/ , , , / खुला दिशामुक्त संगै मधेशबाट एमाले मुक्त अभियान ः महतो

खुला दिशामुक्त संगै मधेशबाट एमाले मुक्त अभियान ः महतो

लहान, १८ पौष । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान र संघीयताको ठूलो दुश्मन एमाले पार्टी संसद गेटमा उभिएका छन् । एमालेले संविधान संशोधन गर्न दिंदैन न त चुनाव नै हुंन दिंदैनन् बताउंनुभयो । 
संघीयता सफल भयो भने केपी ओलीहरुलाई कठिनाई हुने भन्दै आज लहानमा प्रेस मंच सिरहाद्धारा गरिएको पत्रकार सम्मेलनमा महतोले संविधान संशोधन र संघीयता सफल भएन भने विखण्डवादीहरुलाई बल पुग्ने र यसको जिम्मेवार एमाले लिनुपर्ने बताउंनुभयो ।
महतोले पहाडमा दूई तिहाई र मधेशमा एक तिहाईको संख्याको आधारमा नगरपालिका गाउंपालिकाको पूर्नसंरचनाबाट स्थानीयतहको निर्वाचन कुनै पनि हालतमा
नहुने भन्दै मधेश र पहाडको बजेटिंगमा आकाश जमिनको फरक रहेकोले यस्ता विभेद अन्त्य नहुंजेल कुनै पनि निर्वाचन नहुने बताउंनुभयो ।
एमाले समस्या निकासको बाधक पार्टी भएकोले खुला दिशामुक्तसंगै मधेशबाट एमालेलाई मुक्त गर्ने अभियान चलाउंनुपर्छ  । संसद अबरूद्ध गरेर एमालेले गैरलोकतान्त्रिक चरित्र देखाएको अध्यक्ष महतोले बताउंनुभयो ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतको कुमाउ, गढवालबाट नेपाल छिरेका खस बाहुनहरुले मधेशको भाषा संस्कृतिमाथी प्रहार गरिरहेको भन्दै यसका शिकार हाम्रै एमाले कांग्रेसका मधेशीहरु तिनीहरुको गुलामी गरिरहेको बताउंनुभयो । 
महतोले भारतबाट आएका खस भाषालाई नेपालमा राष्ट्रिय भाषा बनाएर शासन गरिरहेको छ । जहां मैथिली, भोजपुरी, अबधी, थारु, हिन्दी यही भूमीको भाषा संस्कृति रहेपनि खस बाहुनहरुले दमन शोषणमा उत्रिएकोले यसको विरोधमा गम्भिर विस्फोटन हुने उहांले बताउंनुभयो । 
महतोले संसारमा पहिचानको लागि थोरै भाषाभाषी तथा संस्कृति समुदायले अलग शासन सत्ता चलाउंन राज्यसंग अलग भएको उदाहरण दिंदै ओली जस्ता राष्ट्रघातीहरुको क्रियाकलाप तिब्र भयो भने मधेश पनि आफ्नो सेना र सुरक्षाको लागि तयार रहने महतोले बताउंनुभयो । 
उहांले आफ्नो भूमीको सुरक्षाको लागि मधेशी जनता नै सेना भएर लड्न तयार रहेको दावी गर्नुभयो । सद्भावना अध्यक्ष महतोले संशोधन विधेयक जबसम्म परिमार्जन हुंदैन तबसम्म यसको कुनै महत्व नरहने भन्दै मेचीदेखि महाकालीसम्म मधेश दूई प्रदेश हुनुपर्छ बताउंनुभयो । कार्यक्रम प्रेस मञ्च सिरहा लहानका अध्यक्ष मनोज बनैताका सभाध्यक्षतामा भएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment