सिरहा, २० पुस । कथित बोक्सीको आरोपमा आफ्नै छिमेकीलाई कुटपिट गर्ने आमाछोरीलाई प्रहरीले पक्राउ गरेको छ । लहान–२१ खोरिया टोल बेतहाका ३८ वर्षिय रितादेवी दासलाई बोक्सी आरोपम कुटपीट गर्ने आफ्नै छिमेकी ३७ की वर्षिय ईनरदेवी दास उनकी छोरी १७ वर्षिय निलम दासलाई कुटपीट गरेपछि पक्राउ परेको प्रहरीले हो ।
आफ्नो पति सिल्टु दासलाई टुनामुना लगाएर विरामी बनाएको भन्दै रितादेवीलाई कुटपीट गरेको हो । पुष १५ गते लहान बजारबाट घर फर्किरहेका बेला बेलुकी रितालाई गालीगलौज गर्दै मरणासन्न हुनेगरी कुटेको स्थानीयले जनाएको छ । 'मेरो पतिलाई टुनामुना गर्ने तइहोस् भन्दै आमाछोरीले बांसको लीले रक्तामय हुनेगरी कुटपीट गरेको जनाएको छ । दुवै आमाछोरीले रितालाई बाँसको लठ्ठीले भुइमा लडाई लडाई कुटेको जनाएको छ । पीडित दासको लहानस्थित स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।
ईनरवत्तिकी श्रीमान सिल्टु दास विगत बर्षदेखि मधुमेहका रोगबाट पीडित रहेको जनाएको छ । उनले नियमित औषधी सेवन गरिरहेको वताइएको छ ।
कुटपिट गर्नेपक्षले विगत दूई बर्षदेखि धामी झाक्री देखाउँदा रिताले नै विगार गरेको भन्दै आएको उनीहरुको आरोप रहेको छ । त्यसैले विगतमा पनि रिता लाई तीन पटक बोक्सीको आरोप मा कुटपिट गरेको उनले जनाएको छ । उनले ममाथि पटक पटक अन्याय भएपछि आफू न्यायको लागि प्रहरीमा आएको जनाए ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी गणेश चन्द ठकुरीले घटनाको अनुसन्धान भईरहेको जानकारी दिएको छ । डिएसपी ठकुरीले स्थानीय केही व्यक्तिहरु यही मिउन दवाव दिइरहेको भएपनि कानुन अनुसार मुद्दामा जाने जनाए ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/05/2018 12:24:00 AM
No comments:
Post a Comment