/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


सारश्वर सरसफाई अभियान पाचौं हप्तामा प्रवेश

Posted: 28 Jan 2018 08:39 AM PST



सिरहा,माघ १४ । सामुदायिक विकास केन्द्रको अगुवाईमा चल्दै आएको सिरहा नगरपालिका–१२ सारश्वरको साप्ताहिक सरसफाई अभियान चौथो हप्ता पुरा गरी पाँचौ हप्तामा प्रवेश गरेको छ ।

गएको दिन सारश्वरको सार्वजनिक स्थान र सडकमा फालिएको फोहोर सफा गर्दै पाँचौ हप्तामा प्रवेश गरेको हो ।
स्थानीय अगुवा व्यक्तिहरुको सहभागीतामा हुँदै आएको साप्ताहिक सारश्वर सरसफाई अभियानमा निर्धक रुपमा त्यहाँको महिला, युवा तथा अन्य विकासका सरोकारवालाहरु सहभागी भए ।

साप्ताहिक रुपमा गर्ने सरसफाईको प्रतिफल यहाँको सार्वजनिक स्थानहरुमा फालिएको जथाभावि फोहोर सफा भएर सारश्वरको सौन्र्यकरणमा बल पु¥याएको स्थानहरुले बताएका छन् ।

सरसफाई अभियानलाई प्रभावकारी र स्थानीयहरुको सक्रियता बढाउन जिल्ला स्तरीय सरसफाई अभियानमा सरिक हुँदै अनुभव प्राप्त गरेका व्यक्तिलाई निमन्त्रणा गर्दै अभियानलाई प्रभावकारी बनाउने तिर लागेको स्थानीय मनोज यादवले बताए । उनले पछिल्लो हप्तामा सरसफाई अभियन्ता धिरेन्द्र साहको सहभागीता रहेको थियो ।

विकासको विरोध गर्ने लहानमा कांग्रेसको बानी बनेको छ, उहांहरुलाई आग्रह छ मिलेर जाऔं : मेयर साह।

Posted: 27 Jan 2018 08:00 PM PST


लहान, १३ माघ । लहान नगरपालिकाका मेयर मुनी साहले 'नगरस्तीय र वडागरी हरेक वडामा जनसंख्या तथा भौगोलिक दृष्टिले बजेट विनियोजित गरिएको' बताउंनुभयो । आज लहान नगरपालिकाले पत्रकार सम्मेलनमा बजेट सार्वजनिक गर्दै मेयर साहले 'म विकास कामलाई प्राथमिकता दिन खोज्दा जहिले पनि कांग्रेसले विरोध गर्दै आएको छ । र, अहिले संघीय समाजवादी फोरम पनि कांग्रेसीको पछिपछि लागेको छ ।'' म त भन्छु सबै मिलेर जाऔं, लहानलाई सुन्दर नगरी बनाऔं ।' बताउंनुभयो ।
 कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताले हामीले पनि विकासका कल्पना गरिएका संग्रहालय, चिडियाखाना, डिजिटल युग अनुसारको प्रविधिहरुको स्थापना गर्ने जुन लक्ष्य लिएको हो त्यो सराहनीय र महत्वपूर्ण रहेको बताउंनुभयो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment