/ Undifined / [Samgrasandesh.com] माथि ओली प्रचण्ड मिलेर मात्र हुँदैन तलसम्मकै एकता हुनुपर्छ : नेता पोखरेल

[Samgrasandesh.com] माथि ओली प्रचण्ड मिलेर मात्र हुँदैन तलसम्मकै एकता हुनुपर्छ : नेता पोखरेल

मणिलाल विश्वकर्मा सिरहा २६ पुस । नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य तथा बिना विभागीय मन्त्री गिरीराजमणि पोखरेलले माथिल्लो तहमा केपी ओली र प्रचण्डको मात्र नभएर तल्लो इकाईसम्म एकता हुनु पर्ने बताएका छन् । 
तत्कालीन नेकपा (चौथो महाधिवेशन) का पोलिटब्यूरो सदस्य समेत रहेका चर्चित किसान नेता जयगोविन्द साहको मंगलबार सिरहाको धनगढीमाई नगरको जिरोमाइलमा आयोजित २८ औं स्मृति सभालाई सम्बोधन गर्दै नेता पाखरेलले सबै कुरा मिलाएर पार्टी एकता गर्नेभन्दा पनि जति मिलेको छ, त्यसको आधारमा शक्ति बाँडफाटसहित बाँकी कुरा मिलाउने गरी पार्टी एकता गरेर अगाडि बढ्नु पर्ने औंल्याए । 
शान्ति र राष्ट्रिय स्वाधीनताका लागि लडिरेहका दुई ठूला वामपन्थी दल नेकपा (एमाले) र माओवादी केन्द्रलाई जनताले निर्वाचनमार्फत् जनादेश दिएको चर्चा गर्दै उनले माओवादी वा एमाले बाहेक अन्यसँग मिलेर सरकार चलाउने कुराले मुलुकको कार्यभार पूरा हुन नसक्ने बताए । 
मध्य तथा पूर्वी तराईमा वि.सं. ३० को दशकमा किसान आन्दोलनको अगुवाई गरेका जयगोविन्द साहसँग सम्बन्धित अध्ययन अनुसन्धानका लागि राज्यको तर्फबाट पहल हुनु पर्ने खाँचो औंल्याउँदै उनले नयाँ पुस्तासम्म जयगोविन्दलाई पुर्याउन कम्तिमा १२ कक्षासम्मको पाठ्यक्रममा उनीसँग सम्बन्धित सामग्री समावेश गरिनु पर्ने बताए । 
स्मृतिसभामा २ नं. प्रदेश सभाका सदस्यहरु रामकुमार यादव, दिलिपकुमार साह, जगत यादव, पूर्व सांसद् तथा माओवादी केन्द्रका नेता विष्णुलाल वाइवा लगायतले जयगोविन्दको योगदानको विषयमा चर्चा गरेका थिए ।  






























--
Posted By Samagrasandesh to Samgrasandesh.com at 1/09/2018 09:40:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment