मुकेश कुमार यादब सिरहा,१३ माघ । ‘घरघरमा चर्पी बलकवाको शान, पूर्ण सरसफाई हाम्रो अभियान’ नाराका साथ गोलबजार नपा –११ बलकवा खुल्ला दिसामुक्त क्षेत्र घोषण भएको छ । प्रमुख जिल्ला अधिकारी जयकृष्ण क्षेष्टले पानसमा बत्ति
बालेर घोषणा कार्यक्रमको उद्घाटन गर्दै सिरहालाई खुल्ला दिसामुक्त सवैको समन्वय सहकार्यको आवश्यकता रहेको बताउनु भएको छ ।
सिरहाजस्तो विभिधतायुक्त जिल्लामा खुल्ला दिसामुक्त जिल्ला बनाउन चुनौतिपूर्ण रहेको भन्दै त्यसको लागि सवैपक्षको सहकार्य र सम्वन्वयको आवश्यकता रहेको बताउनुभयो । यस्तो चुनौतिको अवस्थमा पनि जे वास सिसि सिरहा र गोलबजार नगरपालीकाले अथक मेहनत गरेर नगरपालीकाको तेश्रो वडाको रुपमा आसोपुर बलकवालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणागरेर उद्हारणीय काम गरेको भन्दै खुसि व्यक्त गर्नुभयो ।
सोही क्रममा गोलबजार नगरपालीकाका कार्यकारी प्रमुख राजकुमार दासले स्थानीय वासिन्दाले देखाएको उत्साह र जागरको सरहाना गर्दै खुल्ला दिशामुक्त वडा वनाउन मेहनतगर्ने जे वास सिसि सिरहा लगायत सम्पूर्णलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा विभिन्न दलका प्रतिनिधी, नागरिक समाज, तथा संघसंस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
No comments:
Post a Comment