Onlinesiraha-Nepali |
- लहान नपामा अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी
- लहानमा अर्को समुहले सिके राउतलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाए
- डा. सीके राउतको गिरफ्तारीमा बोल्यो मधेसी मोर्च ,अविलम्ब रिहा गर्न नेपाल सरकारसँग अपील
- सेवाग्राहीहरु द्वारा लहाननगरपालिकामा तालाबन्दी
- लहान नगरपालिकामा कार्यकारी अधिकृत नहुंदा नगरवासीलाई सास्ती
- लहान सिटि जेसिजको १५औ पदस्थापना कार्यक्रम सम्पन्न
- सीके राउत सर्मथकद्धारा प्रदर्शन, फोटा खिच्दा पत्रकारलाई समेत पक्राउ
लहान नपामा अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी Posted: 06 Feb 2017 08:30 AM PST कार्यकारी अधिकृत नहुदा नगरवासीलाई सास्ती दिनेश्वर प्रसाद गुप्ता लहान,माघ २४गते । लहान नगरपालिकाका कार्यकारी अधिकृतहरुको सरुवा बढुवा भएर जाने गरेकोले यहांका विकास कार्य प्रभावित भएको छ भने दैनिक कामकाजको लागि आउंने सेवाग्राही सास्ती खेप्न बाध्य भएका छन् । विगत अढाई बर्षभित्र लहान नगरपालिकामा पांच कार्यकारी अधिकृति आएगए र ३—४ महिना काम गरेर बढुवा सरुवा भएर जानेक्रम यथावत नै छ । यस अवधीमा लहान नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार महतोले मात्रै एक बर्ष जेनतैन काम गरेर सरुवा भएर गएका छन् भने ज्ञानेन्द्र पराजुली एक महिनासम्म पनि नबसेर एलडिओमा बढुवा भएर डडेलधुरा गए । गत बर्ष कृष्णबहादुर कार्की कार्यकारीको रुपमा करिब ९ महिना बस्दा त्यसताका ६ महिनासम्म मधेश आन्दोलनको बन्दमै समय वितियो । यस भन्दा अगाडि महेन्द्र खम्यांग करिब ६ महिना बसेर लहान नगरपालिकाको विकास निर्माण कार्यमा केही तिब्रता ल्याएको थियो । त्यसैगरी लामो समयसम्म एक बर्ष कार्यकारी अधिकृतको रुपमा रामकुमार महतो रहेका थिए । अढाई बर्षयता कहिले ६ त कहिले एक महिनासम्म लहान नगरपालिकामा गरेर कार्यकारी अधिकृतहरु जाने गरेकोले कामकाज प्रभावित हुंदै आएको छ । सोही अवधीमा करिब तीन महिनासम्म मो।शेरे मुस्तफाले कार्यकारी अधिकृतको रुपमा काम गरेर आफ्नै गाउंक्षेत्रमा फर्किए । सोही त्यसताका कार्यकारी अधिकृत नहुंदा समय समयमा शत्रुधन चौधरीले निम्ति भएर काम गर्दै आएका थिए । तर, ६ महिनायता नगरपालिकामा कार्यकारी अधिकृत शुन्य रहेको छ । स्थानीय मन्त्रालयले सिरहाका एलडिओ सुरेश राउतलाई जिम्मा दिएर काम गरिरहेको छ भने एलडिओ राउत जिविस सिरहामै बसेर काम गरिरहेकोले सेवाग्राही सास्ती खेप्न बाध्य भएका छन् । लहान नगरपालिकाका सामाजिक शाखा अधिकृत भानुराज शार्माले भने 'कार्यकारी नहुंदा विकासको काम मात्रै प्रभावित भएका छैन् ।' 'बुढाबुढीले समाजिक सुरक्षा भत्ता ६ महिनादेखि खान पाएका छैन् ।' 'अनुगमन, सम्झौता, योजना कार्यक्रम, सरसफाई, नक्शाको निर्णयलगायतको कार्य प्रभावित भएको छ ।' अधिकृत नआउंदा तत्काल निम्ति दिएर पनि काम अगाडि बढाउंनुपर्ने यहांका राजनीतिक दलका प्रतिनिधिहरुले जोडदार माग गर्दै आएको छ । माघ २३ गते तराई मधेश राष्ट्रिय अभियानका ललितनारायण महतो, सोनु साहलगायत दर्जनौै युवा नेताले कार्यकारी अधिकृतको नियमिता गर्न माग गर्दै लहान नगरपालिकामा २ घण्टा तालाबन्दी गरेका थिए । उनीहरुले समयमा अधिकृत आएन भने लहान नगरपालिका अनिश्चितकालीन तालाबन्दी गर्ने समेत चेतावनी दिएका छन् । |
लहानमा अर्को समुहले सिके राउतलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाए Posted: 06 Feb 2017 08:00 AM PST लहान, २३ माघ । राष्ट्र बिखण्डन गराउने भन्दै हिडेका सिके राउतलाई हदैसम्म कारवाहीको माग गर्दै आइतवार रैथाने एकता परिषद्ले इलाका प्रहरी कार्यालय लहानमा ज्ञापनपत्र बुझाएको छ । परिषद्का प्रवक्ता पंकज चौधरी सहितको टोलीले नेपाल राष्ट्र बिरुद्धको षड्यन्त्रमा सामेल सिके राउतलाई हदैसम्मको कार्वाहीको माग गर्दै प्रहरीमा ज्ञापन पत्र बुझाएको हो । राज्य बिरुद्धको संगठित अपराधमा चलाइएको मुद्धामा गरिरहेको अनुसन्धानलाई प्रभावकारी बनाउन ज्ञापन पत्रमा माग गरिएको छ । बुझाइएको ज्ञापन पत्रमा – 'हाम्रा पुर्खाले रगत पसिना बगाएर निर्माण गरेको नेपाल राष्ट्र बिरुद्ध षड्यन्त्रमा सामेल सिके र उनका अनुयायीलाई हदै सम्मको कानुनी कारवाही होस् भन्ने चाहन्छौं । त्यसैले पहिले जस्तै कमजोर मुद्धा लगाएर यो पटक छाडियो भने देशप्रति ठूलो गद्धारी हुनेछ ।' परिषद्ले रैथाने नेपाली देश टुक्र्याउने षड्यन्त्रमा कुनै पनि हालतमा सामेल हुन नसक्ने बताउदै सिके र उनका अनुयायीको नागरिकताको हैसियतको छानवीन गर्न र सार्वजनिक गर्न पनि माग गरेको छ । |
डा. सीके राउतको गिरफ्तारीमा बोल्यो मधेसी मोर्च ,अविलम्ब रिहा गर्न नेपाल सरकारसँग अपील Posted: 06 Feb 2017 07:34 AM PST सप्तरी २४ माघ । मधेशी मोर्चा सप्तरीले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउत र उनका समर्थकहरुलाई अविलम्ब रिहा गर्न नेपाल सरकारसँग अपील गरेको छ । मधेशी मोर्चा सप्तरीका प्रवक्ता भगवती प्रसाद यादवले सोमबार प्रेस विज्ञप्ति जारी गरी अविलम्ब रिहाईका लागि अपील गरेका हुन् । |
सेवाग्राहीहरु द्वारा लहाननगरपालिकामा तालाबन्दी Posted: 06 Feb 2017 01:14 AM PST फिरोज शेख लहान माघ २३ -लहान नगरपालिका कार्यलयमा आइतबार राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासीहरुको एक समुहले ताल्चा हानेका छन् I विगत करिब ४ महिना देखि कार्यलय प्रमुख नहुदा सेवाग्राहीहरुले लहान नगरपालिका बाट पाउनुपर्ने सेवा सुविधा नपाई सास्ती भोगनुपरेको भन्दै रविन्द्र शर्मा , लंतोष राय , अभिषेक सिंह , परवेज खान , राजन कुमार , धनन्जय यादव , ललिता देवी मण्डल , मोहमद अजिम , मोहमद तनवीर , राम आशिष मुखिया , मोहमद हुसैन , जीवन पोख्रेल , मोहमद अब्दुल बारीक बिल्टु दर्जी ,जय प्रकाश साह , राजु साह , मोहमद मुर्तुजा , रामोतार शर्मा , तराई मधेश राष्टिय अभियान क्षेत्र नम्बर १ का क्षेत्रीय संयोजक सोनु साह गुप्ता लगायत अन्य केहि राजनीतिक दलका प्रतिनिधि संगै सर्वसाधारणहरुले २ दिन भित्र कार्यलय प्रमुख आउनु पर्ने ,सेवाग्राहीहरुले सहज रुपमा सेवा पाउनु पर्ने भन्दै ताल्चा हानेका हुन् I यदि दुइ दिन भित्र कार्यलय प्रमुख आएन भने सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् i |
लहान नगरपालिकामा कार्यकारी अधिकृत नहुंदा नगरवासीलाई सास्ती Posted: 05 Feb 2017 11:42 PM PST दिनेश्वर गुप्ता लहान, २४ माघ । लहान नगरपालिकाका कार्यकारी अधिकृतहरुको सरुवा बढुवा भएर जाने गरेकोले यहांका विकास कार्य प्रभावित भएको छ भने दैनिक कामकाजको लागि आउंने सेवाग्राही सास्ती खेप्न बाध्य भएका छन् । विगत अढाई बर्षभित्र लहान नगरपालिकामा पांच कार्यकारी अधिकृति आएगए र ३—४ महिना काम गरेर बढुवा सरुवा भएर जानेक्रम यथावत नै छ । यस अवधीमा लहान नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार महतोले मात्रै एक बर्ष जेनतैन काम गरेर सरुवा भएर गएका छन् भने ज्ञानेन्द्र पराजुली एक महिनासम्म पनि नबसेर एलडिओमा बढुवा भएर डडेलधुरा गए । गत बर्ष कृष्णबहादुर कार्की कार्यकारीको रुपमा करिब ९ महिना बस्दा त्यसताका ६ महिनासम्म मधेश आन्दोलनको बन्दमै समय वितियो । यस भन्दा अगाडि महेन्द्र खम्यांग करिब ६ महिना बसेर लहान नगरपालिकाको विकास निर्माण कार्यमा केही तिब्रता ल्याएको थियो । त्यसैगरी लामो समयसम्म एक बर्ष कार्यकारी अधिकृतको रुपमा रामकुमार महतो रहेका थिए । अढाई बर्षयता कहिले ६ त कहिले एक महिनासम्म लहान नगरपालिकामा गरेर कार्यकारी अधिकृतहरु जाने गरेकोले कामकाज प्रभावित हुंदै आएको छ । सोही अवधीमा करिब तीन महिनासम्म मो.शेरे मुस्तफाले कार्यकारी अधिकृतको रुपमा काम गरेर आफ्नै गाउंक्षेत्रमा फर्किए । सोही त्यसताका कार्यकारी अधिकृत नहुंदा समय समयमा शत्रुधन चौधरीले निम्ति भएर काम गर्दै आएका थिए । तर, ६ महिनायता नगरपालिकामा कार्यकारी अधिकृत शुन्य रहेको छ । स्थानीय मन्त्रालयले सिरहाका एलडिओ सुरेश राउतलाई जिम्मा दिएर काम गरिरहेको छ भने एलडिओ राउत जिविस सिरहामै बसेर काम गरिरहेकोले सेवाग्राही सास्ती खेप्न बाध्य भएका छन् । लहान नगरपालिकाका सामाजिक शाखा अधिकृत भानुराज शार्माले भने 'कार्यकारी नहुंदा विकासको काम मात्रै प्रभावित भएका छैन् ।' 'बुढाबुढीले समाजिक सुरक्षा भत्ता ६ महिनादेखि खान पाएका छैन् ।' 'अनुगमन, सम्झौता, योजना कार्यक्रम, सरसफाई, नक्शाको निर्णयलगायतको कार्य प्रभावित भएको छ ।' अधिकृत नआउंदा तत्काल निम्ति दिएर पनि काम अगाडि बढाउंनुपर्ने यहांका राजनीतिक दलका प्रतिनिधिहरुले जोडदार माग गर्दै आएको छ । माघ २३ गते तराई मधेश राष्ट्रिय अभियानका ललितनारायण महतो, सोनु साहलगायत दर्जनौै युवा नेताले कार्यकारी अधिकृतको नियमिता गर्न माग गर्दै लहान नगरपालिकामा २ घण्टा तालाबन्दी गरेका थिए । उनीहरुले समयमा अधिकृत आएन भने लहान नगरपालिका अनिश्चितकालीन तालाबन्दी गर्ने समेत चेतावनी दिएका छन् । |
लहान सिटि जेसिजको १५औ पदस्थापना कार्यक्रम सम्पन्न Posted: 05 Feb 2017 10:26 PM PST फिरोज शेख लहान २४ माघ - लहान सिटि जेसिजको १५औ पदहस्तारण , पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम आईतबार सम्पन्न भएको छ । लहान सिटिजेसिज २०१६ का अध्यक्ष शंकर प्रशाद गुप्ताले वर्ष २०१७ का नवनिर्वाचितअध्यक्ष सत्यनारायण पंजियार लाई पद हस्तान्तरण गरेका हुन् ।कार्यक्रमका प्रमुख अथिति नेपाल उधोग वाणिज्य संघका अध्यक्ष पशुपति मुरारकाले लहान जेसिजको उच्च मुल्यांकन गर्दै जेसिजले गर्दै आएका कामहरु सराहनीय भएको बताए । उनले वर्ष २०१६ को टिमले गरेको सामाजिक कार्यहरु निकै प्रभावकारी रहेकोले अब २०१७ का टिमले अझ सराहनीय कार्यहरु गर्ने छन् भनि सल्लाह सुझाव दिए । मुरारकाको जन्मभुमि लहान रहेकोले यस क्षेत्रको विकासका लागि हुनसक्ने सहयोग गर्ने प्रतिवध्ता जनाएका छन् I यसैबीच २०१७मा लहान जेसिजको सचिवालय निर्माणमा सहयोग गर्ने बताएका छन् I लहान सिटि जेसिज सन् २०१७ का नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्ष जेसी सत्यनारायण पंजियार , कार्यकारीणी उपाध्यक्षमा जेसि बसन्त साह , अजय साह , महासचिवमा जेसि उमेश चौधरी र कोषाधक्ष्यमा जेसि हिर्दय नारायण चौधरी मनोनित भएका छन् । त्यस्तै उपाधक्ष्यमा जेसि अनिल कुमार महतो , सतिस महासेठ , कृष्णा गुप्ता , रन्जु सिंह रहेका छन I त्यस्तै जनसम्पर्क अधिकृतमा फिरोज शेख , तालिम निर्देशकमा दिपेन्द्र कुमार साह रहेका छन I त्यस्तै कानुनि सल्लाहकारमा जेसि विजय गुप्ता मनोनित भएका छन्। कार्यक्रमको सञ्चालन जेसी रन्जु सिंहले गरेका थिए ।कार्यक्रममा वर्ष २०१६ का अध्यक्ष शंकर गुप्ताले वर्ष २०१६ मा विभिन्न क्षेत्र बाट सहयोग गर्नुहुने व्यक्तिहरु संगै प्रमुख अतिथि , बिशिस्ट अतिथि तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अभिवादन गरेका थिए I कार्यक्रमको संयोजक जेसी वसन्त साह रहेको थियो I |
सीके राउत सर्मथकद्धारा प्रदर्शन, फोटा खिच्दा पत्रकारलाई समेत पक्राउ Posted: 05 Feb 2017 08:57 PM PST सिरहा,माघ२३ गते। सिके राउतको रिहाइको मांग गर्दै सिरहा सदरमुकाममा प्रदर्शन गरीरहेको सामाचार संकलन गर्न गएका अपन दैनिकका सिरहा सम्वादाता रुनकेश कुमार कामती पनि पक्राउ गरेको थियो । पत्रकार कामतीलाई नियन्त्रण लिएका थिए । समाचार संकलन गर्न गएका अन्य पत्रकारहरुले बिरोध जनाएपछि प्रहरीले पत्रकार कामतीलाई छोडन बाध्य भए । समाचार संकलन गर्न गएका संचारकर्मीलाई समाचार संकलनमा अबरोध पुर्याइ प्रहरीले नियन्त्रणमा लिएको घटना प्रति संचारकर्मीहरुले आपती प्रकट गरेका छन् । पत्रकारलाई स्वतन्त्रपुर्वक समाचार संकलन गर्नमा प्रहरीको अवरोधलाई प्रेस स्वतन्त्रता प्रतिको प्रेस स्वतन्त्रता हनन् भएको संचारकर्मीहरुको ठहर छ । सिके राउतलाई राज्य विरुद्धको संगठित अपराध गरेको आरोपमा शुक्रबार म्याद थप गर्न जिल्ला अदालत ल्याएकै समयमा लहानमा राउत समर्थक २१ जनालाई समातेको र त्यस मध्ये स्वही दिन अबेर राती १५ जनालाई रिहागरेको थिए । बाँकी ६ जना राजकुमार यादव ९त्यागी०, अशोक यादव, रोशन यादव, राम शंकर यादव र सुरेश यादव विरुद्ध प्रहरीले राज्यविरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा दायर गरेकोछ । प्रहरीले मुद्दा चलाएपछि सिरहा जिल्ला अदालतमा म्याद थपको लागि पेश गरिएका छ जनालाई आइतबार अनुसन्धानका लागि १० दिन थुनामा राख्न अदालतले आदेश दिएको हो । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजकुमार के.सी.ले बताएका छन् । आइतबार सोही आरोपमा म्याद थप गर्न जिल्ला अदालत सिरहामा ल्याएको समयमा प्रदर्शन गरिरहेका राउत समर्थक ११ जनालाई प्रहरीले पक्राउ गरेको र पक्राउ परेका मध्ये ९ जनालाई आइतबार साँझ ७ बजे छोडि सकेको र बाँकी दुई जनामाथि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र ठाकुरले बताएका छन् । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment