/ Undifined / [Marganugami Daily] हचुवाको भरमा खोला थुन्ने बा“ध, दुई सातामै भत्कियो

[Marganugami Daily] हचुवाको भरमा खोला थुन्ने बा“ध, दुई सातामै भत्कियो

सिरहा,१० पुस  । लागत इष्टिमेट र प्राविधिक डिजाइनबिनै हचुवाको भरमा खोला थुन्न बनाइएको 'बालुवा बाँध भत्किएको छ । लहान नगर पालिकाको मध्य भागबाट बग्ने खुट्टी खोलामा सिंचाईका लागि बनाइएको बाँध दुई हप्तामै भत्किएको हो । यसबाट पाँच लाख रुपैयाँभन्दा बढी लागत रकम खेर गएको छ । प्राविधिक डिजाइन र लागत इष्टिमेटबिना ३२ वर्षभन्दा अघिदेखि बन्द रहेको नहरमा पानी चढाउन नगर पालिकाले खुट्टी खोलामा साढे तिन मिटर अग्लो डेढ किलोमिटर लम्बाईको बालुवाको बाँध निर्माण गरेको थियो । एक्साभेटरबाट बालुवा तानेर सतहमा ५ देखि ६ र टुप्पोमा डेढदेखि साढे दुई मिटर चौडाईको बाँध निर्माण गरिएको थियो ।
नगरपालिकाले बालुवाले भरेर बाँध निर्माणका लागि प्रतिघण्टा ३ हजार ३ सय रुपैयाँ लागत दरमा एक्साभेटर भाडामा लिएको थियो । 'बाँध निर्माणका लागि घण्टाको हिसावमा एक्साभेटर भाडामा ल्याइएको थियो, सव ईन्जिनियर शिवशंकर चौधरीले 'नहर सफाई र बालुवा बाँध निर्माणका लागि डेढ सय घण्टा जति एक्साभेटर चलेको छ । उनले भने, 'खोला र नहरको सतह हेर्दा पनि पानी चढने कुनै सम्भावना थिएन ।
बाँध निर्माणका लागि कुनै प्राविधिक डिजाइन र इष्टिमेट नभएको उनले जनाए । स्थानीय सरकारको रुपमा क्रियाशील नगरपालिकामा प्राविधिक लगायत विषयगत फाँट छन् । बाँध निर्माण योजनाबारे प्राविधिक तथा योजना शाखाले जानकारी नभएको जनायो ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 12/25/2017 08:42:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment