Onlinesiraha-Nepali |
धार्मिक अनुष्ठानसंगै गाढामा शिवोत्सव Posted: 15 Feb 2017 12:43 AM PST दिनेश्वर गुप्ता लहान, ४ फागुन । मधेशमा धार्मिक अनुष्ठानसंगै यत्तिबेला महायज्ञ, पुराण, मेला, किर्तन भजनका साथै मन्दिर निर्माण कार्य चलिरहेको छ । सोहीक्रममा सिरहाको गाढा गाविसमा बर्षोदेखि निर्माण थालिएको शिव मन्दिर तयारी अवस्थामा पुगेको छ । मन्दिर उद्घाटनसहित फागुन १२ गतेदेखि तीन दिने शिवोत्सव कार्यक्रमको आयोजना गरिने पूर्व गाविस अध्यक्ष कन्हैयाप्रसाद गुप्ताले बताए । उनका अनुसार भारतीय सीमा ठाडीदेखि यत्ता लहानसम्मको मध्यभागमा यो नै विशाल शिव मन्दिर हो । धार्मिक पर्यटनको रुपमा अघि बढाउंनको निम्ति यस मन्दिरमा अद्भुत शिवलिंगको स्थापना गरिने गुप्ताले बताए । तत्काल गाविस अध्यक्ष हुंदा कन्हैयाप्रसाद गुप्ताको बेला वि.सं.०५४।०५५ सालतीर स्थापना भएको सो मन्दिर यत्तिबेला दुलही जस्ती सिंगारिदै पुजोत्सवको तयारीमा जुटेको छ । शिवोत्सवको लागि त्यसका व्यवस्थापन समितिले फागुन १२ गते विशाल कलश यात्रा, फागुन १३ गते हनुमान अराधाना, अद्भुत शिवलिंग स्थापना र फागुन १४ गते धार्मिक सांस्कृति कार्यक्रम राखिएको छ । ![]() |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment