मुकेश यादब ,सिरहा १९ पुस । प्रतिकूल मौसमका कारण सिरहा जिल्लाका सामुदायिक विद्यालय भोलिदेखि बन्द गर्ने निर्णय गरिएको छ ।
जिल्ला शिक्षा कार्यालयका सिरहाका अनुसार आत्याधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । कार्यालयको वार्षिक शैक्षिक कार्यक्रमअनुरूप जाडो बिदा पुस २४ गतेदेखि माघ ५ गतेसम्म हुनेभएकोमा आत्यधिक चिसोका कारण शैक्षिक कार्यक्रम पूर्व नै बिदा दिनुपरेको जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालय पुस २० गतेदेखि पुस २३ गतेसम्मका लागि सिरहा सामुदायिक विद्यालय बन्द गरिएको बताइएको छ । सिरहामा कुल चार सय २३ सामुदायिक विधालय रहेको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ ।
सार्वजनिक विद्यालय तिन दनिसम्मका लागि बन्द गरिएको बताइएको छ । यता चैनपुरबाट रोजगारीको लागि विभिन्न मुलुकमा रहेका युवाहरुको सहयोगमा स्थानीय विपन्न दलितहरुलाई शितलहरको वेला न्यानो कपडा तथा तीनका बच्चाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
यस वडाबाट बैदेसिक रोजगारीको शिलशिला मा दुवै, कत्तार, कोरीया, अमेरीका लगाएत विभिन्न मुलुकमा रहका युवाहरुले यहाँका ३६ परिवारलाई एक एक थानका दरले कम्वल र ७२ जना साना नानीहरुलाई कपी, कलप लगाएका शैक्षिक समाग्री वितरण गरेको हो ।
विदामा घर आएको वेला साथीहरुसँग विपन्न दलितको बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने सल्लाह अनुसार शैक्षिक साग्री वितरण गरेको जनाए ।
उनले हाम्रो मुख्य उद्देश्य दलित विपन्नका बालबालिकाका शैक्षिक अवस्था सुधार गर्ने भएको बताए ।
उनले आउँदा दिनमा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि सहयोग सहयोग गर्ने उद्देश्य रहेको समेत जनाए ।
जाडोको बेला न्यानो कपडा पाएपछि प्रशन्न हुँदै स्थानिय भल्सैर सदाले कम्वल पाएपछि राहत मिलेको बताए । धनगढीमाई ९ चौनपुरस्थित महावीर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजनागरी नगर उपप्रमुख फूलकुमारी श्रेष्ठबाट कम्वल तथा शैक्षिक सामग्री तथा कम्वल वितरण गरिएको थियो ।
--
Posted By Samagrasandesh to Samgrasandesh.com at 1/03/2018 01:39:00 AM
No comments:
Post a Comment