/ , , , / भूकम्पप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य सेवा

भूकम्पप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य सेवा

काठमाडौं, २ माघ । स्वास्थ्य मन्त्रालयले भूकम्पप्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम चलाउने भएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेल र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीबीच आइतबार भएको बैठकले भूकम्प प्रभावितहरुलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्न आइओएम, केयु, नेम्स र पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठान लगायतसँग सहकार्य गरी विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको हो।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले भूकम्प प्रभावित क्षेत्रमा, जिल्लाका ग्रामीण भेगमा घुम्ती सेवामार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न लागेको जानकारी दिए।भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरि निःशुल्क रुपमा सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले आइतबारै जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य कार्यालयमा पत्राचार गर्ने निर्णय गरेका छ। स्वास्थ्य मन्त्रालयले सम्बन्धित जनस्वास्थ्य प्रमुख र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखलाई भूकम्पबाट प्रभावित क्षेत्रमा आफ्नो स्रोत साधन परिचालन गरि निःशुल्क रुपमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ।सेतोपाटी

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment