/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


अन्तरवर्ता

Posted: 31 Dec 2016 05:15 AM PST

संजय बिश्वकर्मा सिरहा ,१६ पौष । उदयपुर जिल्लाको गाईघाट नपा वडा नं. ५ मा जन्मिएका ४९ बर्षिय भोला प्रसाद लोहनी बिधार्थी अबस्था देखी नै समाजसेवामा क्रियाशिल रहि २०४२ साल देखी अनवरत रुपमा समाजसेवामा लागेको २०५२ साल देखी २०५९ साल सम्म ग्रामिण स्तरमै रहेर भारतको हरीत क्रान्ति संग प्रभाबित भई बस्ति –बस्ति टोल –टोलमा सहकारी सम्बन्धि चेतना फैलाई ग्रामिण स्तरमै सहकारी आन्दोलन संचालन गरी दर्जनौ सहकारी संस्थाको निर्माण गरी जनताको आर्थिक समाजिक स्तरमा बृद्धि गर्न सशक्त भुमिका निर्वाह गर्दै सामन्तबादले जक्रिएका समाजका केही सामन्तीहरुले उहाँलाई पछाडी पार्नका लागी प्रयास गरेपनी कर्मठ भएर लक्षित वर्गका राज्य र समाजबाट बाट पछाडी पारिएका दलित गरिबको बुलन्द आवाज बनी अधिकारको क्षेत्रमा अटुट रुपमा लागिरहनु भयो । २०५९ सालमा कामकाजको शिलशिलामा परिवार सहित काठमाण्डौ आई २०६७ पौस १२ गते बिधिवत रुपमा मानबअधिकारबादी संस्था अप्शन नेपालको जन्म दिई हाल सरकारी – अन्तराष्ट्रिय गैरसरकारी सहयोगबाट कार्यक्रम संचालन गर्ने अवसर प्राप्त नभए पनी अप्शन नेपाल केन्द्रिय कार्यालय काठमाण्डौको संस्थापक अध्यक्ष भई बिगत ७ बर्ष देखी निरन्तर रुपमा ग्रामिण बस्तिका मानबअधिार बिहिन जनताको पक्षमा वकालत गर्दै समाजसेवाको भावना प्रवल राख्दै पिछडिएका , पछाडी पारीएका वर्ग र समुदायको हित हुने गरी कार्यक्रमहरु संचालन गर्दै आउनुभएको छ । नेपालका २६ ओटा जिल्लामा आफनो सम्पर्क बढाउदै नेपालको ७ ओटा जिल्लामा सक्रिय रुपमा जिल्ला शाखा कार्यालय स्थापना गरेको अप्शन नेपालका केन्द्रिय अध्यक्ष श्री भोला प्रसाद लोहनी संगको कुराकानी ।। १.तपाँईको बिचारमा मानवअधिकार के हो ? साधारण अर्थमा भन्दा खेरी मानवअधिकार भनेको अमानविय व्यवहारमा बाँचिरहेको मानिसहरुलाई मानविय व्यवहारको अनुभुती गराउनु अथवा अधिकारबाट बञ्चितमा परेको ब्यक्ति वा समुदायले अधिकारको अनुभुती गरीनु नै मानबअधिकार हो । मानव भएर जन्म लिएको कारणले प्रप्त हुने अधिकारहरुको समग्ररुप वा अभिव्यक्ति हो मानब अधिकार । नेपालको संबिधान तथा अन्य प्रचलित कानुनद्धारा प्रदान गरीएको अधिकार पाउनु नै मानबअधिकार हो । २.मानवअधिकारबादी र मानवअधिकार कस्तो कस्तो ठाउँमा पुग्न सकेको छैन ? राज्यले मानवअधिकार आयोगको स्थापना गरेको लगभग दशक हुन लागेको छ । तर सो आयोगको काम गती लिन सकेको छैन । नेपालमा हजारौ मानबअधिकारको क्षेत्रमा काम काज गर्ने संस्थाहरुको स्थापना भै सकेको छ , मानबअधिकारको बिला लगाएका ब्यक्तिहरु थुप्रै भेटन सकिन्छ तर ग्रामिण भन्दा ग्रामिण इलाकाहरुमा दाईजो प्रथा , महिला हिंसा , छोरा छोरीमा गरीने बिभेद , दलित भएकै कारण छुवाछुत जस्ता घटनाहरु सेलाएको छैन । बिभिन्न संचार माध्यममा यस्ता घटनाहरु दिन प्रतिदिन आउने गरेको कुरा यहाँलाई थाहै छ । तसर्थ मानबअधिकारबादी र मानवअधिकार खासगरी बस्ति र टोल टोल स्तरमा पुग्न सकेको छैन । लुकेका यि यस्ता घटनाहरु लाई सार्बजनिक गर्नु पर्दछ र पिडित लाई अधिकारको अनुभुति गराई पिडकलाई कानुनको परिधिमा ल्याउनको लागी मानबअधिकारबादी लगायत सरोकारबाला निकाय , समाज सबैको दायित्व भएको हुनाले ग्रामिण भन्दा ग्रामिण स्तरमा जानु पर्ने हुन्छ दबिएका आबाजहरुलाई मुलधारमा ल्यान पहल गर्नु पर्दछ । ३.बस्ति र टोल स्तरमा मानबअधिकारको पहुँच बृद्धी गर्न के गर्नु पर्ला ? बस्ति मानबअधिकारको स्थापना गरिनुपर्दछ कारण मानबअधिकारका अनुगमन कार्यालयहरुको रिक्तता पुर्ती का साथै रिक्त क्षेत्रमा आम जनताका पहुँच कायम गराएमा सम्भब छ , तर यसकालागी पनि चौथो तह अर्थात बस्ति र पाँचौ तह अर्थात परिवार तहमा मानबअधिकारको कार्यान्वयन कर्ता कसरी खडा गर्ने भन्ने सवाल छ यो सवालको हल बस्ति वा परिवारलाई मानबअधिकारको पाठ र अनुशासन सिकाउनु नै हो अर्थात मानबअधिकारको उलङघन परिवारमा , बस्तिमा र अन्य परिवेशमा हुने गर्दछ बस्ति र परिवारका पिडक र पिडित पक्षहरु स्थायी अर्थात समाजिक चरित्रका हुन्छन । यि सामाजिक पक्षहरुलाई जागरीत मानबअधिकार बस्तिको भण्डा दिन सकिन्छ यस्ता बस्ति वा परिवारले यस्तो भण्डा फहराउन सक्छन । प्रणालिगत रुपमा यो उपलब्धि मुलक साबित हुन सक्छ । सारमा के भन्न खोजिएको छ भने अब आउने समयमा मानबअधिकार घोषणको अन्तिम लक्ष्य प्रप्त गर्न (बस्ति मानबअधिकारको अबधारणा) माथी काम गर्न आब्यश्यक छ । ४.मानबअधिकारको उदेश्य के हो ? राज्यको सेवा सुबिधाबाट बञ्चितिकरणमा परेको सामाजिक बहिष्करणमा परेका व्यक्ति वा समुदाय लगायत सामाजमा भएका निमुखा निरिह ,अपाङ्ग, दलित ,गरिब , आदिबासी जनजाति , मधेशी , मुस्लिम ,महिला ,बालबालिका ,अन्य नागरीकहरुको अधिकारहरुलाई सशक्त रुपमा मुखरित गरी राज्यलाई उनिहरुको आवाजप्रती संबेदनशिल र प्रतिबद्ध वनाई ती व्यक्ति , वर्ग ,समुदायहरुको सशक्तिकरणको लागी साकारात्मक विभेद युक्त नीति ,योजना , कार्यक्रम र कार्यान्वयन गर्न नैतिक दबाब दिनु नै मानबअधिकारको उदेश्य हो नेपालमा मानबअधिारको विकासक्रम आज भन्दा धेरै पहिलादेखि हुँदै आएको छ तर ,आधुनिक कालदेखि यसको विकासक्रमलाई औल्याउन सकिन्छ । मानबअधिकारको हरण गर्ने कार्य यदि कसैले गरिरहेको छ भने त्यस्ताकार्य हुन न दिन र भएपनी रोकथामका उपाय लगाउनुका साथै पीडितलाई न्याय दिलाउने कार्य पनी मानबअधिकारको उदेश्य भित्र पर्दछ । ५.खासगरी समग्र रुपमा दलित लाई हेर्ने दृष्टिकोण सामाजमा फरक रहेको पाईन्छ , तसर्थ तपाँईको बिचारमा दलित समुदायको मानव अधिकारको अबस्था के छ ? नेपालमा प्रचलित ,दलित उत्पीडन र भेदभाब मुख्यतः दक्षिण एशियाको विशेषता हो । हिन्दु धर्म संस्कृतिको आधारमा जातले तल्लो सानो जाति बनाईएको समुदायलाई समग्ररुपमा दलित भन्ने गरिन्छ । यो परम्परागत रुपमा क्रुर मानसिकताको उपज र प्रकाष्ठा हो । दलित गरिबी , अवसरबाट वञ्चित र सामाजिक , धार्मिक तथा सांस्कृतिक रुपमा अति नै पछाडी पारिएका छन । नेपालमा दलित समुदाय हिमाल , पहाड, तराई –मधेश तथा पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिएर बसेका छन । लामो समय देखि आफनो जातीय मुक्ति र सामाजिक न्यायको निम्ति बिभिन्न पीडित वर्ग र समुदायका अभियानताहरुले संघर्ष गर्दै आईरहेको सर्वबिदितै छ । विभिन्न समयमा यहाँ शासकहरुले दलित समुदायको पक्षमा कतिपय सुधारहरु गरेको पाईन्छ । २०२० सालको मुलुकी ऐन , २०४७ सालको संबिधान ,२०६२÷०६३ को जनआन्दोलन पश्चात बनेको नेपालको अन्तरिम संविधान , २०७२ सालको संबिधानले जातीय भेदभाव र छुवाछुतको अन्त्य गरेको छ । नेपाललाई धर्मनिरपेक्ष र छुवाछुतमुक्त घोषणा समेत गरिसकेको छ । जातिय भेदभाव र छुवाछुत (कसुर सजाय ) अन्त्य गर्ने कानुन समेत बनिसकेको छ । तर पनि दलित माथिको भेदभाव र छुवाछुत अन्त्य हुन सकेको छैन । मैले आगाडी नै भनिसके कतिपय घटनाहरु यस्ता छन कि त्यो घटनाहरु बाहिर अउने गरेको छैन । समाजिक बन्धनका कारण लुकेर बसेका हुन्छन । खासगरी यि यस्ता घटनाहरु ग्रामिण भन्दा ग्रामिण ईलाकाहरुमा बढी हुने गरेको पाईन्छ । त्यसैले दलितको सवालमा बनेको कानुन राज्यले हरेक तह तप्कामा सम्मान रुपले कार्यान्वन गरेमा मात्र उनिहरुको अधिकार प्राप्त हुन्छ । सारमा भन्नुपर्दा अबस्था दयनिय रहेको छ । ६.समाजिक बन्धनका कारण लुकेर बसेका यि यस्ता घटनाहरु बाहिर ल्याउनका लागी के गर्नु पर्ला ? सरोकारबाला निकायहरु लगायत राज्यलाई यि यस्ता घटनाहरु न्युनिकरण गर्नका लागी पहल गर्नु पर्दछ । र पिडित मानिसहरुले पनी सामाजिक कुरित बिरुद्ध आबाज उठाउनु पर्दछ , चुप लागरे बस्नु हुदैन पीडितले आफु पनि न्याय पाउनका लागी सम्बन्धित निकायमा पुग्न जरुरी छ । सहेर बस्नु पनि कानुनी अपराध हो । अधिकार प्रप्ती गर्नका निम्ति कर्तब्यको पनी पालना गर्नु पर्दछ । हामी जस्तो मानबअधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरु धेरै छन यदी तपाँई लाई कसैले कुनै पनी तरीकाबाट शोषण दमन गरेका छन भने नजिकको प्रहरी कार्यलय अथबा नजिकैको कुनै पनि संस्थाको सहयोग लिनुस । एक न एक दिन अब्यश्य न्याय पाउनु हुनेछ संघर्ष गर्दै जानुस फल अवस्य मिल्ने छ । ७.अप्शन नेपाल हाल के –के गरीरहेको छ । संस्थाले स्थापना काल देखि नै "सबैको घर घरमा बास बसोस मानबअधिकार , उपयोग गर्न पाउन सबैले आफनो हक अधिकार" भन्ने नाराका साथ अप्शन नेपालले सामाजसेवा र मानबअधिकारको क्षेत्रलाई विशेष महत्व दिएको छ । सामाजिक समस्याहरुको सामाधानका निम्ति कार्यक्षेत्र भित्रका गाबिस नगरपालिकाहरुमा बस्ति मानबअधिकार निगरानी समुहहरु अभियानकै रुपमा संचालन गरी सामाजिक परिचालनको कामहरुलाई आगाडी बढाउँदै आएको छ । अप्शन नेपालले अझै पनी राष्ट्रय ÷अन्तराष्ट्रिय सरकारी – गैरसरकारी सहयोगबाट कार्यक्रम संचालन गर्ने अवसर प्राप्त गरेको छैन । तथापी तन , मन धनले सामाजसेवालागी उद्यत आफना महान सदस्यहरुको योगदानबाट समाज सेवाका कार्यहरु संचालन गर्दै आएको छ । एचआईभि एडस बिरुद्ध जनचेतना , गरिब बालबालिकाहरुलाई लुगाफाटा बितरण , चिसो परिबारलाई जाडो छल्नका लागी कम्बल बितरण , लक्षित बर्गका समुदायहरुका लागी महिला नेतृत्व विकास तालिम , वालअधिकार तालिम , द्धन्द पिडितहरुको अधिकारबारे सामुहिक अन्तरक्रिया , महिलाको आर्थिक समाजिक सांस्कृतिक सवालमा बिचारका साथै राष्ट्रिय स्तरमा बिचार गोष्ठी ,पुस्तक प्रदर्शनी, स्थापनाकाल देखि नै मानबअधिकार राष्ट्रिय महाभेला र अन्तराष्ट्रिय मानबअधिकार दिवस आयोजक संस्थाको रुपमा र पटक पटक आयोजक मुल कमिटी अन्य कमिटीहरुमा रही सक्रिय भुमिका निर्वाह गर्दै आएको छ , साथै निशुल्क रुपमा सामाजिक कार्यहरु गर्दै आएको छ । ८. अन्त्यमा के भन्नु हुन्छ । अन्त्यमा भन्नु पर्दा मानबअधिकारको रक्षाको सबालमा राज्य, सरोकारबाला निकाय , समाज संबेदनशिल हुनु पर्दछ , र हिंसामा परेको पीडित ब्यक्ति वा समुदायको आवाज बाहिर आएमा मात्र त्यस्ता समस्याको निराकरण हुन सक्छ । यसमा सबैको हातेमालोको आब्यश्क छ त्यसैले हातेमालो गरौ , अन्याय अत्याचार सहेर न बसौ भन्दै भोली ई.सं. २०१७ को आगमन हुने हुदाँ तपाँई लगायत सम्पुर्ण नेपालि दाजुभाई दिदी बहिनीहरु लाई शुभकामना ।।।

सिरहाको रामपुर पिपरामा सद्भावना अध्यक्ष राजेन्द्र महतोका आगमन

Posted: 30 Dec 2016 09:21 PM PST

दिनेश्वर गुप्ता लहान, १६ पौष । सिरहाको रामपुर पिपरामा पौष १६ गते शनिवार १२ बजेदेखी सद्भावना पार्टीको प्रवेश कार्यक्रम रहेको जानकारीमा आएको छ । सो प्रवेश कार्यक्रमका प्रमुख अतिथी पार्टीका अध्यक्ष तथा मधेशी मोर्चाका नेता राजेन्द्र महतो आउंने हुने भएको छ । मधेशको हक अधिकारको लागि सधैं लडाई लडिरहने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो फेरी मधेश तताउंन सिरहाका ग्रामिण भेगमा आउंने भएका छन् ।

१० मत अपुग, राचन्द्र यादव सभापति बन्न पाएन् फेरी निर्वाचन

Posted: 30 Dec 2016 09:19 PM PST

दिनेश्वर गुप्ता लहान, १६ पौष । नेपाली कांग्रेसको जिल्ला सभापतिको लागि भएको निर्वाचनमा ५१ प्रतिशत कुनै उम्मेदवारले मत ल्याउंन नसकेकोले पून ः शनिवार निर्वाचन हुने भएको छ । सभापतिका लागि चार जना उम्मेदवारी दिएपनि मञ्जु खांडले मनोनयपत्र फिर्ता लिएका थिए । उता, शान्ति मन्त्री सितादेवीका तर्फबाट उम्मेदवारी दिएका नरेश यादवले ३ सय ६० मत प्राप्त गरेका छन् भने चित्रलेखा यादवका उम्मेदवारका रुपमा चर्चित रामचन्द्र यादवले ४ सय ८६ मत प्राप्त गरेका छन् । त्यसैगरी पद्मनारायण चौधरीका उम्मेदवारका रुपमा रहेका रामसुन्दर चौधरीले १ सय २५ मत ल्याएको छ । मतदान पौष १५ गते साँझ ५ बजे सकिएको थियो । जिल्लाभरिमा १ हजार ४४ प्रतिनिधि मध्ये ९ सय ९३ ले मतदान गरेको मुख्य निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र कोईरालाले जानकारी गराएको छ । रामचन्द्र यादव १० मतले विजय प्राप्त गर्न नसकेपछि फेरी आईतवार विहान १० बजेदेखि चिर्वाचन हुने भएको छ ।

सिरहामा लागुऔषध कोरेक्ससहित दूई नियन्त्रणमा

Posted: 30 Dec 2016 09:15 PM PST

दिनेश्वर गुप्ता लहान, १६ पौष । सिरहा नगरपालिका ११ बाट शुक्रबार २९ बोतल कोरेक्स र ९८ पिस नाइट्रोसन ट्याब्लेट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहा चन्द्रअयोध्यापुर ७ बस्ने २७ वर्षिय शत्रुघन ठाकुर र ओखलढुङा ज्यामीरे ५ बस्ने २९ वर्षिय लालबहादुर खड्का छन्। दुबैलाई जोल्ला प्रहरी कार्यालय सिरहको टोलीले सिरहा चोहर्वा सडक खण्डबाट राती १० बजेतिर पक्राउ गरेको हो। दुबै युवकलाई अनुसन्धानकालागी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यसैगरी झापाको बाहुनडाँगी १ रायसिङ पुलबाट जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएका प्रहरी टोलीले शुक्रबार राती दुई लाख पच्चीस हजार मूल्य बराबरको २९ बोरा काँचो सुपाडी बरामद गरेको छ । बरामद सुपाडी ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment