/ Undifined / [Marganugami Daily] रक्सी र रुपैँयामा मत

[Marganugami Daily] रक्सी र रुपैँयामा मत

मनिका झा 
धनुषा, १८ मंसिर । ट्रयाक्टरमा ठूलठूला डिजे साउण्ड बक्स त्यसमाथि लाउडस्पीकरमा चर्को स्वरमा बजिरहेको चुनावी प्रचारको फिल्मी धुनको गित र त्यसमाथि नाच्दैं गरेका मतदाता । रक्सीको नशामा मात्तिएका केही मतदाताहरुले दलको फिल्मी धुनको गितमा डिजे नाँचमा अभद्र हाउँभाउ देखाउँदै नाचिराख्दा उनीहरुलाई गितमा भनिएको दलको चुनावी एजेन्डासँग खासै मतलब भए जस्तो देखिएन् ।
धनुषाको प्रतिनीधि सभा २ को यद्धुकोहा गाउँमा चुनावी प्रचारका लागि बालबालिकाहरुको हातमा झण्डा बोकाएर उनीहरुलाई ट्रयाक्टरमा बसाई नाच गराउँदै क्षेत्रमा घुमाउँदै गरेको देखियो । जिल्लाको दुर्गम क्षेत्र मानिने यस निर्वाचन क्षेत्रमा अहिले पनि मतदाताहरुलाई रक्सी र रुपैंयाको बलमा मत दिन उम्मेदवारहरुले प्रयोग गर्ने गर्छन् । १ लाख ६ हजार मतदाता रहेको यस निर्वाचन क्षेत्र अन्तर्गत औरही नगरपालिका, विदेह नगरपालिका, शहिदनगर नगरपालिका, कमला नगर पालिका, जनकनन्दनी नगर पालिकाको ४४ वटा वाड पर्दछ । यति धेरै मतदाता भएपनि विकास को गतिमा निकै पछाडी परेको क्षेत्र हो यो ।
यस क्षेत्र अन्तर्गत पर्ने शहिद नगर नगपालिकामा १० वटा वडाहरु रहेका छन् जसलाई गाउँसंग जोड्न थुप्रै बाटोहरु निर्माण गरिएपनि ति सबैं कच्ची छन् । मात्र तीन किलोमिटर सडक कालोपत्रे छ त्यो पनि दुई वर्ष अगाडी मात्र भएको हो । क्षेत्रका ९० प्रतिशत सडक जिर्ण छन्। वर्षायाममा यहाँको गाउँहरुमा सदरमुकाम जनकपुरबाट पुग्न ठूलै आफत हुन्छ । वर्षामा हिलो र सुख्खामा धुलोको मार वर्षौदेखि खेप्दै आएका यस क्षेत्रका मतदातालाई उम्मेदवारले अहिले निर्वाचनको बेला दिईरहेको विकासे भाषण भन्दा पनि कुन दलले कतिको खर्च गरेको छ त्यसमा आकर्षण छ ।
यदुकोहा ३ निवासी रामपरि मुखिया भन्छीन, नेताहरुले सधैं सपना देखाउँछन् । हाम्रो बाल बच्चाले आजसम्म राम्रो बाटो, राम्रो विद्यालय देख्न पाएका छैनन् । यस्तोमा उनीहरु मध्ये को राम्रो र कसलाई भोट दिने भन्दा जसले बढि खर्च गर्छ त्यसैलाई भोट दिने गरिएको छ । बाटोघाटोको समस्याका कारण यस क्षेत्रका गर्भवती महिलाहरु भगवानसँग सदैव प्रार्थना गर्छन् कि उनीहरुको प्रसुती वर्षायाममा नहोस् । स्वास्थ्य केन्द्रमा दक्ष चिकित्सक को अभावमा गर्भवती महिलाहरु लाई प्रत्येक वर्ष ज्यान गुमाउनु पर्ने अवस्था रहेको छ । प्राकृतिक रुपमा बच्चा पाए ठिकै अन्यथा जनकपुरसम्म ल्याउँदा ल्याउँदै महिलाहरुलाई ठूलो सास्ती भोग्नु पर्छ ।
निर्वाचन नजिकिंदै जाँदा गाउँहरुमा दिनहुं विभिन्न दलबाट भण्डारा हुने गरेको स्थानीय सुरेश यादवले बताए । दलहरुले मतदाता लाई प्रभावित गर्न खसी काँटेर मासु र रक्शीको भोजनै गरि राखेका छन् यादवले सुनाए । सत्तामा बसेर अकुत सम्पत्ति कमाएका दलका उम्मेदवार हरुसँग मतदाताको अपेक्षा पनि निकै बढि छ । चुनाव जितेपछि नेताले आफ्नो गाउँठाउँको लागि के गर्छन् थाहा छैन् तर, अहिले चुनाव सम्म कम्तीमा राम्रो खाना, रक्सी र आर्थिक सहयोग पाईराखेकोमा मतदाता खुशी भएका छन् । अन्नपूर्ण पोष्ट बाट सभार


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 12/05/2017 02:37:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment