कमलेश यादब
सिरहा, १४ माघ । समाज विकासको मेरुदण्डको रुपमा काम गर्दै आएका सामाजिक संस्थाहरु को विकास, व्यवस्थापन र काम गर्न उर्जा थपिने गरी कार्यनीति लागु गरिने सिरहा नगरपालिका का मेयर अषेश्वर प्रसाद यादवले बताए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र सिरहाको चौथो अधिवेशनलाई उद्घाटन गर्दै त्यस्तो कुरा बताएका हुन् ।
उनले कुनै एक निकाय वा व्यक्तिले गरेर समाजको विकास हुने साध्य नभएको हुनाले सामाजिक संस्थाहरु व्यवस्थित तरिकाले अगाडि बढ्यो भने स्थानीय निकायले जनताको चाहना अनुसार लिएका लक्ष्य प्राप्ती गर्न सहज हुने दाबी गरे । नगरक्षेत्रभित्रका संस्थाहरुलाई सक्ने जति सहयोग गर्दै बाहिरको संस्था तथा दातृ निकायसँग सहकार्य गरेर कार्यनीतिलाई अगाडि बढाइने उनले प्रतिबद्धता व्यक्त गरे ।
सामुदायिक शिक्षालाई स्तरीकरण गर्दै पिछडिएका वर्गका बालबालिकालाई शिक्षित बनाइने कार्यक्रममा जोड दिइने उलने थप्दै त्यस सन्दर्भमा गैर सरकारी संस्थाहरुले सकारात्मक भुमिका खेल्नुपर्ने बताए । दहेजप्रथा, बालविवाह, लागुऔषधको बढ्दो प्रयोग जस्ता सामाजिकताको अवधारणा विपरित गतिविधि लाई निरुत्साहित एवम् नियन्त्रण का कार्यहरु गरिने बताए ।
नव गठित समितिका अध्यक्ष नविन कुमार यादवले सामुदायिक विकासका लागि समिति पदाधिकारी तथा सहयोगकारी अन्य निकाय एवम् व्यक्तिहरुसँग सहकार्य गर्दै क्रियाकलापमा केन्द्रित हुने बताए । अध्यक्ष पदमा आफुलाई सर्वहमतिले चयन गर्ने सबैलाई उनले बधाई दिँदै भने,'सामुहिक विचारलाई प्रतिनिधित्व गर्दै हुने क्रियाकलापमा सबैको सहयोगको खाँचो पर्दछ । विगत वर्षहरु झै आउने दिनमा सामुदायिकको कार्यलाई प्राथमिकता दिएर सहयोग गर्न सबैसँग आग्रह गरे ।
विगतका दिनमा मानव बेचविखन, बालविवाह, खुल्ला दिशामुक्त अभियान तथा अन्य सामाजिक क्रियाकलापमा सक्रियपूर्वक सकारात्मक दृष्टिणका साथ काम गरे सरह आउने दिनमा लागुऔष नियन्त्रणमा जोड दिँदै अन्य क्रियाकलापलाई अगाडि बढाइने सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष धिरेन्द्र साहले बताए । उनले लागुऔषधको बढ्दो प्रयोगले समाजका उर्जाशिल युवाहरुको भविष्य अन्धकारमा पर्न थालेका छन् ।
गठित समितिको सचिव, सहसचिव र कोषाध्यक्ष क्रमश शम्भु साह, राधेश्याम यादव, ब्रहमदेव साह रहेको भने सदस्यहरुमा सिरियादेवी दास, भुट्कुन देवी दास, पाकिजा प्रविण, कृष्णकुमार अग्रवाल, सोनु महरा लगायत सर्वसहमतिले १५ सदस्य समिति चयन भयो । यस्तै संरक्षकमा झिङगुर यादवलाई चयन गरियो भने सल्लाहकारमा मुरलीकान्त सिंह र बालेश्वर यादव चयन भए । संस्थाले संचालन गरेको विभिन्न अभियान मा सहयोग पु¥याएकाहरुलाई दोसल्ला ओढाएर सम्मान गरियो ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/30/2018 09:04:00 PM
No comments:
Post a Comment