सिरहा, २४ पुस । नेपाल भारत सीमाबीच रहेको सिरहा जिल्ला अन्तर्गतका बीस प्रतिशत पिलर हराएको छ । नेपाल र भारतको संयुक्त सर्वे टोलीले जाँच गर्दा पिलरहरु हराएको कुरा बाहिरिएको हो ।
नेपाल भारत सीमा सर्वेक्षण टोली नम्बर २ विरगंजबाट खटिएका नेपाल र भारतका सर्वेक्षकहरुले सिरहामा २० र सप्तरी जिल्लामा ५० प्रतिशत भन्दा वढी सीमा स्तम्भहरु हराएको हो । सप्तरीदेखि सीमा स्तम्भवको सर्वे गर्दै सिरहा आईपुगेका टोलीले प्रत्येक पिलरको फोटो खिचेर अवस्था र पोजिशन मापन गर्दै टिपोट गरेका छन् । सिरहामा ३ सय सिमास्तम्भ मध्ये २० प्रतिशत हराईरहेको सवेक्षक रंजन ढुंगानाले बताए ।
सर्वे अफ इन्डियाबाट खटिएका सर्वेक्षक धनसिंह असवालले सप्तरीमा अत्याधिक सीमा स्तम्भ हराईरहेको बताए । सिरहामा सीमास्तम्भ कम हराएको भन्दै सानो सीमास्तम्भहरु बाढी, भत्काई दिदा र माटोमा पुएिकोले हराईरहेको बताए । सिरहामा ३ सय, सप्तरीमा ६ सय र धनुषामा ५ सय सीमा स्तम्भको तथ्यांक दुवै देशसँग रहेको छ ।
भत्किएका र हराईरहेका सीमा स्तम्भहरु अर्को वर्ष बनाउने योजना रहेको भन्दै अव बन्ने सीमास्तम्भहरु दुई मिटर लामो हुने उनीहरुले बताएका हुन ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/08/2018 06:58:00 PM
No comments:
Post a Comment