/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


संसोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने ः प्रचण्ड

Posted: 14 Dec 2016 02:23 AM PST

राम नारायण पंडित, सिरहा, २९ मंसिर । संबिधान संसोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने प्रधानमन्त्री पुुष्पकमल दहाल प्रचण्डले ठोकुबा गरेका छन् । बिधेयक संशोधन गरी पूूनः संरचनाको कामलाई थाती रखेर भए पनि निर्वाचनमा जाने प्रधानमन्त्री प्रचण्डले दाबी गरे । सबैको सहमति गराएर पुरानै संरचनामा भए पनि निर्वाचनमा जाने प्रधानमन्त्री प्रचण्डले बताएका हुन् । नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवको छोरा अमर यादबको सिरहामा भएको विवाहको जन्ति सरिक भएर जाने क्रममा सिरहाको लहानमा प्रेस सेन्टर नेपाल सिरहाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले विशेषगरी मधेसीलाई विश्वासमा लिएर प्रतिपक्षीको सहमतिमा संविधान संशोधन गराएर चुनावमा जाने बताए । बर्तमान सरकारको मुख्य काम संविधान संशोधन गरी निर्वाचन सम्पन्न गराउनु रहेकोले त्यसको लागि अहिले युुद्धस्तरमा काम भईरहेको प्रधानमन्त्रि प्रचण्डले स्पष्ट गरे । पाँच नम्वर क्षेत्रमा आन्दोलन चर्काएर दुुई नम्वरको मुुद्दालाई ओझेलमा पार्न खोजिएको त होइन ? भन्ने संचारकर्मीको प्रश्नमा प्रधानमन्त्री दहालले यो बडो विडम्वनाको कुरा भएको भन्दै प्रतिपक्षीले यो विषयलाई हावा फैलाएको आरोप लगाए । Displaying vlcsnap-2016-12-14-13h49m06s729.png
यसअघि सिरहाको गोविन्दपुर वस्तिपुरका सोविन यादवकी छोरी कविता यादबसँग मातृका यादबको पुुत्रको विवाह समारोहमा प्रधानमन्त्री दहाल सरिक भएका थिए । मञ्चमै जनवादी विवाह भएका जोडीलाई सफल दामपत्य जीवनको शुुभकामना दिदैं मधेसमा दहेज प्रथा चरम रुपमा उक्लीरहेको वेलामा यस्तो विवाहले समाजलाई नयाँ सन्देश दिएको बताए । विवाह समारोहमा उर्जामन्त्री जनार्दन शर्मा, कानुुनमन्त्री अजयशंकर नायक, पूर्वमन्त्रीहरु हरिवोल गजुरेल, विश्वनाथ साह, रामकुमार यादव लागायत सयौं माओवादी नेता कार्यकर्ता सहित हजारौंको उपस्थिति रहेको थियो । जनवादी विवाह भनेपनि वैवाहीक समारोहमा सरकारी तथा नीजि गाडीको ठूलो लाम लागेको थियो । विवाहमा कुनै पनि प्रकारको दहेज तिलक लेनदेन नगरिएको बताइएको छ ।
Displaying vlcsnap-2016-12-14-13h51m13s221.png यता, सिरहा क्षेत्र नं. ५ को संसदीय विकास कोष समितिको बैठकमा प्रधानमन्त्री दहाल सहभागी भएका थिए । उहाँको क्षेत्रको तीन करोड रुपैया सो क्षेत्रमा पर्ने गोलबजार र मिर्चैया नगरपालिकाको ढलनिकास र खानेपानीमा लागानी गर्ने सर्वसम्मतले पारित भएको बताइएको छ ।

रगत क्यान्सर वालकलाई हेल्प मधेशी कतारको सहयोग

Posted: 14 Dec 2016 02:14 AM PST

राम नारायण पंडित, सिरहा, २९ मंसिर । सिरहाका एक रगत क्यान्सर पिडित वालकलाई हेल्प मधेशी कतारले सहयोग गरेको छ । सिरहाको कर्जन्हा ४ बस्ने इन्दर पासमानको ६ बर्षीय छोरा सुरेन्द्र पासमान विगत २ महिना देखि रगत क्यान्सरबाट पिडित रहेको छ । पासमानको आर्थिक अवस्था अत्यन्तै कमजार रहेकोले छोरा सुरेन्द्रको उपचार गर्न समस्यामा रहेको बेला हेल्प मधेशी कतारले पिडामा मल्हम लगाएको छ । रगत क्यान्सरबाट पिडित वालक सुरेन्द्रको उपचारमा सहयोग गर्ने उदे्श्यले मंगलवार हेल्प मधेशी कतारले वालकका काका सते पासमानलाई रु. पचास हजार एक सय पैसठी रुपैया आर्थिक सहयोग स्वरुप हस्तारन्तरण गरेको छ । उक्त क्रममा संस्थाका सदस्य तथा कल्याणपुर कालाबन्जर १ बस्ने प्रभात महतो र कृष्णपुर ५ बस्ने राम कुमार यादबको साथै प्रहरी, स्थानियबासी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । यता, पिडित बालकलाई काठमांडौ बालकान्ति अस्पतालमा २ महिनामा करीब ३ लाख विभिन्न सहयोगबाट प्राप्त रकम खर्च गरेर हाल भरतपुर क्यान्सर अस्पतालमा ३ महिनाको लागि भर्ना गरिएको उनको बुबाले बताए । आफ्नो निजि जमिन नभएकोले ऐलानी जमिनमा घर बनाई पासमानले गुजारा चलाउदै आएको छ । पिडित बालकको उपचारमा ८ लाख लाग्ने अस्पतालले बताएको पिडितको बुबाले दुखेसो सुनाए । "आफनो न खेत छ, न आर्थिक अबस्था" कहाँबाट छोराको उपचार गर्ने रकमको अभाबमा मेरो छोराको के हुन्छ, आसु झार्दै उनको आमाले सबैसंग सहयोगको लागि अपिल गरेकी छिन् ।

एमालेको राष्ट्रघात क्रियाकलापले तत्काल निर्वाचनमा समस्या ः प्रम प्रचण्ड

Posted: 14 Dec 2016 01:44 AM PST

दिनेश्वर गुप्ता लहान, २९ मंसिर । मधेशी, जनजाती, थारु, मुस्लिमसंग तीन बुंदे सम्झौता भएको थियो त्यही अनुरुप संविधान संशोधन प्रस्ताव संसदमा पेश भएको छ, यसमा मोर्चाकै आधारमा परिमार्जन पनि हुन्छ, फिर्ता हुने कुनै कुरै छैन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउंनुभयो । प्रेस सेन्टर प्रदेश नम्बर २ ले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले मधेश आन्दोलनका सहिद, घाईते र जेलनेल परेकाप्रति सकारात्मक निर्णय गराएको भन्दै प्रदेश नम्बर २ मा सुनसरी, मोरंग र झापाका केही भाग काटेर भएपनि परिमार्जन गर्न लगाउंने बताउंनुभयो । तर, मधेश र मधेशीको सबै माग अहिले नै पूरा हुन्छ भने छैन । विस्तारै हुदै जाने म पनि मधेशकै प्रतिनिधि गरेकोले सकारात्मक परिमार्जन गरेर संविधान संशोधन हुने उहां प्रचण्डले दावी गर्नुभयो । मधेश, पहाड र हिमालका जनताको भावनालाई मिलाएर अघि बढ्ने भएकोले प्रतिपक्ष एमाले पनि विस्तारै नजिक आउंछ । यसको लागि सबै कुरा यही भनेर नहुने उहां प्रचण्ड बताउंनुभयो । मेरो नेतृत्वको सरकारले निर्वाचनमा जाने भएकोले मधेशको संविधानमा स्वीकार्यता गरेर जाने नै यो सरकारको लक्ष्य रहेको भन्दै प्रतिपक्ष एमालेको राष्ट्रघात क्रियाकलापले तत्काल समस्या आउंन सक्ने उहां प्रचण्डले बताउंनुभयो । कार्यक्रम प्रेस सेन्टर प्रदेश नम्बर २ का संयोजक हिरालाल चौधरीका सभाध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन आशिष विकले गर्नुभएका थिए । प्रधानमन्त्री प्रचण्ड माओवादीकै मातृका यादवका छोराको जन्तीबाट फर्किएर लहानमा पत्रकार सम्मेलनमा सहभागी हुनुभएका थिए ।

प्रधानमन्त्री आज सिरहा आउँदै

Posted: 13 Dec 2016 07:28 PM PST

राम नारायण पंडित, सिरहा, २९ मंसिर । नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड' आज (वुधबार) सिरहा आउनु हुने भएको छ । प्रधानमन्त्रि आफ्नो निर्वाचित सिरहा क्षेत्र नं. ५ को निर्वाचन क्षेत्र भौतिक पूर्वाधार समितिको वैठकमा सहभागी हुन सिरहाको मिर्चैया आउन लागेको माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य दिलिप साहले बताए । प्रचण्डको माओवादी केन्द्रका नेता मात्रिका प्रसाद यादवको छोराको विवाहमा जन्ति जाने कार्यक्रम समेत रहेको नेता साहले बताए । मात्रिकाको गाउँ धनुषाको सवैलाबाट सिरहाको गोविन्दपुर–२ मा जन्ति जाने कार्यक्रम रहेको जनाएको छ । प्रधानमन्त्री प्रचण्डको सिरहाको मिर्चैयामा हुने निर्वाचन क्षेत्र भौतिक पूर्वाधार समितिको वैठकमा सहभागि भएर जन्ती जाने कार्यक्रम रहेको जनाएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment