/ Undifined / [Marganugami Daily] सिलवाल ः प्रहरी निरीक्षकदेखि सांसदसम्म

[Marganugami Daily] सिलवाल ः प्रहरी निरीक्षकदेखि सांसदसम्म

ललितपुर, २५ मंसिर । निर्वाचन भन्दा एक महिनाअघि राजनीति मा होमिएका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल प्रतिनिधिसभामा ललितपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएपछि थप चर्चामा आएको छ । 
आफू प्रहरी महानिरीक्षकमा बढुवा नभएपछि सरकारको विरोध मा सर्वाेच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका सिलवालले अदालतबाट न्याय नपाए पनि जनताबाट न्याय पाएको महसुस गरेको छ ।
सिलवालको मुद्दामा सकारात्मक देखिएको भन्ने आधारमा सत्ता पक्षले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग प्रस्ताव संसद दर्ता गराएपछि सिलवाल 'सेलिब्रेटी बनेको थियो । प्रहरीमा रहँदा पनि बफादारिता का साथ काम गर्ने छवि बनाएका सिलवाल निर्वाचन पूर्व गत असोज २० मा नेकपा (एमाले) प्रवेश गरी क्षेत्र नं १ को उम्मेदवार बनेको थियो । वर्तमान अर्थराज्य मन्त्री उदयशमशेर राणालाई छ हजार २२२ मतान्तरले पराजित गरेपछि सिलवालको प्रत्यक्ष राजनीतिक यात्रा सहज देखिएको छ ।  सिलवालले २६ हजार ९५१ मत प्राप्त गरी विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी राणाले २० हजार ७२९ मत ल्याए । यस क्षेत्रमा ५१ हजार २४९ मत खसेको थियो । दोस्रो संविधान सभा निर्वाचन २०७० राणाले एमालेका पूर्व जिल्ला अध्यक्ष मधुसूदन पौडेललाई पराजित गर्नुभएको थियो । 
साढे दुई महिना पहिलेसम्म सिलवाल नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) हुन्थ्यो । अहिले उनको नयाँ परिचयसँगै दैनिकी नै एकाएक परिवर्तन भएको छ । 
एमाले र नेकपा (माओवादी केन्द्र) को साझा उम्मेदवारका रुपमा उहाँ एक महिनादेखि मत माग्न जनताका घरआँगनमा पुग्नुभयो भने अहिले बधाई दिन र मतदातालाई धन्यवाद दिन व्यस्त हुन । 
चुनावी प्रचारका क्रममा उनी जनताका घरआँगन र खेतबारीमा पुगे । मंसिर महिना भएकाले बाली भित्र्याउन व्यस्त किसान को खेतबारीमा नै पुगेर उनले आफ्नो योजना सुनाएको थियो । 
एमालेबाट उम्मेदवार हुनु मतदाताका लागि नौलो भए पनि पूर्व प्रहरीका रुपमा उनलाई धेरैले चिन्दथे । राष्ट्रियरुपमा चर्चित व्यक्ति भएकाले उनलाई निर्वाचन जित्न सहज भएको निर्वाचन पहिले धेरैले अनुमान गरेका थिए । उनका उम्मेदवारी पार्टीको स्थायी कमिटीले लगाउँदा क्षेत्रीय कमिटीले स्वागत गर्नु उनका लागि जित्न सहज भइदियो । 
नवनिर्वाचित सांसद सिलवाल ५४ वर्ष पहिले जिल्लाको गोदावारीमा जन्माएको हो । उनले प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरीे २९ वर्षसम्म कार्यरत रहयो । सिलवालले प्रहरी सेवाबाट गत भदौ २७ मा राजीनामा दिएको थियो । उनी २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा शुरु गरेको थियो ।
असोज २२ गते उनको राजीनामा स्वीकृत भएको थियो । त्यसको दुई दिन पहिले नै उनलाई एमाले का अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएको थियो । सिलवाल जितेमा भावी गृहमन्त्री हुन सक्ने आँकलन गरिएकाले पनि उनको विजय निश्चित भएको मानिएको छ । सिलवाल नेपाली साहित्यमा नव सिलवालका रुपमा परिचित हुन । कथा, कविता, निबन्ध लगायतका विधामा उनले कलम चलाउँदै आएको छ । 
विकासका दृष्टिले पछाडि पारिएको आफ्नो क्षेत्रको पूर्वाधारहरुको विकासमा लाग्ने उहाँले बताउँदै आएको छ । राजधानीसँगैको जिल्ला भएर पनि सडक, खानेपानी, सञ्चारको विकास यस क्षेत्रमा हुन सकेको छैन । आगामी पाँच वर्षमा पूर्वाधारको विकास, कृषिमा प्रविधि जोड्ने, शिक्षा र स्वास्थ्य सेवामा जनताको पहुँच बढाउने उनको प्राथमिकता छन् ।
गाउँमा नै रोजगारीको सिर्जना गरेर वैदेशिक रोजगारीमा जानेलाई रोक्ने र गएकालाई फर्काउनु उनको चुनावी एजेण्डा रहेका छन् । आफ्ना प्रतिबद्धता पूरा गर्ने र निर्वाचनका प्रतिस्पर्धीसँग मिलेर जाने उनले निर्वाचित भएपछि बताउँदै आएको छ ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 12/11/2017 08:04:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment