/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


मोटर साईकल दुर्घटनामा २ जना गम्भिर घाईते

Posted: 29 Dec 2016 06:26 AM PST

अभिमनु कुमार पटेल पुस १४ रौतहट । रौतहटको मौलापुर बंकुल सडक खण्डमा मोटरसाइकल अनियन्त्रित हुदाँ चालक सहित सवार गम्भीर घाईते भएका छन । दिउँसो १२ बजेको समयमा मौलापुर देखि गौर तर्फ आउदै गरेका बि.आर. ३० जे ८२२७ नं को बजाज प्लेटीना तिब्र गतिमा आउदै गरेको क्रममा चालक सरुअठा गा.वि.स. वडा नं ९ का २० वर्षीय शेख महताब तथा सवार वारा जिल्लाका पसरामपुर गा.वि.स. वडा नं ६ का १३ वर्षीय सरफे आलम समेतले गम्भीर रुपमा घाइते भएका छन । घाइते आलम लाई जिल्ला अस्पतालमा उपचार भई रहेको छ भने मोटर साइकल बंकुल प्रहरी चौकीको नियन्त्रणमा रहेको छ ।

१८ वर्ष मुनिका बालवालिका तथा नवजात शिशुको लागि निःशुल्क स्वास्थ्य शिविर गौरमा हुने

Posted: 29 Dec 2016 06:16 AM PST

अभिमनु कुमार पटेल पुस १४ रौतहट । १८ वर्ष मुनिका बालवालिका तथा नवजात शिशुको लागि निःशुल्क स्वास्थ्य शिविर गौरको बाल मन्दिरमा स्वास्थ परिक्षण गरिने छ । साना तथा बालवालिकाहरुमा विभिन्न किसिमका रोगहरु देखा परेकोले यही पौस २३ गतेका दिन बिहान ११ बजे देखि बेलुकी ४ बजे सम्म गौर न.पा. वार्ड नं ८ मा अवस्थित बाल मन्दिरको प्राङ्गणमा हुने छ । निःशुल्क बालवालिका स्वास्थ्य शिविरमा चेकजाच गर्न आउने नारायणी उपक्षेत्रीय अस्पताल विरगंजका बाल तथा नवजात शिशु रोग विशेषज्ञ डा.प्रविण कुमार सिंह द्धारा हुन गइरहेकोले जिल्लाका वालवालिकाहरु लाई चेकजाच गराई विभिन्न रोगबाट मुक्त बनाउनका लागि शिविर संचालन गरिएको छ । निःशुल्क बालवालिका स्वास्थ्य शिविरमा पुर्जा समेतको कुनै पैसा समेत नलागने र केही रोगका औषधी समेत निःशुल्क वितरण गरिने छ । शिविर संचालक आयोजक सित केही औषधी उपलब्ध नहुन पनि सक्छ । यो स्वास्थ्य शिविरमा गरिब , दलित , असहाय परिवारका रोगी बाल वालिका तथा नवजता शिशुहरुलाई राम्रो सेवाको सुविधा गरिने छ । निःशुल्क बालवालिका स्वास्थ्य शिविर आयोजना युवा समाजसेवी भाई नविन कुमार सिंह र रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा एवं मधेश प्रदेश अनलाईनको संयुक्त समन्व्यमा हुनेछ ।

विद्यालय व्यवस्थापनमा सुधार आएपछि विद्यार्थीको संख्यामा बृद्धि

Posted: 28 Dec 2016 08:09 PM PST

राम नारायण पंडित, सिरहा, १४ पौष । विद्यालय व्यवस्थापनमा सुधार आएपछि सिरहाको एक सामुदायिक बिद्यालयमा विद्यार्थी संख्यामा बृद्धि भएको छ । विद्यालयको व्यवस्थापनमा सामान्य सुधार भएपछि सिरहाको विष्णुपुर प्र.म.८ मा रहेको एक प्राथमिक विद्यालयमा विद्यार्थीको सहभागिता उल्लेख्य मात्रामा बढेको छ । स्थानीय अभिभावक आफै विद्यालयको व्यवस्थापनमा सक्रिय भएपछि विद्यार्थीको सहभागीतामा वृद्धि भएको हो । अन्तराष्ट्रिय सहयोग तथा अध्ययन केन्द्रको सहयोगमा महिला उद्धार सेवा केन्द्र, गोलबजारद्वारा संचालित 'सार्वजनिक वित्त व्यवस्थापन÷ नेपालमा जवाफदेहिता' कार्यक्रमको प्रभावले विद्यालयमा सुधार सम्भव भएको बिद्यालयका प्रधानाध्यापक श्यामसुन्दर मण्डलले बताए । सधैंभरी अधिकारमात्र खोजी गर्ने अभिभावक तथा शिक्षकहरुमा कर्तव्य तथा जवाफदेहिता बोध भएपछि विद्यालयमा त्यसको असर बिद्यालयमा देखिएको उनले बताए । शैक्षिक वातावरणमा प्रगति देखिएपछि निजी विद्यालयका विद्यार्थीपनि बिद्यालयमा आउन थालेको शिक्षक गणेश कुमार महतोले बताए । कार्यालय व्यवस्थापनको लागि विष्णुपुर प्र.म. गाविसले आर्थिक तथा भौतिक सहयोग गरेको गाविस सचिव मनोज कुमार कर्णले जानकारी दिए । सचिव कर्णले विद्यालयमा कार्यलाय व्यवस्थापन र खेलकुदका सामाग्रीहरु उपलब्ध गराएको बताए । जवदेखि हामीले अधिकारसँगसँगै कर्तव्य र जवाफदेहिताको वारेमा बुझ्ने मौकापाँयौ त्यसपछि हाम्रो विद्यालयलाई हेर्ने नजरीयामा नै फरक आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार ठाकुरले बताए । अहिले दुई सय ४८ विद्यार्थी रहेको विद्यालयले जनाएको छ । यस शैक्षिक सत्रमा १५ जना विद्यार्थी वोर्डिङ स्कूलबाट आएको छ । अघिल्लो शैक्षिकसत्रमा एक सय ९८ विद्यार्थीले नामाकरण गराएको थियो । त्यसमध्ये एक चौथाई विद्यार्थीमात्र नियमित आउने गरेको विद्यालयले जनाएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment