जनकपुरधाम/ मंसिर १७ गते ।जिल्ल प्रहरी कार्यलय धनुषका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले धनुषामा कसैलाई लक्षित गरि वम विस्फोटको घटना नभएको मात्रै र्तसाउनका लागिसुतली बम पड्काईएको पुष्टि गनुभएको छ ।
शनिवार साँझ धनुषाको फुलगामामा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीलाई लक्षित गरि वम प्रहार भएको सामाचार सुनेको प्रति प्रहरी उपरीक्षक सिंहले आश्चर्य मानेका थिए । उपरीक्षक सिंहले नेता यादव जनकपुर फर्किसकेको अवस्थामा चुनाव विरोधी गतिविधि गर्ने अज्ञात व्यक्तिले जनतालाई तर्साउनको लागि दशैं तिहारमा पड्काउने सुतली वम फुलगामाको सडकमा पड्काएको प्रत्यक्षदर्शीले बताएको बताउनुभयो । तर कुनै नेता वा व्यक्तिलाई लक्षित गरेर भने बम नपड्काएको उहाँले प्रस्ष्ट पार्नुभयो ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 12/02/2017 07:25:00 PM
No comments:
Post a Comment