राम नारायण पंडित, सिरहा, २५ पौष । बढ्दै गएको जाडोलाई दृष्टिगत गर्दै कर्जन्हा नगरपालिकामा कम्वल वितरण गरिएको छ । एकसाता भन्दा लामो समयदेखि चलेको शितलहरले प्रभावित भएका वृद्धवृद्धा, गरिब, दलित, बिपन्न परिबारहरुलाई आज कम्वल वितरण गरिएको छ । ग्रामिण पुर्वाधार पुनः निर्माण संस्था (आरआरएन) को सहयोगमा नगरपालिकाका बडा नम्बर ६ मा ७० र बडा नम्बर ७ मा ५० गरी जम्मा १ सय २० घरपरिबारलाई प्रतिपरिबार एक थानका दरले आज कम्बल बितरण गरिएको हो ।
त्यस्तै, बडा नम्बर ६ मा युवाहरुलाई एक थान फुटबल समेत प्रदान गरिएको छ । बडा नम्बर ६ का बडा अध्यक्ष जगदिश महतोको अध्यक्षमा भएको कार्यक्रममा नगरपालिकाका मेयर गंगा पासमान र उपमेयर ज्ञानु श्रेष्ठ लगायत बिभिन्न सरोकारबालाहरुको उपस्थित रहेको थियो ।
--
Posted By Samagrasandesh to Samgrasandesh.com at 1/09/2018 04:28:00 AM
No comments:
Post a Comment