Onlinesiraha-Nepali |
- स्मार्ट निबन्ध लेखन प्रतियोगिता सम्पन्न
- जेसिज पदाधिकारीहरुको तालिम सम्पन्न
- महिला बच्चा जन्माउंने मेशिन हैन
स्मार्ट निबन्ध लेखन प्रतियोगिता सम्पन्न Posted: 10 Feb 2017 10:21 AM PST फिरोज शेख , लहान माघ २८ - सिरहाको लहानमा रहेको जेएस मुरारका बहुमुखी क्याम्पस लहानमा शुक्रबार " परिवार नियोजन स्मार्ट बन्छ जीवन " विषयक स्नातक तहका छात्रछात्राहरुको निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ I USAID को सहयोग तथा HC3 सिरहाको आयोजनामा आयोजित उक्त प्रतियोगितामा ३८ जना स्नातक तहका छात्रछात्राहरुको सहभागी रहेको थियो I जसमा २९ जना छात्रा र ९ जना रहेका थियो i USAID सिरहा प्रतिनिधि भोला बिकेको अध्यक्षता तथा क्याम्पस प्रमुख तुलसी राम पोखरेलको प्रमुख आतिथ्यमा समपन्न प्रतियोगितामा ४ जना विजेता भएका छन् i विजेता हुनेहरुमा प्रथम रुबी कुमारी यादव , दोस्रो धर्मेन्द्र मण्डल , तेस्रो मनिषा चौधरी र सान्त्वना पुरस्कारमा माला कुमारी बिक विजेता भएका छन् i विजेता सम्पुर्णलाई प्रमाणपत्र , अविर लगाई प्रोत्साहन गरिएको छ i कार्यक्रममा क्याम्पसका सम्पूर्ण प्रध्यापक , विद्यार्थी , USAID सिरहाका फिल्ड अफिसर कुमार लम्साल लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधि संचारकर्मीको उपस्थिति रहेको थियो i कार्यक्रमका संयोजक प्रध्यापक कन्हैया भट्ट रहेका थिए i |
जेसिज पदाधिकारीहरुको तालिम सम्पन्न Posted: 10 Feb 2017 10:11 AM PST फिरोज शेख लहान , माघ २८ - लहान सिटि जेसिज लहान २०१७ का पदाधिकारीहरुको तालिम सम्पन्न भएको छ I लहान उधोग वाणिज्य संघको सभा हलमा आयोजित उक्त तालिम कार्यक्रममा २०१७ का लागि चयन तथा निर्वाचित भएका बिभिन्न पदाधिकारीहरुले आ-आफ्नो पदको काम , विशेषता , दायित्व ,कार्यक्षेत्र र क्षमताविकाश कसरि गर्ने सम्बन्धि तालिम सम्पन्न भएको छ I तालिममा २०१७ का अध्यक्ष जेसी सत्यनारायण पंजियार , कार्यकारीणी उपाध्यक्ष जेसि बसन्त साह , अजय साह , महासचिव जेसि उमेश चौधरी , कोषाधक्ष्य जेसि हिर्दय नारायण चौधरी , उपाधक्ष्य जेसि अनिल कुमार महतो , सतिस महासेठ , कृष्णा गुप्ता , रन्जु सिंह , जनसम्पर्क अधिकृत फिरोज शेख , तालिम निर्देशक दिपेन्द्र कुमार साह , कानुनि सल्लाहकारमा जेसि विजय गुप्ता , नेपाल जेसिजका कानुनि सल्लाहकार जेसी राजा बाबु साह , निवर्तमान अध्यक्ष जेसी शंकर प्रशाद गुप्ता , संस्थापक बसन्त साह लगायत बोर्डका मनोनित जेसी सदस्य सुमन गुता , अमरेश महतो लागायतको उपस्थिति रहेको थियो I तालिम प्रशिक्षकको रुपमा नेपाल जेसिजका उपाध्यक्ष जेसी कैलाश खाकी श्रेष्ठ रहेका थिए i तालिममा २०१७ का अध्यक्ष पंजियारले प्रशिक्षक श्रेष्ठ लाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरेका छन् i |
महिला बच्चा जन्माउंने मेशिन हैन Posted: 09 Feb 2017 09:37 PM PST दिनेश्वर गुप्ता लहान २८ माघ । संसारमा महिलाको संख्या केही प्रतिशत बढी छ, तर महिला अधिकारको लागि आज पनि आवाज उठाइरहनु परेको अवस्था रहेको अन्तर पार्टी महिला संजालकी पुष्पा ठाकुरले बताइन् । अन्तर पार्टी महिला संजाल सिरहाको आयोजनामा माघ २७ गते लहानमा महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व अभिमुखिकरण कार्यक्रममा नेपालमा महिलाकी संख्या ५२ प्रतिशत रहेको भन्दै संजालकी ठाकुरले सोही अनुपातमा महिलाको अधिकार सुनिश्चित हुनुपर्ने बताइन् । नेपाली कांग्रेसका सिरहा सभापति तथा सांसद रामचन्द्र यादवले समाजमा महिलाको महत्वपूर्ण भूमिका रहेकोले आउंदो निर्वाचनमा महिला समावेशी गरी अघि बढ्ने प्रतिबद्धता जनाउंनुभयो । महिलालाई बच्चा जन्माउंने मेशिनको रुपमा नदेख्न भन्दै माओवादी भूमिगतको बेला पुरुषभन्दा सक्रिय भएर महिलाहरु जनसेनामा काम गरेको उदाहरण छ । यसर्थ महिलालाई अवसरको खांचो मात्रै रहेको माओवादीका रामपृत रामले बताए । सद्भावना पार्टीका दिनेश्वर गुप्ताले हालसम्म अधिकारको लागि ८ वटा आन्दोलन भएको छ । तर, महिला मुक्तिको लागि आन्दोलनको खाचो रहेको बताउंनुभयो । गुप्ताले जनसंख्याको आधारमा सबै वर्गतह तप्कालाई अधिकार सुनिश्चित गरियो भने मात्रै समाजमा शान्ति सुरक्षाको प्रत्याभूति हुन सक्ने बताउंनुभयो । संघीय समाजवादी फोरम नेपालका डोनेक मोक्तानले समाजमा विभेद रहेको छ । सोही विभेद अनुरुपको संविधान जारी भएकोले जबसम्म यसको अन्त्य हुंदैन तबसम्म चाहेको शान्ति कद्दापी नआउंने बताउंनुभयो । तमलोपाका राकेश झाले महिला अधिकार सुनिश्चित गर्न तथा समाज परिवर्तनको लागि संविधान संशोधन जरुरी रहेको बताउंनुभयो । कार्यक्रम महिला संजालकी उषा राउतले कार्यक्रम संचालन गरेकी थिइन् भने संजालकी उमा रेग्मी मन्तव्य राखेकी थिइन् । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment