'संसदमे थपडी मारैबलाके नै, विचार र खैबाला के जीताऊ अभियान तिब्र'
लहान, १६ मंसिर । सिरहा क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता तथा राजनीतिक विश्लेषक
प्रदीप गिरिको जीत सुनिश्चित भएको छ । विहिवार उक्त क्षेत्रको दक्षिणी भेगमा रहेको भगवानपुर मा आयोजित चुनावी सभामा प्रधानमंत्री शेर बहादुर देउवाले ठाडी नाकालाई विराटनगरको रानी जस्तै ठूलो बनाउने, ठाडीदेखि लहान हुँदै उदयपुर गढीसम्म कृष्णप्रसाद भट्टराई मार्ग बनाउने उदघोष गरे पछि यस भेगका नागरिकहरु उत्साहित भएका हुन । अझ विश्वका धनी व्यक्तित्व हरुमा दरिएका नेपालका उद्योग पति विनोद चौधरीले आम मतदातासंग प्रदीप गिरिलाई जिताउन अनुरोध गर्दै उनले जित्नु भएमा सिरहाको १ नं. क्षेत्रमा ठूलठूला उद्योगहरु स्थापना गरी यहाँका बासिन्दालाई रोजागर दिने र यहाँको कच्चा पदार्थको खपत उद्योगहरुमा गर्ने बताएपछि मतदाताहरु झनै उत्साहित भएर प्रदीप गिरिलाई यसपट मत दिने कुरा चौक चौराहा, चियापसल, घुरहरुमा बताउँदै आएका छन् ।
प्रदीप गिरिको प्रतिद्वन्दीमा रहेका एमालेका गंगाप्रसाद यादव को मिडियामा दिने अन्तवार्ताहरु मा प्रदीप गिरि बौद्धिक होनन् भनेर गरेको टिप्पणीले जित्नु हार्नु आफ्नो ठाउँमा छ, तर यादवले यसरी विश्वले बौद्धिक भनेर चिनेको तथा माक्र्स र लेलिनकै बारेमा पुस्तक र लेखहरु लेखेर बामपन्थीहरु बीच नै आदरणीय रहनु भएको प्रदीप गिरिलाई यसरी होच्याएर भन्नुले गंगा यादवको बौद्धिकता नै परिक्षण भएको टिप्पणी गरिन थालिएको छ । गंगा यादव एमाले भित्रको माधवकुमार नेपाल समुहको भएकोले उनको प्रचारमा केपी ओली नआएको टिप्पणी उनी हरुकै संगठित सदस्यहरुले हाम्रा सम्बाददातालाई नाम उल्लेख नगर्ने सर्तमा बताउने गरेका छन् ।
केही आक्रोशित व्यक्तिहरुले विश्वविद्यालयको ढोका कहिल्यै देख्न नपाएका गंगाप्रसाद यादवले जवाहरलाल नेहरु विश्व विद्यालयमा विद्यावारिधिका विद्यार्थीहरुलाई पढाएको अनुभव बोकेका प्रदीप गिरिलाई बौद्धिक देख्न नसक्नु भनेको दिउसै भट्टी पसेर गफ चुट्नेले लेख, अन्तर्वार्ता हरुको विश्लेषण गर्न नसके जस्तै हो भन्ने गरेको पाइएको छ । एमाले कै नेताहरुले संचालन गर्ने गरेको माक्र्सवाद सम्बन्धी गोष्ठी हरुमा बौद्धिकताको आधारमा प्रदीप गिरिलाई प्रमुख बक्ताको रुपमा यस बर्ष नै झापा र धुलिखेल मा आमन्त्रण गरेको विषय गंगा प्रसाद यादवको कानमा नपुग्नु स्वभाविक नै हो । एमाले नै उनलाई कार्यकर्ताको दर्जामा राखेकोले बौद्धिक बहसहरुमा बोलाउन पनि कसरी ? भन्ने गरेको सुन्दा यादवका सुभचिन्तक हरुले नै उनले अलि बढी नै बोल्नु भएको हो । सत्य कुरा जनताबाट लुक्दैन । बुद्धि नभएकाले प्रदीप गिरिलाई बौद्धिक नदेख्नु स्वभाविक हो भन्ने हल्ला टिप्पणी गर्ने गरेका छन् ।
१ नं. क्षेत्रको दक्षिण तर्फ एमालेका संगठित कार्यकर्ताहरु बीच परिचित भएपनि आम मतदाताहरुले गंगाप्रसाद यादव भन्दा रामचन्द्र यादवलाई चिन्ने गरेको र रामचन्द्र यादव एमालेको भोटमाग्न जाँदा तपाईको लागि हो भन्ने फरक कुरा हो तर अरु त हाम्रो लागि सबै बराबर हुन । त्यसैले यसपाली नयाँ व्यक्ति, बौद्धिक व्यक्ति प्रदीप गिरिलाई जीताउने हाम्रो योजना रहेको बताउने गरेका छन् ।
पहिले बामपन्थी भनेर चिनिएका तर व्यवहारमा फस्दै गएपछि बामपन्थी भनेको जीवन को शुरुवातमा के के न हो भन्ने हुँदो रहेछ तर जब व्यवहारमा फसिन्छ तब बामपन्थी भनेको हात्ति आयो हात्ति आयो फुस्सा जस्तै रहेछ भन्ने अनुभुति सुनाउँदै भन्नु भयो , ' हमरा लगैय कि प्रदीप गिरि यतुका सब नेताले राजनीति के टिप्सन पढेनार छइत, हुनका जीताऊ त क्षेत्रके विकास, यूवाके रोजगार मिलत आ संसदमे जिल्लाके इज्जत तो बढ्त । दोसरका उम्मेदवार देखली ऊ सब त संसदमे खाली थपडी मारैके कोरमके खातिर ज्यात । थपडी मारेबालाके बहुत दाइब भेजलौं, अब संसदमे विचार राखैबाला प्रदीप गिरिके गाछ छापमे भोट दक सभासद बनेबै ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 12/03/2017 02:07:00 AM
No comments:
Post a Comment