Onlinesiraha-Nepali |
- डा.सिके राउत लहानका डिएसपी केसीको नियन्त्रणमा
- क्याम्पस इन्टरनेशनल एकेडेमीको दोस्रो वार्षिक उत्सव तथा सांस्कृतिक र सम्मान कार्यक्रम सम्पन्न
- डा सिके राउत पुन:पक्राउ
डा.सिके राउत लहानका डिएसपी केसीको नियन्त्रणमा Posted: 02 Feb 2017 08:28 AM PST दिनेश्वर गुप्ता लहान, २० माघ । स्वतन्त्र मधेश गठन बन्धनका संयोजक डा. सिके राउतलाई आज जनकपुरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमा ल्याएको एक सुत्रले जानकारी दिएको छ । राउतलाई पौने ९ बजे लहान ल्याएको ईलाका प्रहरी कार्यालय लहानका डिएस्पी राजकुमार राउतले जानकारी दिंदै लहानमा माघ ५ गते कार्यक्रम गर्दा मधेश अलग गर्ने भनी भाषण गरेको र विभेद अन्त्यलगायत विभिन्न किसिमको उत्तेजित क्रियाकलाप गरेकोले उनलाई पक्राउ गर्न बाध्य भएको जानकारी गराएको छ । राउतलाई जनकपुरबाट दिउंसो २ बजे पक्राउ गरि सांझसम्म लहान ल्याएको हो । यसपछि राउतलाई कहां पुरयाउंने भनी जानकारी नदिएको हो । उता एक स्रोतका अनुसार राउतलाई माघ २१ गते सिरहा पुरयाउंने योजना रहेको छ भने अर्का एक स्रोतले राउतलाई एक दूई दिनभित्रै उनकै घर पुरयाएर नजरबन्दमा राख्ने योजना रहेको छ । डा.सिके राउतलाई लहानको प्रहरीमा राखेर यत्तिबेला विशेष सोधपुछ गरिरहेको छ भने उनका साथै केही कार्यकर्तालाई समेत पक्राउ गरिएको छ । माघ ५ गते डा.सिके राउतले ५० हजार जनता उतार्ने योजना राखेका थिए तर १० हजारमा सिमिति रहियो । यसो त राउतको योजना माघ ५ गते असफल भएपनि काठमाण्डौंमा राउतको जनसमर्थन देखेर केही खोक्रो राष्ट्रवादीहरु आत्तिएका थिए । यता, राउतले विभेद अन्त्यको मुद्दा लिएर समानताको आधार खोजिरहेको छ । |
क्याम्पस इन्टरनेशनल एकेडेमीको दोस्रो वार्षिक उत्सव तथा सांस्कृतिक र सम्मान कार्यक्रम सम्पन्न Posted: 02 Feb 2017 05:49 AM PST |
Posted: 02 Feb 2017 03:39 AM PST माघ २० । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा ।सीके राउतलाई नेपाल प्रहरीले पक्राउ गरेको समाचार प्राप्त भएको छ ।जनकपुरधामस्थित माछा बजार नजिकै डेरा गरी बसेका डा ।राउतलाई प्रहरीले दिउँसो दुई बजेर ५० मिनटमा पक्राउ गरेको हो ।डा ।राउत बस्ने घरको गेटको ताल्चा फुटाएर प्रहरीले पक्राउ गरेको स्थानीयबासीहरुको भ नाइ छ। स्थानीय व्यक्तिहरुलाई पक्राउ गरेको फोटो खिच्न पनि प्रहरीले रोक लगाएको छ ।राज्य विपल्बको मुद्दामा पक्राउ पुर्जी दिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ । डा ।राउतलाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको स्थानीयबासीहरुले बताएका छन् । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment