Onlinesiraha-Nepali |
- मिर्चैयामा हराएको भनिएको महिलाको शव फेला
- लहानको पोलिक्लिनिकमा गैरकानुनी तरिकाले सेवा सञ्चालन
- सिरहामा कठ्यांग्रिएर मगन्तेको मृत्यु
मिर्चैयामा हराएको भनिएको महिलाको शव फेला Posted: 16 Dec 2016 05:28 AM PST राम नारायण पंडित, सिरहा, ०१ पौष । सिरहामा हराएको भनिएको एक महिलाको शव कुहिएको अवस्थामा फेला परेको छ । कार्तिक २८ गतेदेखि हराएको मिर्चैया ५ बस्ने दानी साहको अन्दाजी ४० बर्षीय श्रीमति ठकनी देबि साहको शव आज (शुक्रबार) ईलाका प्रहरी कार्यालयले खोजतलाश गर्ने क्रममा फेला पारेको छ । मिर्चैया ५ स्थित जिवा जंगलामा कुहिएको अबस्थामा साहको शव फेला परेको प्रहरीले बताएको छ । शवको पोष्टमार्टमका लागि लहान पठाईएको बताइएको छ । यता, मृतक महिलाको सम्बन्धमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र केहि भन्न सकिने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए । |
लहानको पोलिक्लिनिकमा गैरकानुनी तरिकाले सेवा सञ्चालन Posted: 15 Dec 2016 09:40 PM PST सिरहा पौष १ लहान ३ स्थित लिलामदन पोलिक्लिनिक एण्ड प्रसुती गृहले गैरकानुनी रुपमा सेवा सञ्चालन गरेको जिल्ला अनुगमन समितिले ठहर गरेको छ। जिल्ला स्वास्थ्य प्रमुख दयाशंकरलाल कर्ण सहितको जिल्लास्तरीय अनुगमन टोलीले बिहीबार यो पोलिक्लिनिक अनुगमन गर्दा ईजाजत नपाएको सेवा समेत गैरकानुनी तरिकाले सञ्चालन गरेको भेटिएको छ। अनुगमन टोलीले यो पोलिक्लिनिकमा भिडियो एक्सरे, शल्यक्रिया, फर्मेसी र एक्सरे सेवा गैरकानुनी रुपमा सञ्चालन भएको पाइएको जिल्ला स्वास्थ्य प्रमुख कर्णले जानकारी दिए। 'यहाँ संचालित सेवामध्ये धेरैजसो सेवा गैरकानुनी छ,' कर्णले नागरिकन्युजसंग भने, 'अनुगमनको क्रममा पाईएको गैरकानुनी कार्यको प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा पठाउँछौं।' यो पोलिक्लिनिकलाई बहिरंग, ईसिजि, प्रयोगशाला, प्रसुती (समान्य) र रेडियोलोजि बिभागबाट ईजाजत लिएर एक्सरे संचालन गर्न जिल्ला स्वास्थ्य कार्यलयले ईजाजत दिएको फोकल पर्सन उमेश कर्णले बताए। ईजाजत नै नपाएको फर्मेसी, भिडियो एक्सरे, शल्यक्रिया लगायतका सेवा संचालन गरेर नियम कानुन मिच्ने यो पोलिक्लिनिकलाई कुन हदसम्मको कारबाही गर्ने प्रतिबेदनमार्फत सुझाव माग गरिने जिल्ला स्वास्थ्य प्रमुख कर्णले बताए। जिल्लाभरी ४८ वटा पोलिक्लिनिकलाई सामान्य प्रसुती सहितका पाँचवटा सेवा संचालन अनुमति दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। साभार - नागरिक नियूज |
सिरहामा कठ्यांग्रिएर मगन्तेको मृत्यु Posted: 16 Dec 2016 05:36 AM PST राम नारायण पंडित, सिरहा,०१ पौष ।केही दिनयता मध्य तराईमा बढेको चिसोका कारण सिरहामा कठ्यांग्रिएर एक मगन्तेको मृत्यु भएको छ । अत्याधिक चिसोका कारण कठ्यांग्रिएर मृत्यु भएको अवस्थामा विहिबार जिल्लाको राजपुर १ कमलानदी किनारमा अन्दाजी ६० वर्षीय एक पुरुषको शव फेला परेको हो । सामान्य कपडा मात्र लगाएकोले बृद्धको कठ्यांग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीले बताए । मृतक बृद्ध मागेर खोने जस्तो देखिएकोले निजको कपडाको अभाबमा जाडोले मृत्यु भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय विष्णुपुरले जनाएको छ । मृतकको पहिचान खुल्न नसकेको प्रहरी बताए । शव पोष्टमार्टमको लागि जिल्ला स्वास्थ्य कार्यालय सिरहामा राखिएको प्रहरीले बताएको छ । निरन्तर हुस्सु लाग्नुका साथै शीतलहर चल्ने गरेकाले दैनिक ज्यालादारी गरी जीविका चलाउने मजदुरहरु बढी प्रभावित भएका छन् भने शीतलहरका कारण अन्नबालीमा समेत असर परेको छ । चिसोकै कारण विद्यालयमा पठनपाठन समेत प्रभावित भएको छ भने मध्यतराईका कतिपय जिल्लामा विद्यालय बन्द गरिएको छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment