/ Undifined / [Marganugami Daily] सिरहामा रासायनिक मलको अभाव

[Marganugami Daily] सिरहामा रासायनिक मलको अभाव

सिरहा, १३ पुस । गहुँबाली छर्ने समयमा सिरहामा रासायनिक मलको अभाव भएपछि किसान चिन्तित बनेका छन् । बीउ छर्ने बेलामै डिएपी र युरिया मलको अभाव भएपछि गाउँ–गाउँबाट सिरहाको लहान आउने किसानले रित्तो हात फर्किनुपरेको गुनासो गरेका छन् ।
सिरहाको गोविन्दपुरबाट डिएपी मल लिन लहान आएका मो मस्तिकिमले तीन दिनदेखि धाउँदा पनि मल नपाएपछि रित्तो हात फर्कनुपरेको गुनासो गरेको छ । उनले धान काटेर गहुँ लगाउने बेलामा मल नपाएका कारण खेत बाँझै राख्नुपर्ने अवस्था आएको दुःखेसो पोख्यो ।
कृषि सामग्री कम्पनी लहानबाट उपलब्ध भएको थोरै डिएपी र युरिया मल स्थानीय डिलरहरुले अत्यधिक महँगोमा बेच्ने गरेको र अधिकांशले त्यो पनि नपाउने अवस्था रहेको किसानले गुनासो गरेका छन् । जिल्लाका सहकारी संस्थाले भने तीन–चार दिन धाएपछि मात्र कृषि सामग्री कम्पनी शाखा लहानमार्फत थोरै परिमाणमा डिएपी र युरिया मल पाउने गरेको र ढुवानी खर्च अत्यधिक हुँदा महँगोमा बेच्नुपरेको बताएका छन् ।
यता कृषि सामग्री कम्पनी शाखा लहानका शाखा प्रबन्धक चन्द्रप्रसाद चौलागार्इंले युरिया र डिएपी मल सहजरुपमा आपूर्ति हुन नसकेकाले जिल्लामा रासायनिक मलको अभाव भएको बताए । उनका अनुसार कम्पनी शाखाको गोदाममा मात्र ४८५ बोरा डिएपी मल रहेका छन् युरिया मल एक बोरा पनि गोदाममा छैन । गत कात्तिक महिनायता हालसम्म युरिया मल सात हजार ५०० बोरा र डिएपी १२ हजार २१७ बोरामात्र आपूर्ति भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।
कम्पनीले युरिया प्रतिबोरा रु ७३८  र डिएपी रु दुई हजार १८८ का दरले बिक्री वितरण गर्दै आए पनि सहकारी संस्थाले निर्धारित मूल्यभन्दा बढी मूल्यमा रासायनिक मल बिक्री वितरण गर्ने गरेको किसानको गुनासो छ । रासायनिक मलको अभाव रहेको मौका छोपी सहकारीले बढी मूल्य लिएर रासायनिक मल बेचेको विषयमा आफ्नो कार्यालयमा हालसम्म उजुरी नपरेको प्रबन्धक चौलागार्इंको भनाइ छ ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 12/28/2017 08:46:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment