राजबिराज, १६ पौष । मधेश आन्दोलनलाई आधार बनाएर निर्माण भएको "मधेशी पुत्र २"को सेन्सर पास गर्न माग गर्दै मधेशी कलाकारहरु आन्दोलित भएका छन् । सदरमुकाम राजविराजमा मधेशी कलाकारहरुले सेन्सर पास गर्न माग गर्दै प्रदर्शन गरेका छन् । मधेशी पुत्र २ चलचित्रमा आन्दोलनका दृष्यहरु र स्वतन्त्र मधेशको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका डा। सीके राउतको भूमिका राखेको भन्दै सेन्सर बोर्डले ती दृष्यहरु र डा।राउतको भूमिका हटाउन भन्दै पास गरेको छैन । मधेशी पुत्रलाई पास गर्नुपर्ने माग गर्दै आन्दोलित भएका कलाकारहरुको आन्दोलनमा सर्वसाधारणहरुले पनि खुलेर साथ दिएका छन् । हजारौंको संख्यामा आएका सर्वसाधारणहरुले यो चलचित्र सेन्सर बोर्डले पास गर्नुपर्ने माग गरेका छन् ।
राजविराजमा निकालिएको विरोध प्रदर्शनमा सोही चलचित्रका कलाकारहरु, अन्य कलाकार र स्थानीयहरुको उल्लेख्य सहभागिता थियो । विरोध प्रदर्शनपछि कोणसभा परिणत भएको थियो । कोणसभामा सम्बोधन गर्दै कलाकारहरुले सेन्सर पास नगरे सम्पूर्ण मधेशमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
कोणसभामा फिल्मका निर्माता उदितनारायण साह, सँगीतकार तथा कलाकार कमल मण्डल, कलाकारहरु रुकेश साह, देवेन्द्र यादव, दीपनारायण साह लगायतले फिल्म सम्बोधन गरेका थिए ।कोण सभामा बोल्दै कालाकार रुकेश साहले सरकार फिल्मलाई पास नगरे मधेशमे अल्गै सेन्सर बोर्ड गठन गरि फिल्म चलाउने चेताबनी दिए ।
यता, निर्माता समूहले मधेशी पुत्र २ मा सामाजिक सद्भाव खल्बलाउने खालका कुनै किसिमको दृष्य वा कथा नरहेको भन्दै यो एउटा राजनीतिक घटनाको आधारमा तयार पारिएको चलचित्र रहेको दाबी गरेका छन् ।
--
Posted By Samagrasandesh to Samgrasandesh.com at 12/31/2017 04:30:00 PM
No comments:
Post a Comment