/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


पुरुष भलिवल प्रतियोगिता २०७३ को उपाधि रानी लाई

Posted: 02 Mar 2017 07:21 AM PST

फिरोज शेख लहान ,२०७३ फागुन १९ - सिरहाको लहानमा दोस्रो खुल्ला पुरुष भलिवल प्रतियोगिता २०७३ अन्तर्गत बिहिबार भएको फाइनल खेलमा पुर्व क्षेत्रीय तालिम केन्द्र बिराटनगर ( रानी ) विजय भएका छन् । श्री श्रुजना सामुदायिक पुस्तकालय पडरिया , लहान ११ को आयोजनामा आयोजित खुल्ला भलिवल प्रतियोगिताको फाइनल खेलमा क्षेत्रीय प्रहरी कार्यलय बिराटनगर लाई लगातार तिन सेटमा २५/२३ , २५/१९ र २५ /१९ अंक अन्तरले हराउदै जित हात पारेका छन् ।प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख संगै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने दोस्रो हुने टिमले ५० हजार नगद ,शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सिरहा क्षेत्र १ बाट निर्वाचित सांसद पदम नारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन उक्त समारोहमा उत्साहजनक दर्शकको उपस्थिति रहेको थियो । खेलको म्यान अफ द म्याच रानीका चन्द्र कुवर भएका छन। कुवर लाई मनोरंजन चौधरीले नगद ५ हजारले पुरस्कृत गरेका छन्। यसै बीच मनोरंजन चौधरीले आगामी वर्ष २०७४ तेस्रो खुल्ला पुरुष भलिवल प्रतियोगिताका लागि प्रथम पुरस्कार स्वरूप आफ्नो तर्फ बाट २ लाख रकम दिने घोषणा गरेको जिल्ला खेलकूद बिकास समिति सिरहाका अध्यक्ष सचिदानन्द चौधरीले जानकारी दिएका छन् । प्रतियोगिताको मिडिया पाटनर रेडियो सरगम ९३ मेगाहर्ज र सरगम खबर डटकम रहेको थियो ।

अध्यक्षको आकांक्षी बढेपछि फोरम सिरहाको अधिवेशन स्थगित

Posted: 02 Mar 2017 07:18 AM PST

सिरहा, १९ फाल्गुन । संघीय समाजवादी फोरम सिरहाको प्रथम एकता अधिवेशनको बन्द सत्र स्थगित भएको छ । अध्यक्ष पदका आकांक्षीहरु बढेपछि नेतृत्व चयन गर्न नसक्दा अधिवेशन स्थगित गरिएको हो । निर्वाचन समितिले बन्द सत्र स्थगित गर्दै फागुन २८ गतेका लागि निर्वाचनको मिति तोकेको छ । निर्वाचन अधिकृत रेखा यादबले केही प्राविधिक कारण भन्दै अधिवेशन स्थगित गरिएको विज्ञप्ती मार्फत जनाएकी हुन् । जारी विज्ञप्तीमा फाल्गुन २७ गते शुक्रवार दिउँसो २ बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय र फाल्गुन २८ गते शनिवार विहान १० बजेदेखि दिउसो ४ बजेसम्म हुने समय तोकेको छ । साथै बालमन्दिर सिरहामा मतदान हुने र उम्मेदवारी फिर्ताको समय अब उप्रान्त कुनै पनि परिस्थितिमा थप नगरिने पनि विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तिमा पार्टीको एकता अधिवेशनको उद्घाटन सत्र भव्यतापूर्वक सम्पन्न गरिएको चर्चा गर्दै पार्टीलाई सवल तथा आन्तरिक लोकतन्त्र स्थापित गर्न उठेका विषयहरुलाई बन्द सत्रले सर्वसम्मत रुपले अनुमोदन गरेको उल्लेख छ । फोरमको उद्घाटनपछि सोमबार रातीदेखि केन्द्रीय अध्यक्ष उपेन्द्र यादव स्वयम् बसेर जिल्ला नेतृत्वको विषय मिलाउन खोजेका थिए । तर अध्यक्ष पदका आकाङ्क्षी एक दर्जनको हाराहारीमा पुगेपछि उनी बुधबार दिउँसो 'आफैंहरु मिलाउनुस्' भन्दै निस्किए । फोरमको विधान अनुसार अध्यक्षसहित ५१ जनाको जिल्ला समितिका लागि अध्यक्षमा मात्र निवर्तमान जिल्ला अध्यक्ष किशोरी यादव, बादलप्रसाद यादव, रामदयाल यादव, प्रमोदकुमार गोहिवार लगायत ११ जनाको उम्मेदवारी परेको थियो । अधिवेशनका लागि जिल्लाभरबाट एक हजार चार सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी थिए ।

रविन्द्र मिश्र पार्टीको नाम ‘साझा पार्टी’, चुनाव चिन्ह ‘तराजु’

Posted: 02 Mar 2017 07:15 AM PST

फाल्गुन १९ । बीबीसी नेपाली सेवामा २२ बर्ष लामो पत्रकारिताको अनुभब बटुलेर नेपाली राजनीतिमा होमिएका रविन्द्र मिश्रले पार्टीको साझा पार्टी राख्ने भएको छ । अब, मिश्रलाई सम्झनुअघि एकपटक साझा बसलाई सम्झनुपर्ने भएको छ । पार्टीको चुनाव चिन्ह भने तराजु राखिएको छ । सबैले सजिलै चिन्ने र नबिर्सने चुनाव चिन्ह 'तराजु'लाई साथमा लिएर उनी नेपाली राजनीतिलाई चुचुरोमा पु¥याउँने धोकोसहित पार्टी स्थापना गर्नमा लागेका छन् । सबैलाई आश्चर्य लाग्न सक्छ । अहिले दलहरुको नाम भटाभट हटिरहेको बेला उनले कसरी दल दर्ता गरे रु यस विषयमा मिश्र निकटका एक नेताले बताए अनुसार उत्तर सजिलै छ । 'अहिले दल दर्ता त बन्द छ । तर, नाम र चुनाव चिन्ह सुरक्षित गर्न चाहेका छौं ।' यससँगै पार्टी संयोजक मिश्र नै रहने गरि केहीदिन भित्रै पार्टीको औपचारिक घोषणा हुने उनले बताए । मासिक ७ लाख रुपैयाँ तलब, गाडी र परिवारको स्वास्थ्य विमासहितको सुखसयलको जीवन त्यागेका उनलाई राजनीति गर्न त्यति सजिलो नभएको सामाजिक सञ्जालमार्फत चौतर्फि आलोचना हुँदै छन् । तर, उनका आगामी राजनीतिका पाइलाहरु हेर्न बाँकी नै छन् । हाल उनी पत्नी र छोराका साथ काठमाडौंको भैसेपाटीमा बस्दै आएका छन् । उनले सञ्चारमाध्यमहरुलाई जानकारी गराएअनुसार दुईवटा घर भाडामा लगाएर आम्दानीको स्रोत बनाउने बताएका छन् ।

ओलीको रोड शो, मधेशी मोर्चाको लाठी शो

Posted: 02 Mar 2017 02:15 AM PST

दिनेश्वर प्रसाद गुुप्ता लहान १९, फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी २३ र २४ गते सिरहा सप्तरीलगायत राजमार्गमा रोड शो कार्यक्रम गर्ने भएकोले सोको विरुद्धमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्तरिक कसरत गरिरहेको खुलासा भएको छ । मोर्चाले ओलीको लक्षित गरी कालो झण्डा मात्रै नदेखाएर लाठी जुलुस प्रदर्शनको तयारीमा लागेको एक विशेष स्रोतले जनाएको छ । सो कार्यक्रम मोर्चाले मिर्चैया, गोलबजार—चोहर्वा र लहान केन्द्रित गरिने तयारीमा जुटेका छन् । उता, सप्तरीमा 'राजविराज जाऔं, कालो झण्डासहित विरोध प्रदर्शन गरौं' भन्ने नाराका साथ आगामी २३ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रदर्शन गर्ने भएको छ । मधेश र मधेशीलाई होच्याउने मधेश विरोधी विष वमन गर्ने नेकपा एमालेका नेता केपी शर्मा ओली फागुन २३ गते सप्तरी आउन लागेकोले त्यसलाई लक्षित गर्दै मोर्चाले प्रदर्शन गर्न लागेको हो । फागुन १९ गतेदेखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले घोषणा गरेको भण्डाफोर अभिायनको प्रचार प्रसार गर्ने र तत्कालीन ओली नेतृत्वको सरकारले मधेशमा गरेका नरसंहार गरेको स्मरण गर्दै कार्यक्रमलाई सशक्त रुपमा अगाडि बढाउने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवद्वारा बुधवार जारी प्रेस विज्ञप्तिमा जनाईएको छ । फागुन १९ गतेदेखि सम्पुर्ण सप्तरीवासीले विरोध स्वरुप आ–आफनो घर तथा सवारी साधनहरुमा कालो झण्डा बाँधेर विरोध प्रदर्शन गर्ने, फागुन १९ गतेदेखि विभिन्न गा।वि।स। तथा प्रमुख हटिया वजारहरुमा कोण सभा सञ्चालन गरी भण्डाफोर अभियान सञ्चालन गर्ने, फागुन २२ गते सप्तरीको प्रमुख स्थान कञ्चनपुर, भारदह, हनुमाननगर, राजविराज, सखडा, पत्थरगडा, पातो, रुपनी, कठौना, विष्णुपुर र वोदे वर्साईन सहितको स्थानहरुमा मसाल जुलुस प्रदर्शन गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । फागुन २३ गते सप्तरीमा चक्का जाम गर्ने, फागुन २३ गते कञ्चनपुर, भारदह, राजविराज र रुपनीमा विहानैदेखि लाठी जुलुस प्रदर्शन गर्ने, तत्कालीन के।पी शर्मा ओली नेतृत्वको सरकारले मधेशमा गरेका नरसंहार तथा सप्तरीका आधा दर्जन सपुतहरुको विभत्स हत्या गरेको फोटो तथा विभत्स हत्याका ठाउँठाउँमा फोटो सहितको व्यानर झुण्डयाउने, उपरोक्त कार्यक्रमहरुका अतिरिक्त स्थानीय स्तरिय मोर्चा वा मोर्चाका घटक दलहरुले आवश्यकता अनुसार निर्णय गरी आन्दोलनका अन्य कार्यक्रमहरु सञ्चालन गर्न सकिने संयोजक यादवद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment