/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


सिरहामा प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना लागु

Posted: 17 Mar 2017 10:59 AM PDT

सिरहा, ४ चैत्र । कृषिको व्यवसायिकरण मार्फत औगोगिकीकरणमा रुपान्तरण गर्ने उद्देश्यले सरकारले सिरहामा प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना लागु गरेको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ । भौगोलिक सम्भाव्यता र तुलनात्मक लाभका आधारमा छनौट गरिएका क्षेत्र र वालीहरुमा एकीकृत रुपमा सघन कृषि विकासका कार्यक्रम सञ्चालन गर्ने कृषि विकास मन्त्रालयका प्रतिवद्धता बमोजिम सरकारले सिरहामा यस वर्ष देखि लागु गरेकोछ । जिल्ला कृषि विकास कार्यालय, सिरहाका वाली विकास अधिकृत योगेन्द्र यादवले वताएका छन् । जिल्ला कृषि विकास कार्यालय सिरहाकाको आयोजनामा शुक्रबार सिरहामा भएको प्रधानमंत्री कृषि अभिमुखिकरण परियोजना अभिकरण गोष्ठीमा वाली विकास अधिकृत यादवले सरकारले कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उधोगमा रुपान्तरित आधुनिक, दीगो एवं आत्मनिर्भर कृषि क्षेत्रका विकास गर्ने सोचका साथ सरकारले सिरहामा प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना लागु गरेको वताए । परियोजनावाट आधुनिक कृषि पधतिहरुको अवलम्वन गरी प्रतिफलमा आधारित प्रोत्साहन प्रणालीको अवलम्वन तथा गुणस्तर नियन्त्रण र खाद्य स्वच्छतामा अभिवृद्धि हुने लक्ष्य रहेको वताउदै अधिकृत यादवे उक्त परियोजना करीव ६ करोडको लागतमा सञ्चालन हुने वताए । परियोजनाले सिरहामा साना व्यवसायिक कृषि उत्पादनका लागी थल्हाकटहा, बेल्हा, राजपुर, अर्नमा र चतरी तथा व्यवसायीक कृषि उत्पादनका लागी दुर्गापुर, बल्ही, फुलकहाकट्टी, ब्रम्हानगोछारी र पडरीयालाई पकेट तथा ब्लक क्षेत्रको रुपमा अगाडी सारिएको वताउँदै अधिकृत यादवले पकेट क्षेत्रमा रासायनिक तथा प्राङ्गरिकमल, उन्नत तथा हाइविज, वीउविजन, माछा, भुरा, रासायनिक एवं जैविक विषादीहरु ल्गायतका उत्पादन सामग्रीहरुमा अनुदानमा सहयोग गर्ने कार्यक्रम रहेको वताए । जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख डा. राम चन्द्र यादवको अध्यक्षता तथा सिरहाका स्थानीय विकास अधिकारी सुरेश राउतको प्रमुख आतिथ्य तथा निमित प्रमुख जिल्ला अधिकारी सोम प्रसाद भट्टाईको विशिष्ठ आतिथ्यमा सम्पन्न सो गोष्ठीमा जिल्ला पशु सेवा कार्यालय सिरहाका प्रमुख डा. काशीनाथ यादव, पत्रकार लगायत विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधी, किसान समुहका प्रतिनिधी, विभिन्न गाविसका सचिव एवं प्रनिधिहरुको सहभागितामा रहेको थियो ।

अपहरण पश्चात हत्यारा गरेको आरोपमा जन्मकैद

Posted: 17 Mar 2017 06:15 AM PDT

फिरोज शेख लहान, २०७३ चैत ४ - सिरहा जिल्ला अदालतले अपहरण गरी हत्या गरेको आरोपमा चार जनालाई जन्मकैद , तिन जनालाई ११ वर्षकैद सजाय सुनाएका छन्। सुखिपुर गाउँपालिका-६ का १४ वर्षीय श्रवण भण्डारीलाई अपहरण गरी हत्या गरेको आरोपमा जिल्ला अदालतले बिहिबार चारजना आरोपितहरूलाई जन्मकैद सहित जनही ५० हजार रुपियाँ जरिबाना र ३ हजार ५ सय रुपैया क्षतिपूर्ति दिने सजाय सुनाएको छ।भने सोहि घटनाकाआरोपित तीनजनालाई ११ वर्षकैद, जनही ५० हजार रुपैया जरिबाना र ३ हजार ५ सय रुपियाँ क्षतिपूर्ति र एक जनालाई २० रुपैया जरिबाना सजाय सुनाएका छन्। जन्मकैदको सजाय पाउनेहरुमा सुखिपुर गाउँपालिका-६ का २७ वर्षीय दिनेश भनिने उमेश यादव, ५३ वर्षीय लक्ष्मी भण्डारी, भारत दरभङ्गा घर भई हाल सुखिपुर गाउँपालिका-१ बस्ने २० वर्षीय रामकृष्ण शर्मा र २७ वर्षीय आमोद भनिने अमरकुमार साफी रहेका छन् । त्यसैगरी ११ वर्षकैदको सजाय पाउनेहरुमा मोहनपुर कमलपुरका ५५ वर्षीय बिन्देश्वर यादव, ५५ वर्षीय धनजित यादव र १९ वर्षीय रामचरण वातर रहेका छन् ।भने रु.२० जरिबाना हुनेमा सुखिपुर गाउँपालिका-१ का ३५ वर्षीय जितेन्द्र चौधरी रहेको सरकारी वकिल दिपेन्द्र दनुवारले बताए। वकिल दनुवारका अनुसार सिरहा जिल्ला अदालतका न्यायाधीश राजेन्द्रप्रसाद अधिकारीको एकल इजलासले सो फैसला गरेको हो। सुखिपुर गाविस-६ का १४ वर्षीय श्रवण भण्डारीलाई २०७२ साल जेष्ठ ११ गते आरोपितहरु अपहरण गरि जेष्ठ २२ गते हत्या गरि खेतमा खाल्टो खनी गाडेका थिए।श्रवणको सव खेतमा गाडिएको अवस्थामा फेला परेको थियो। मृतक बालकको शवको पोष्टमार्टम रामकुमार उमाप्रसाद अस्पताल लहानमा जेठ २२ गते भएको र सोही दिन मृतककी आमाले जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनायो ।

चिट चोर्न भाइबर र म्यासेन्सर प्रयोग,सम्बन्धित निकाय मौन

Posted: 17 Mar 2017 05:13 AM PDT



सिरहा– देशभर जारी माध्यमिक शिक्षा परीक्षामा सिरहामा भाइबर र म्यासेन्जरबाट चिट चोराउने नयाँ तरिका अपनाएको पाइएको छ । शिक्षक तथा अभिभावकले यस्तो तरिका अपनाएपनि सम्बन्धित निकाय मौन भने देखिएको छ ।
परीक्षा हलमा सहभागी विद्यार्थी तथा परीक्षामा खटिएका गार्डहरुले मोबाइलबाट प्रश्नपत्रको फोटो खिच्ने र त्यसलाई परीक्षा केन्द्रबाहिर रहेका शिक्षक तथा अभिभावकहरुलाई म्यासेन्जरमा पठाई प्रश्नपत्र आउट गर्ने गरेको पाइएको हो । बाहिरिएको प्रश्नपत्र हेरेर परीक्षर्थीहरुलाई भाइबर वा म्यासेन्जरबाटै उत्तर पठाउने गरेको पाइएको हो ।

सिरहाका धेरैजसो परीक्षा केन्द्रमा भाइबर र म्यासेन्जरमार्फत चिट चोराउने नयाँ तरीका अपनाएको नाम नखुलाउने शर्तमा एक शिक्षकले बताए । सिरहा सदरमुकामकाका साथै लहान, मिर्चैया, जमदह, फुलबरिया गोलबजार, कर्जन्हा, बन्दिपुर,चेहर्वा फुलबरीया, बर्छबा लगायत जिल्लाका अधिकांश परीक्षा केन्द्रमा भाइबर र म्यासेन्जरबाट चिट चोराउने गरिएको श्रोतको दाबी छ । यस्तै परिक्षामा एउटा बेन्चमा दुईजना परिक्षार्थी बस्ने नियम रहेपनि जिल्लाका अधिकांश परीक्षा केन्द्रहरुमा एउटा बेन्चमा ५ जनासम्म बसेको पाईएको छ ।

यति मात्र नभएर सिट जहाँ भएपनि परिक्षार्थीहरु आफुखुसी परिक्षा हलमा बसेको पनि भेटिएको छ । यो वर्ष सिरहाबाट कुल १० हजार ९ सय ७१ परीक्षार्थीले परीक्षा फर्म भरेका थिए । परीक्षामा जिल्लाका एक सय २८ सामुदायिक र ५४ संस्थागत विद्यालयका विद्यार्थी सहभागी छन् । -स्रोत;रातोपाटी 

सिरहामा माध्यमिक शिक्षा परीक्षा ( एस. एल. सी ) मा भईरहेको खुल्मखुला चिट चोरी

Posted: 17 Mar 2017 05:03 AM PDT

सिरहामा केन्द्राध्यक्षहरु मोठो रकम लिई खुल्मखुला परीक्षा लिदै। निजी विद्यालयहरुले परिक्षालाई अमर्यादित बनेको छ तर प्रशासन मौन 

सिरहा । सिराहामा माध्यमिक शिक्षा परीक्षा वोर्डिङ (निजी विद्यालय) को सेटिङमा भएको खुलेको छ । परीक्षामा सम्वन्धित विद्यालयका शिक्षक गार्ड बस्न नपाउने व्यवस्था भएपनि सिरहामा रकम चलखेलमा निजी विद्यालयहरुले आफ्नै शिक्षकहरुलाई गार्ड राखेको पाइएपछि यस्तो रहस्य खुलेको हो ।

जिल्लाका केही परीक्षा केन्द्रहरुमा निजी विद्यालयले फर्जि परिचयपत्र बनाएर गार्ड राखेको पाइएको हो ।
निजी विद्यालयहरु रहेको परीक्षाकेन्द्रहरु चन्द्र मावि सिरहा, जनता बनवाली मावि वर्छवा, मोहन मावि मिर्चैया, जनसेवा मावि कर्जन्हा, जनता मावि चन्द्रोदयपुर, जमावि चन्द्रलालपुर, सरस्वती मावि जमदह, जमावि अयोध्यानगर कसहा, मावि पडरिया, पशुपति आदर्श मावि लहान, लक्ष्मण ललिता मावि लहान, मावि ब्रम्हान गोर्छारी लगायत परीक्षा केन्द्रहरुमा परीक्षामा सामेल विद्यालयहरुकै गार्ड राखेको बताइएको छ ।
जिल्ला शिक्षा कार्यालय सिरहाले परीक्षा केन्द्र रहेको विद्यालयलाई आफ्नै विद्यालयको जनशक्ति परिचालन गरी परीक्षा संचालन गर्न निर्देशन दिएको ति विद्यालयले बताएपनि जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले जनशक्तिले नभ्याएको खण्डमा मात्र परीक्षामा सामेल विद्यालयको बाहेकका शिक्षकको सहयोग लिन भनेको बताए ।
उनले भने,' 'मैले सवै केन्द्राध्यक्षहरुलाई जनशक्ति नपुगेको अवस्थामा मात्र अन्यत्र सहयोग लिनु भन्ने निर्देशन दिएको छु, त्यस्तो नगरेको अवस्थामा सम्वन्धित परीक्षा केन्द्राध्यक्ष नै जिम्मेवार हुनेछन् ।'
यता केन्द्राध्यक्षहरुभने जिल्लाले नै छुट दिएकाले नीजि विद्यालका शिक्षकहरु आउने गरेको बताएका छन् । जमावि अयोध्यानगर कसहाका केन्द्राध्यक्ष सुरेश कुमार साहले शिक्षा कार्यालयसँगै सोधेर गार्ड राखेको बताए ।
यसैबीच आज भएको पहिलो दिनको परीक्षामा सिराहबाट सातसय २४ विद्यार्थी अनुपस्थित भएको शिक्षा कार्यालय सिरहाले जनाएको छ ।
यो वर्ष सिरहाबाट कुल १० हजार ९ सय ७१ परीक्षार्थीले परीक्षा फर्म भरेका थिए । परीक्षामा जिल्लाका एक सय २८ सामुदायिक र ५४ संस्थागत सहभागी छन ।                                                            

मोर्चाद्वारा लहान नगरपालिकामा अनिश्तिकालिन तालाबन्दी

Posted: 17 Mar 2017 02:39 AM PDT

फिरोज शेख लहान २०७३ चैत ४ - परिमार्जनसहित संविधान संशोधन र प्रदेशको मातहतमा स्थानिय तहको पुनःसंरचनाको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सिरहाले शुक्रबार लहान नगरपालिकामा अनिश्चितकालिन तालाबन्दी गरेको छ । मोर्चाले नगरपालिका कार्यकारी अधिकृत गजेन्द्रनाथ शर्माको कार्यकक्ष र प्रशासन फाँटमा तालाबन्दी गरेको छ। मधेशी मोर्चाले अहिलेको स्थानिय तहको पुनःसंरचना आयोगको प्रतिवेदनको विरोध गर्दै तालाबन्दी गरेका छन्। लहान मोर्चाका संयोजक कृष्ण बहादुर यादवको अगुवाइमा गएको मोर्चाका नेता तथा कार्यकर्ताले कालो झण्डा सहित चर्को नारावाजी गर्दै नगरपालिकामा काम गरिरहेका कर्मचारीहरुलाई कार्यलय बाट बाहिर निकाली तालाबन्दी गरेका हुन्।संयोजक यादवले जब सम्म मधेशको समस्या समाधान हुदैन तब सम्म स्थानीय तहको निर्वाचन र स्थानीय तह पुनःसंरचना मोर्चा संगै मधेशी जनताले मान्दैन। नेपाल सरकारको विवेधकारी नियतका कारण अनिश्चितकालिन तालाबन्दि गरेको छु । जब सम्म मोर्चाको अर्को निर्णय हुदैन तब सम्म तालाबन्दि जारि रहने उहाले बताए। गत फागुन २२ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नेपाल भरिका स्थानीय तह पुनःसंरचनालाई जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा परिणत गरेको थियो । जसअन्तरगत जिल्ला समन्वय समिति सिरहामा ६ नगरपालिका र १६ गाउँ गाउँपालिका स्थानीय तह पुनःसंरचना अनुरूप कायम गरिएको छ । सिरहामा स्थानीय तह पुनःसंरचनासँगै सिरहामा साविकका लहान, धनगढीमाई, सिरहा, गोलबजार, मिर्चैयासहित कल्याणपुर गाविसलाई नयाँ नगरपालिका बनाइएको छ। सिरहाको पश्चिमवर्ती क्षेत्रका साविकका कल्याणपुर जब्दी, अर्नामा प्र.रा., चतरी, इटारी प्रसाही, डुमरी, मझौलिया, चिकना, विषणुपुर प्र.रा., भोक्राहा, बेलहा र भेडियालाई गाभेर कल्याणपुर नगरापलिका बनाइएको छ। स्थानीय तह पुनःसंरचनाअन्तर्गत नगरपालिका रहेको सुखीपुरलाई गाउँपालिका बनाइएपछि स्थानीय बासिन्दा आन्दोलित समेत भएका छन्। स्थानीय तह पुनःसंरचनाअघि ६३ गा.वि.स. र ६ नगरपालिका कायम रहेको सिरहामा फागुन २७ गतेदेखि सुखीपुरलाई नगरपालिकाबाट गाउँपालिकामा झारेर कल्याणपुरलाई नयाँ नगरपालिका बनाइएको छ। सिरहामा साविकका लहान, धनगढीमाई, सिरहा, गोलबजार, मिर्चैयासहित नयाँ कल्याणपुर नगरपालिका बनाइएको छ भने कल्याणपुर नगरपालिका कायम भएपछि बाँकी रहेका ५२ मध्ये गाढा र गोविन्दपुर मलहन्मा लहानमा गाभिएका छन्। ५० वटा गा.वि.स.लाई ११ गाउँपालिका बनाइएको छ। स्थानीय तह पुनःसंरचना अन्तर्गत सिरहामा भगवानपुर, औरही, विष्णुपुर, सुखीपुर, कर्जनहा, बरियारपट्टि, लक्ष्मीपुर पतारी, नरहा, सखुवानन्कारकट्टी, अर्नामा र नवराजपुरलाई गाउँपालिका बनाइएको छ। यसै बीच नया संरचना अनुसार गाउपलिका सखुवानन्कारकट्टी वाडा न. ३ साविक गाविस महदेवा पोर्ताहाको कार्यलयको भवनमा लेखिएको नया बोर्डमा मधेशी मोर्चाका नेता तथा कार्यकर्ताले कालोमसोले पोतेका छन् ।संगै सिरहा जिल्लाको कुनै पनि गाउपलिकाम नया बोर्डन हालन आह्वान गरेका छन्।यदि कुनै गाविसमा वोर्ड लगाए कडा प्रतिकार सहित बोर्ड लाई तोडफोड गर्दै कलोमसो पोतने चेतावनी समेत दिएको संघीय समाजवादी फोरम नेपाल गाउ ईकाई समिति महदेवा पोर्ताहाका अध्यक्ष सतेलाल यादव द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै गाउँ बिकास समिति मौवाहीमा गाउपालिकाको साइनबोर्ड पोति तालाबन्दि गरिएको छ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment