/ Undifined / [Onlinesiraha.com] मेयर बरबरिया भन्छ स्थानीय निजि र सरकारी विद्यालय बिच द्वन्द समाधान हुनुपर्छ

[Onlinesiraha.com] मेयर बरबरिया भन्छ स्थानीय निजि र सरकारी विद्यालय बिच द्वन्द समाधान हुनुपर्छ

सहिदनगर नगरपालिका मेयर उदय बरबरियाले नेपालको संविधान अनुसार शिक्षा क्षेत्रमा काम गर्न नसकिने बताएका छन् । सिरहाको मिर्चैयास्थित सगरमाथा माध्यमिक विद्यालयद्धारा आयोजित सहिद सप्ताह कार्यक्रममा उनले संविधान अनुसार आधारभुत तहसम्मको शिक्षा निःशूल्क गर्न नसकिने बताए ।
बरबरियाले नीजि क्षेत्रबाट सञ्चालित सो विद्यालयको कार्यक्रममा उनले संविधानको मर्म विपरित अभिव्यक्ति दिएका हुन् ।
'निःशूल्क इन्टरनेट सेवा दिँदा प्रयोगकर्ता धेरै भएर इन्टरनेट स्लो भए जस्तै निःशूल्क शिक्षाको व्यवस्था गर्दा शिक्षा क्षेत्र अस्तव्यस्त हुन्छ । उनले भने,'शिक्षा क्षेत्र निःशूल्क गर्न सकिँदैन । तर, नीजि र सामुदायिक विद्यालयबीच एकरुपता गर्न सकिन्छ ।'
बरबरियाले शिक्षा क्षेत्रमा देखिएको वेतिथी अन्त्य गर्न परीक्षा प्रणालीमा सुधार गरेर मात्रै नहुने जिकिरसमेत गरे । उनले शिक्षा क्षेत्रको सुधारका लागि नीजि र सामुदायिक विद्यालयबीच देखिएको द्धन्द्ध सामाधान गर्नुपर्ने बताए ।
मेयर बरबरियाले स्थानीय तहमा रहेको शिक्षा क्षेत्रको नियन्त्रण र नियमन गर्ने अधिकार देखावटी मात्रै भएको आरोप लगाए । उनले भने,'देखावटीरुपमा माध्यमिक तहसम्मको शिक्षाको नियन्त्रण र नियमनको अधिकार स्थानीय तहलाई दिएको भन्छ । तर ऐन, नियमको नमुनासहित केन्द्रले नै तोकेर पठाउनु दुःखद् हो ।'
त्यस्तै, संविधानको मौलिक हकको धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था गरिएको छ । सो धाराको उपधारा (२) मा प्रत्येक नागरिकलाइ आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशूल्क पाउने हक हुनेछ भनी उल्लेख छ ।


--
Posted By Naresh-Onlinesiraha to Onlinesiraha.com at 1/30/2018 11:34:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment