राम नारायण पंडित
सिरहा, १४ पुस । विभिन्न स्थानमा लुकाईछिपाई लगाईएको अवैध गाँजा खेती प्रहरीले फाडानी गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाले विशेष सुराकीको आधारमा मिर्चैया नगरपालिका ११ गधवा र नरहा गाउपालिका ३ खोरिया गरि करिब ५ का जमिनमा लगाएको तीन हजार चार सय गाजाको बोट फडानी गरि नष्ट गरिएको हो ।
गाँजा फडानीका लागी अभियान नै सञ्चालन गरिएकोले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने ईलाका प्रहरी कार्यालय मिर्चेयाका प्रहरी प्रमुख डिएसपी गजुसिद्धि बज्राचार्य बताए । गाँजा खेतीगर्न नेपाल सरकारले रोक लगाएको हुँदा अवैधरुपमा उत्पादन, खरिद विक्री तथा ओसारपसारमा प्रहरीको निगरानी जारी रहने बताए ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 12/30/2017 09:37:00 PM
No comments:
Post a Comment