/ , , , / न्युनतम समझदारीमा संसोधन ः कानुनमन्त्रि नायक

न्युनतम समझदारीमा संसोधन ः कानुनमन्त्रि नायक

राम नारायण पंडित, सिरहा, २१ पौष । मुलुकलाई निकास दिन तत्काल न्युनतम समझदारीमा भएपनि संबिधान संसोधन गर्नु पर्ने न्याय, कानुन तथा संसदीय मामिला मन्त्रि अजय शंकर नायकले बताएका छन् । अहिले प्रस्ताब गरिएको संसोधन बिधेयकलाई मधेश केन्द्रित दलहरुले पनि सहयोग गरी तत्काल न्युनतम समझदारी गरेर भएपनि सहमती गर्नु पर्ने बताए ।  सरकार संबिधानलाई सर्बस्विकार्य बनाउन माँग अनुसार संसोधन गर्न तयार रहेको मन्त्रि नायकले दाबी गरे । विहिबार मिर्चैया नगरपालिकाको चौथों नगरपरिषदको उदघाटन गर्दै मन्त्रि नायकले स्थानिय निर्बाचन सबैको चिन्ताको बिषय बनेकोले स्थानिय निकायलाई सबल बनाउन निर्बाचन आबश्यक रहेको जिकिर गरे । देशमा बिदेशी चलखेल बढेकोले सबै शक्तिहरुले त्यसको सामना गर्नु पर्ने समेत बताए । यता, नगरपालिकाले चौथों नगरपरिषदले आर्थिक वर्ष २०७४÷०७५ का लागि ११ करोड भन्दा बढीको प्रस्ताबित आयब्याय प्रस्ताव गरेको हो  । मिर्चैयाको मोहन उमाविमा भएको नीति, कार्यक्रम, बजेट तथा योजना सार्वजनिकीकरण कार्यक्रम मार्फत नगरपालिकाले आर्थिक वर्ष २०७४ र ०७५ का लागि ११ करोड ३१ लाख २१ हजार ६ सय ८० रुपैयाको प्रस्तावित आयव्यय प्रस्तुत गरेको छ । यता, चालू आर्थिक वर्ष २०७२  र ०७३ तर्फ ९ करोड ९४ लाख २३ हजार १ सय ७२ रुपैयाँ आय र ७ करोड ८५ लाख २० हजार ६ सय ८० रुपैयाको व्याय प्रस्तुत गरेको हो । 






about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment