/ , , , / सदरमुकाममा नभएका सरकारी कार्यालय स्थापनाको माग

सदरमुकाममा नभएका सरकारी कार्यालय स्थापनाको माग



शुभ नारायण कामती, सिरहा, २० पौष । सदरमुकाम सिरहामा नभएका सरकारी कार्यालयहरुको स्थापनाको माँग गर्दै स्थानीय यूवाहरुले बुधबार सिरहामा विरोध तथा खबरदारी कार्यक्रमक अन्तर्गत हस्ताक्षर संकलन गरेका छन् । संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाउने खबरदारी कार्यत्रममा सहभागी यूवाहरुले बताएका छन् । यूवाहरुले मालपोत कार्यालय सिरहा अगाडी सो कार्यक्रम गरेका हुन । सिरहा सदरमुकामबाट सरकारी कार्यालयहरुको सदरमुकाम बाहिर शाखा विस्तार भइरहेको बेला स्थानीय यूवाहरुले गरेको सो कार्यत्रमलाई सिरहावासीले अर्थपूर्ण
रुपमा लिएका छन् । सदरमुकाम सिरहामा नभएका आन्तरिक राजस्व (कर), यातायात व्यवस्था, घरेलु तथा साना उघोग, वन, भूमिगत जलश्रोत कार्यालय लगायतको पनि शाखा स्थापना गर्नुपर्ने यूवाहरुको माँग रहेको छ । सिरहाका राजनितिककर्मी, नागरिक समाजका अगुवा, बुद्धिजिवी, पत्रकार, समाजसेवी लगायतकाले एक्बधता जनाएका छन् । एक्यबधता जनाउनेहरुमा नेपाली कांग्रेसका जिल्ला सचिव पूर्व उप मेयर उपेन्द्र कुमार यादव, नेकपा एमालेका नगर इन्चार्ज देवेन्द्र गोहिबार, नेकपा माओवादीका पोलिटब्यूरो सदस्य राम नारायण सिंह, संघीय समाजवादी फोरम नेपालका नविन यादव, अनेरास्वीयूका जिल्ला अध्यक्ष सुधन यादव, अनेरास्ववियू क्रान्तिकारीका सचिवालय सदस्य अरबिन्द यादव, नेविसंघ सिरहाका जिल्ला सचिव प्रमोद यादव, उधोग बाणिज्य संघ सिरहाका उपाध्यक्ष लालबाबु साह, सदस्य शम्भु साह, यूवा व्यपारी सोनू कुमार महरा, यूवा पंकज गुप्ता लगायताकाले एक्यबधता जनाएको सहभागी युवा जितेश कर्णले बताए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment