल्लाका सामुदायिक विद्यालय माघ १ गतेसम्मका लागि बन्द गरिएको छ । बढ्दै गएको चिसोका कारण सामुदायिकमा बिद्यार्थीहरुको उपस्थिति कम भएको र आबजाबतमा समस्या भएको मध्य नजर गर्दै बिभिन्न शिक्षक संघसंगठन र जिल्ला शिक्षा कार्यालयले आज ९आइबार० देखी माघ १ गतेसम्मका लागि सामुदायिक बिद्यालय बन्द गर्ने निर्णय गरिएको एकिकृत अखिल शिक्षक संगठगन सिरहाका अध्यक्ष प्रमोद सिंहले जानकारी दिए 

सिरहामा कुल चार सय २३ सामुदायिक विद्यालय रहेको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ ।

यता, चिसोका कारण सिरहामा सामुदायिक बिद्यालय माघ १ गते सम्मका लागि बिद्यालय बन्द गर्ने निर्णय गरेपनि निजि बिद्यालयले स्कुल संचालन नै राखेका छन् ।

  सिरहामा जाडोले ३ जनाको मृत्यु भइसकेको छ भने चिसोका कारण स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । चिसो मौसमका कारण सर्वसाधारण घरबाट कमै निस्कने गरेका छन् भने निजी विद्यालयका विद्यार्थीहरु जाडोको बेला पनि थर्थर काम्दै विद्यालय जान बाध्य छन् ।प्रतिकूल मौसममा पनि परीक्षाको नाममा विद्यालय सञ्चालन गरेर केही निजी विद्यालयले स–साना बालबालिकाको स्वास्थ्यमाथि खेलबाड गरिरहेको अभिभावकको गुनासो छ ।


--
Posted By Samagrasandesh to Samgrasandesh.com at 1/06/2018 11:54:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment