Onlinesiraha-Nepali |
- सिरहाको गोलबजारमा शव भेटियो
- जाडोमा घर भत्काएपछि डोम परिवार विचल्लीमा
- माईक्रोको ठक्करबाट लहानमा साईकल यात्री गम्भिर घाईते अबस्था चिन्ताजनक
- म मन्त्री भनेको नोकर हुं ः मन्त्री जोशी
- सिरहामा एड्सबाट एक दर्जनबढीको मृत्यू
- सिरहामा बाटो हगुवा नियन्त्रण अभियान
- एसपी शेखर कोइरालाको प्रतिबद्धता लागूऔषध नियन्त्रणमा जोड
- सिरहामा लागुऔषध सहित पाँच पक्राउ
- चेतना बढ्दै गएपछि मधेशमा महिला हिंसाको घटनामा कमी
- स्वच्छ मिर्चैया, स्वस्थ्य मिर्चैया” को दोस्रो सप्ताह सम्पन्न
- सिके राउतको कित्तामा महन्त ठाकुर ,भन्छन मधेश अलग राष्ट्र लिएरै छाड्छौ
- पत्रकार मिथिलेश यादवमाथि आक्रमण
- सिरहामा धान उत्पादनमा भारी वृद्धि
- कार्ड परिवर्तन गर्न जानकारी नहुंदा ज्येष्ठ नागरिक भत्ताबाट बंचित
- सरसफाईसंगै स्थानीय सांस्कृतिको विकास
- भारतीय आयातले सयपत्री फूल उत्पादनमा समस्या
- विषादी न्यूनिकरणको लागि माटो सुधार अभिायन
- विशेषज्ञ विना सिटी स्कान, लहानको अधिकांश अस्पतालमा अत्याधुनिक मेशिनको अभाव
- मिर्चैयामा नागरिक सुनुवाई कार्यक्रमः नागरिक मैत्री सेवा प्रवाहमा जोड
- कमला नदीमा भूतमेला तन्त्रमन्त्र गर्न धामीझाँक्रीहरुको घुइँचो
Posted: 05 Dec 2016 02:08 AM PST फिरोज शेख लहान मङ्सिर २० । सिरहाको गोलबजार नपा–वडा नम्बर ६ मा आज सोमबार विहान एक शव फेला परेको छ । शव गोलबजार नपा–वडा नम्बर ४ घरभई गोलबजार–वडा नम्बर ६ मा डेरागरी वस्ने ४० वर्षिय शिवजी साह हलुवाईको रहेको गोलबजार प्रहरीले जनाएको छ ।गोलबजारमै रिक्सा चलाएर डेरा जानेक्रममा लडेर पर्खालमा टाउको ठोकिएर फूट्दा अत्यधिक रक्तश्राव र जाडोको कारण ज्यान गएको हुन सक्ने ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख राजेन्द्र कुमार उपाध्यायले जानकारी दिनुभयो । शव रहेको क्षेत्रमा धेरै रगत बगेको देखिएको छ । अत्यधिक मधिरा सेवनगरी डेरा तर्फ गईरहेको समयमा गएरातीनै लडेको हुन सक्ने अनुमान गरिएको छ । मदिरा सेवनगरी जतासुकै नियमित घर नआउने व्यवहारभएकाले घरपरिवारले पनि समयमै खोजतलास नगरेको प्रहरीले बताए । साहको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा पठाइएको उपाध्यायले जानकारि दिनुभएको छ। |
जाडोमा घर भत्काएपछि डोम परिवार विचल्लीमा Posted: 04 Dec 2016 07:26 PM PST राम नारायण पंडित, सिरहा, २० मंसिर । सिरहाको अचन्द्रअयोध्यापुर १ स्थित विल्टु डोम र वेचु डोमको घर शनिवार भत्काएपछि डोम परिबार विचल्लीमा परेका छन् । विगत ४० वर्षदेखि वस्दै आएका डोम समुदायलाई जाडोको मौसममा स्थानीय भरतराज शर्माले घर भत्काएपछि डोम परिबार समस्यामा परेका हुन् । घरभत्काउने क्रममा उनीहरुले मरिक परिवारमाथि हातपात समेत गरेको जनाएको छ । घर भत्काएकाएपछि तराइका अति विपन्न समुदायका डोम परिवारका १८ जनाको परिवार खुल्ला आकाशमुनी रात विताउन बाध्य भएका छन् । संजय डोमका अनुसार भरतले २५÷३० जनाको समूहमा ल्याएका अपरिचित युवाहरुले भर भत्काएको हो । प्रहरीकै अगाडी गुण्डा शौलीमम घर भत्काउँदा समेत प्रहरीले केही नगरेको उहाँहरुले गुनासो गरेका छन् । यता, भरतराज आफ्नो जमिन भएको भन्दै डोम परिवारको घर अदालतको आदेशमा भत्काएको बताएको छ । २०३५ सालदेखि बस्दै आएको डोम परिवारलाई त्यहाँबाट विस्थापीत गर्ने नियत सहित शर्माले ७÷८ वर्ष अघि जमिन खरिद गरेको स्थानीयले बताएको छ । स्थानीय व्यवसायी तथा समाजसेवी कुलिया यादवले डोमपरिवार बसेको देखि देखि भरतले जमिन किनेर डोम परिवारमाथि अन्याय गरेको बताए । भरतले अदालतमा जमिन चलन गरिपाउँ भनी मुद्दा लगाएको भएपनि आफूहरुले यस वारेमा कुनै जानकारी नपाएको मरिक परिवारले बताएको छ । यता, इलाका प्रहरी कार्यालय मिर्चैयाले आफूहरुलाई घटनावारे जानकारी नभएको भन्दै, पीडित परिवारलाई तत्काल बासको व्यवस्था मिलाउन पहल थालेको बताएको छ । प्रहरीको एक टोली घटनास्थलमा पुगेर तत्काल मरिक परिवारलाई बासको लागि त्रिपालको व्यवस्था गर्न भरतराजलाई भनेको प्रहरीको भनाई रहेको छ । बाँसका सामाग्री बनाएर गुजारा चलाउँदै आएका डोम परिवारको जमिन समेत आफ्नो नाममा छैन । उनीहरु वर्षौंअघि बाँझो जमिन सफापारी बसेको बताइएको छ । |
माईक्रोको ठक्करबाट लहानमा साईकल यात्री गम्भिर घाईते अबस्था चिन्ताजनक Posted: 04 Dec 2016 04:36 AM PST संजय बिश्वकर्मा मंसिर १९,लहान । पुर्ब पश्चिम लोकमार्ग अन्तर्गत माईक्रो ठक्करबाट एक जन साईकल यात्रि गम्भिर घाईते भएको छ । घाईते हुनेमा सिरहा लहान नगरपालिका वडा नं. ३ बस्ने १८ बर्षिय हरेराम महतो रहेको प्रहरीले जानकारी दिनुभयो । पुर्बबाट पश्चिम काठमाण्डौ जादै गरेको बा.३ख. ८४४५ नं. एस हाईस माईक्रोबसले सोहि दिसाबाट आउदै गरको साईकल यात्री लाई पछाडीबाट ठक्कर हानी गम्भिर घाईते बनाएको हो । घाईतेलाई लहान स्थित रहेको लिला मदन पोलिक्लिनीक एण्ड प्रसुती गृहमा समान्य उपचार पछी थप उपचारको लागी बिराटनगरको न्युरो हस्पिटल लगीएको लिला मदन पोलि क्लिनिक लहान का डा. राजन साहले बताए । घाईते महतो टाउकोमा गम्भिर चोट लागी टाउको फुटोको साथै घाईतेको अबस्था चिन्ताजनक रहेको छ । ठक्कर दिने गाडी ,चालक ईलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । |
म मन्त्री भनेको नोकर हुं ः मन्त्री जोशी Posted: 03 Dec 2016 08:06 PM PST दिनेश्वर गुप्ता लहान, १८ मंसिर । अघि बढाइएको संविधान संशोधनबाट मधेशको माग केही सम्बोधन हुने भन्दै थपको लागि छलफल गरेर अगाडि बढ्नुपर्ने जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले बताउंनुभयो । सिरहाको डिवाससीसी सभाहलमा आज पत्रकार सम्मेलनको क्रममा मन्त्री जोशीले मधेशको थारु, मुस्लिम, दलितहरुको जायज माग यथाशिघ्र सम्बोधन गर्नुपर्ने बताउंनुभयो । मन्त्री जोशीले जायज मागको सम्बोधन गर्दा उत्तर, पूर्व, पश्चिम र दक्षिण सवाललाई तोडमोड गरेर सम्भव नहुंने र यसले समस्या पनि समाधान नहुने भएकोले सिंगो देशको लागि व्यवस्थित गर्नुपर्ने बताउंनुभयो । शहरबजारमा विकास भइरहेको छ , तर ग्रामिण महिलाहरु स्वास्थ्य समस्याले पीडा खेपिरहेकोले सुधारिएको चुलो कार्यक्रम ल्याइएको मन्त्री जोशी बताउंनुभयो । मन्त्री जोशीले 'म मन्त्री भनेको नोकर हुं 'जनताको आवश्यकता र कार्यक्रमलाई मन्त्री परिषद्मा राख्ने काम गर्ने हो । सिरहामा विकास गर्नुपर्ने कार्य धेरै छ यो पूरा गर्न मन्त्री परिषद्ले नै गर्ने हो उहांले बताउंनुभयो । कार्यक्रमकै बीचमा सिरहाका सिडियो श्रीकृष्ण श्रेष्ठले 'प्रशासनलाई नसोधी मन्त्रीज्यू आउंनुभयो । हामीलाई खबर गरेर आउंनु पर्थियो । किनकी सुरक्षा व्यवस्था गर्नुपर्थियो । आईन्दा यहां आउंदा यस्तो नहोस् भनी आयोजकलाई उहां सिडियोले सचेत गराउंनुभयो । वातावरण शाखाका इन्जिनियर रमेश निधीले दलित बालबालिकाका लागि कक्षा ९ र १०का विद्यार्थीहरुको घरमा सोलार जडान गर्ने योजना रहेको सो कार्यक्रममा सार्वजनिक गर्नुभयो । इन्जिनियर निधीले मठमन्दिर, दलित दलान, विद्यालय, अस्पताल, संचारलगायतको क्षेत्रमा कम पावरको सोलारले नपुग्ने भएकोले आवश्यकता अनुरुप जडानको कार्य अघि बढाउंन सम्बन्धित मन्त्रालयसंग माग गर्नुभयो । सिरहामा पर्यटक स्थलको रुपमा रहेको मानिक दह, सलहेश फुलवारी, वाबा ताल, मैसोथा, देवीदहलगायत ३५ ठाउंमा यथाशिघ्र सोलार जडानका साथै त्यसक्षेत्रको विकास प्रबद्र्धनको निम्ति बजेट विनियोजित गर्न पत्रकार सुरेन्द्र कामतीले ज्ञापनपत्र मन्त्री जोशीलाई बुझाएका थिए । कार्यक्रममा पत्रकार, राजनीतिक दलका प्रतिनिधि, प्रेस काउन्सिल नेपालका सदस्य चन्द्रदेव कामतीलगायतले मन्तव्य राख्नुभएका थिए । सिरहामा पत्रकार सम्मेलन अघि मन्त्री जोशी लहानको सलहेश फुलवारीलगायतको ठाउं भ्रमण गर्नुभएका थिए । |
सिरहामा एड्सबाट एक दर्जनबढीको मृत्यू Posted: 02 Dec 2016 01:50 AM PST दिनेश्वर गुप्ता लहान १७ मंसिर । विश्वभर विभिन्न कार्यक्रम गरी आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस मनाइएको छ । सिरहालगायत नेपालभर विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरी २९औं एड्स दिवस मनाइएको छ । 'हामी सबैको काम, एचआईभी रोकथाम' भन्ने नाराका साथ यो दिवस सिरहा पनि मनाइयो । सोहीक्रममा आर्थिक वर्ष ०७२।७३ मा सिरहामा थप २६ जना एचआइभी संक्रमित फेला परेको एक तथ्यांकले सार्वजनिक गरेको छ । सिरहामा एचआइभी एड्सकै कारण सिरहामा गत आर्थिक वर्ष ०७२।७३ सम्म १४ जनाको मृत्यु भएको थियो । लहान अस्पतालमा २० र सिरहा अस्पतालमा ६ जना नयाँ एचआइभी संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका एचआइभी एड्स समन्वय समितिका सरोज कर्णले जानकारी दिए । योसँगै सिरहामा एचआइभी संक्रमितको संख्या ६८ पुगेको छ । अघिल्लो आर्थिक वर्ष ०७१।७२ मा पनि १५ जना नयाँ एचआइभी संक्रमित फेला परेका थिए । एचआइभी संक्रमितमध्ये ४२ जनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनकपुर अस्पताल पठाइएको कर्णले बताए । एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै वृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रमको लागि बहुपक्षीय संलग्नता बढाउने अभिप्रायले सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर एक तारीखका एड्स दिवस मनाउने गरिन्छ । विश्वमा एचआइभी पत्ता लागेको ३५ वर्ष पूरा भएसँगै नेपाल लगायत विश्वमा एचआइभीको नयाँ संक्रमणमा कमी आएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सन् २०१५ सम्ममा विश्वमा एड्स रोगका विरामीको संख्या तीन करोड ६७ लाख रहेको अनुमान गरिएको छ भने नेपालमा हाल करिब ३९ हजार ३९७ जनामा एचआइभीको संक्रमण रहेको अनुमान छ । जसमा पुरुषको संख्या चौबीस हजार ४४९ र महिलाको संख्या चौध हजार ९४८ रहेको छ । त्यस्तै नेपाली संक्रमितमा १५ देखि ४९ वर्ष समूहका वयष्क जनसंख्या मध्ये ०.२ प्रतिशतमा मात्र एचआइभीको संक्रमण रहेको अनुमान छ । नेपालमा करिब ८५ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौनसम्पर्कबाट हुने गरेकोे पाइएको छ । एचआइभीको उच्च जोखिममा रहनेहरुमा सुईद्धारा लागुऔषध प्रयोग गर्ने र पुरुष समलिंगी यौनकर्मीहरुमा एचआईभीको संक्रमण हुने जोखिम उच्च रहेको पाइएको छ । त्यस्तै यौनकर्मी, तेश्रोलिंगी, वैदेशिक रोजगारीमा जानेहरु र कैदीहरुमा पनि संक्रमणको जोखिम उच्च रहेको केन्द्रका निर्देशक तरुण पंगेनी बताउँछन् । हाल नेपालमा एड्सको नयाँ संक्रमणमा ८० प्रतिशतले र एड्स सम्बन्धी मृत्युमा सन् २००७ (नेपालमा एड्सबाट सबैभन्दा धरै मृत्यु भएको वर्ष)को तुलनामा २२ प्रतिशतले कमी आएको छ । त्यसैगरी, एआरभी अर्थात औषधी सेवन गर्नेको संख्या १४६ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । त्यस्तै, सन् २००० को तुलनामा हाल विश्वमा एड्स रोगको नयाँ संक्रमणमा ३५ प्रतिशतले कमी आएको छ भने झण्डै ५८ प्रतिशत बालबालिकामा नयाँ संक्रमण कम हुदै गएको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, सन् २००४ (विश्वमा एड्सबाट सबैभन्दा धेरै मृत्यु भएको वर्ष) को तुलनामा हालसम्म एड्सबाट मृत्यु हुनेमा ४२ प्रतिशतले कमी आउनुका साथै ८४ प्रतिशतमा एचआइभी (औषधी सेवन गर्नेको ) उपचामा पहुँच बढेको छ । हाल संसारमा १ करोड ५८ लाख मानिसहरु एचआइचीको उपचारमा रहेको विभिन्न तथ्यांकहरुले देखाएको छ । |
सिरहामा बाटो हगुवा नियन्त्रण अभियान Posted: 02 Dec 2016 01:42 AM PST दिनेश्वर गुप्ता लहान, १७ मंसिर । सन् २०१७ सम्ममा नेपाललाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अनुरुप सिरहामा हालसम्म ७० प्रतिशतले चर्पी निर्माण गरिसकेको छ । सिरहा जिल्ला सन् २०१६ भित्रै खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने भनी अभियान चलाइएको छ । सोही अभियान अन्तरगत सञ्चालित कार्यक्रमलाई प्रभावकारी बनाउंनको निम्ति 'बाटो हगुवा नियन्त्रण' अभियान शुरु गरिएको छ । जिल्ला विकास समिति सिरहाको जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिले खुला स्थान र सडकमा दिसापिसाब गर्नेलाई नियन्त्रण लिएर कान समातेर उठबस जस्ता कार्य बढाउंदै चेतनामुलक कार्य अघि बढाइएको छ । बिहीबार मात्र सो अनुगमन टोलीले १३ जनालाई नियन्त्रणमा लिएर 'कान समातेर उठबस' गर्न लगाएको छ । सिरहा नगरपालिका वडा न.८ को मैसोथा टोलमा सडक छेउमै दिसा गरिरहेका उनीहरुलाई सो टोलीले नियन्त्रणमा लिएको थियो । टोलीले नियन्त्रणमा लिएकाहरुलाई खुला दिसा नगर्न आग्रह गर्दै शौचालयमा मात्र शौच गर्न सुझाएको थियो । 'हामीले टोली बनाएरै बिहानै ५ बजेदेखि अनुगमनमा निस्कने गरेका छौ ।' अनुगमन टोलीका सदस्य समेत रहेका नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देवकुमार यादवले भने, 'पुरुष मात्र होइन, महिलाहरु पनि लाजै नमानी खुला स्थानमा दिसा गर्छन् । मधेशमा यस्तो पौराणिक क्रियाकलाप रहेकोले यसलाई हामी हटाएरै छाड्छौ ।' समन्वय समितिले सन् २०१६ को अन्त्यसम्ममा सिरहालाई खुला दिसा मुक्त क्षेत्र बनाउने लक्ष्य लिएको छ । तर सो लक्ष्य ७० प्रतिशत मात्र पुरा भएको छ । यता, हालसम्म नेपालभर ३८ जिल्ला खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ भने ८ जिल्ला तयारीमा रहेको एक तथ्यांकले सार्वजनिक गरेको छ । लक्ष्य अनुरुप देशभर ८३ प्रतिशत खुला दिशामुक्त क्षेत्र घोषणा भइसकेको छ भने मधेशको सप्तरीदेखि पर्सासम्म ८ जिल्ला पछाडि परेको छ । जसमा सिरहा अग्रपंक्तिमा रहेको छ । |
एसपी शेखर कोइरालाको प्रतिबद्धता लागूऔषध नियन्त्रणमा जोड Posted: 30 Nov 2016 08:36 AM PST दिनेश्वर गुप्ता लहान, १५ मंसिर । लागुऔषध न्यूनिकरणमा जोड दिंदै जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी शेखर कोईरालाले सिरहामा शान्ति सुरक्षाको लागि निरन्तर सक्रिय रहने बताउंनुभयो । आज सिरहामा पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउंदै मुस्कानसहितको प्रहरी सेवामा सक्रिय रहने एसपी कोइरालाले बताउंनुभयो । एसपी श्याम ज्ञवाली सिरहाबाट सरुवा भएर गएपछि एक सत्तादेखि एसपी शेखर कोइराला जिल्ला प्रहरी कार्यालय सिरहामा आउंनु भएका छन् । सोहीक्रममा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एक पत्रकारले लहानको तरकारी बजार हुंदै जाने बाटो, भोटिया टोल फुलवारी मेलाको बाटो हुंदै लागुऔषधको कारोबार हुने गरेको चर्चा गर्नुभएका थिए । त्यसैगरी, अर्का पत्रकारले सगरमाथा यातायात कार्यालय अगाडि केही मान्छेले दिउंसै ड्रग्स, रक्सी सेवन गरी सेवाग्राहीलाई कुटपिट गर्ने गरेको चर्चा गरेका थिए । यस्ता घटनालाई यथाशिघ्र नियन्त्रण गर्न समेत एसपी कोईरालाले प्रतिबद्धता जनाएका छन् । सोहीक्रममा जल्ला प्रहरी कार्यालय सिरहाका कार्यालयका एसपी कोईरालाले ईलाका प्रहरी कार्यालय माडर, प्रहरी चौकी लगडीगोठ, लगडि गदियानी र सन्हैठा समेतमा निरीक्षण गर्नुभएका छन् । उक्त निरीक्षणका क्रममा सम्बन्धित प्रहरी कार्यालयमा कार्यरत प्र.क.हरुलाई शान्ति सुरक्षा तथा सीमा नाकाहरुमा हुने अपराध न्यूनिकरण तथा रोकथामको लागि आवश्यक निर्देशन समेत दिई सम्बन्धित सीमा नाकाहरु तथा पिलरहरुको स्थलगत निरीक्षण तथा स्थानीय नागरिकहरु संग भेटघाट गरी प्रहरी सक्रियताका बारेमा राय सुझाब समेत लिनु भएका छन् । |
सिरहामा लागुऔषध सहित पाँच पक्राउ Posted: 30 Nov 2016 05:34 AM PST राम नारायण पंडित, सिरहा, १५ मंसिर । सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । लुकाईछिपाई राखेको अवस्थामा लहानको एक गृल पसलबाट एक सय चार वोतल प्रतिवन्धित लागुऔषध कोरेक्स सहित पाँच जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । लहान २ मा मो. मुर्तुजाले संचालन गरेको गृल पसल पछाडी प्लाष्टिकको गिलेनमा लुकाई राखेको अवस्थामा प्रहरीले लागुऔषध कोरेक्स वरामद गरेको हो । प्रहरीले विशेष सुराकको आधारमा लागुऔषध सहित लहान २ का २१ वर्षिय मो. तैयब बावु, वर्ष ३६ का मो समीम, वर्ष २२ का रोहित साह सुडी, लहान ३ का ४१ वर्षिय विष्णुदेव साह र सप्तरी मौवाहा घर भई हाल लहान १ मा वस्दै आएका ४० वर्षिय शंकर ठाकुरलाई पक्राउ गरेको जनाएको छ । उनीहरुले विक्रि वितरणको लागि ल्याएर राखेको हुन सक्ने अनुमान रहेको इप्रका लहानका प्रमुख डिएसपी राजकुमार केसीले बताए । पक्राउ परेका सवैलाई लागुऔषध प्रयोग तथा ओसार पोसार अभियोगमा मुद्दा चलाउने तयारी भईरहेको जनाएको छ । |
चेतना बढ्दै गएपछि मधेशमा महिला हिंसाको घटनामा कमी Posted: 26 Nov 2016 06:15 AM PST दिनेश्वर गुप्ता लहान ११ मंसिर । समाजमा जनचेतनाका कार्यक्रम संचालन हुन थालेपछि हिंसात्मक घटनामा केही कमि आएको छ । ओरेक नेपाल लहानले आज पत्रकार सम्मेलनमा सो तथ्यांक सार्वजनिक गरेको छ । ओरेक नेपालकी सिरहा संयोजक निलम यादवका अनुसार विगतका बर्ष १ सय ७३ वटा महिला हिंसाका घटना रहेको थियो भने यस बर्ष ४८ जति कम रहेको बताउंनुभयो । २०१६ जनवरीदेखि २४ नोभेम्बरसम्म १ सय २५ वटा महिलामाथी हिंसाका घटना भएको छ भने गत बर्ष १ सय ७३ हिंसाका घटना भएको थियो । यस बर्ष घरेलु हिंसा १० , बलात्कार ५ , यौन हिंसा ६ , आत्महत्या ४ , मानसिक यातना २४ , कुटपिट ५४, दाईजो कारण मानसिक यातना ३ , बोक्सीको आरोप ६ र बहुविवाह १० वटा रहेको पत्रकार सम्मेलन जानकारी गराएका छन् । सोहीक्रममा ओरेकले सिरहामा परामर्श ३४, मेलमिलाप ३५, स्वास्थ्य उपचारको सहजिकरण ६, कानुनी प्रक्रिया २३, प्रमाण नभएको ४, प्रहरी अनुसन्धान १८, अदालती ५, अंश मुद्दा १, बहुविवाहको मुद्दा १, कुटपिटको मुद्दा १ र बलात्कारको मुद्दा २ वटामा सेवा प्रदान गरिएको जनाइएको छ । ओरेक नेपालले महिला हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रम समेत सो पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । मंसिर ९ गतेदेखि २४ गतेसम्म १६ दिने कार्यक्रम अन्तर्गत पत्रकार सम्मेलन, र्याली प्रदर्शन, स्कूल तथा कांलेज शिक्षा, दहेज विरुद्ध सडक नाटक, सरोकारवालाबीच अन्तरक्रिया, हिंसा विरुद्ध अन्तरक्रिया, विश्व एड्स दिवसमा चेतनामुलक कार्यक्रम, भूमिमा महिलाको अधिकार विषयक अन्तरक्रिया, महिला स्वास्थ्य शिविर, यौनजन्य हिंसा विरुद्ध अन्तरक्रिया, आत्महत्या विषयमा कार्यशाला गोष्ठी, दहेजका कारण महिलामाथी हुने हिंसा विषयक अभिमुखिकरण, घटेका घटनाहरुको अनुभव आदानप्रदान, कोणसभा तथा रक्तदान जस्ता कार्यक्रम अघि सार्ने ओरेककी देवकुमारी महराले बताइन् । आजको कार्यक्रममा दहेज विरुद्ध व्यापक छलफल भएको छ । |
स्वच्छ मिर्चैया, स्वस्थ्य मिर्चैया” को दोस्रो सप्ताह सम्पन्न Posted: 24 Nov 2016 05:37 AM PST राम नारायण पंडित, सिरहा, ०९ मंसिर । सिरहाको मिर्चैयामा "स्वच्छ मिर्चैया, स्वस्थ्य मिर्चैया" को दोस्रो सप्ताहको सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । सप्ताहिक सरसफाइ कार्यक्रम अन्र्तगत आज (विहिवार) उद्योग बाणिज्य संघ मिर्चैया र मिर्चैया नगरपालिकाको सहकार्यमा मिर्चैयाको थाना चौकदेखि कटारी चौकसम्म सरसफाइ गरिएको छ । सम्पुर्ण मिर्चैयाबासीहरुलाई दिनको कम्तिमा १० मिनेट समय सरसफाई तथा फोहोरमैला ब्यबस्थापनमा दिई "स्वच्छ मिर्चैया, स्वस्थ्य मिर्चैया" अभियानलाई सफल पार्न मिर्चैया नगरपालीकाका कार्यकारी अधिकृत रमेश कुमार दासले आग्रह गरेका हुन् । प्रत्येक बिहिबार सम्पुर्ण मिर्चैयाबासीहरु एकजुट भई सरसफाई तथा फोहोरमैला ब्यबस्थापन गरे एक बर्ष भित्र मिर्चैया नगरपालिकालाई स्वच्छ र सफा बनाउन सकिने मिर्चैया उद्योग बाणिज्य संघका अध्यक्ष हरीशंकर साहले बताए । कार्यक्रममा मिर्चैया नगरपालिकाका, उद्योग बाणिज्य संघ, ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बेश क्याम्पको साथै ब्यापारी, स्थानियबासी, बुद्धिजिबि, नागरिक समाज, पत्रकार लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको मिर्चैया नगरपालिकाका खरिदार राजगिर यादबले बताए । |
सिके राउतको कित्तामा महन्त ठाकुर ,भन्छन मधेश अलग राष्ट्र लिएरै छाड्छौ Posted: 22 Nov 2016 04:33 AM PST काठमाडौं – तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस एउटा राष्ट्र भएको ठोकुवा गरेका छन् । उनले भने, 'मधेस एउटा राष्ट्र हो । राष्ट्र बन्नका लागि भाषा, संस्कृति र जनसंख्या आर्थिक स्रोतलगायतका जेजे चाहिने हो, त्इो सबै पूर्ण भएको छ । त्यसैले अवको हाम्रो मागनै मधेस अलग राष्ट्र हो।तमलोपाले मधेस आन्दोलनका मुद्दा र सञ्चार विषयमा शनिबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष ठाकुरले भने, 'मधेस एउटा राष्ट्र भएकाले हामी हाम्रो जन्मसिद्ध अधिकार पूरा गर्छौं भन्दै शान्तिपूर्ण आन्दोलन गर्दा राष्ट्रघाती र बिखण्डनकारीको नारा राज्यबाटै दिनु सरासर गलत हो ।' आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । |
पत्रकार मिथिलेश यादवमाथि आक्रमण Posted: 22 Nov 2016 03:59 AM PST नागरिक दैनिकका सिरहा संवाददाता मिथिलेश यादवमाथि सोमबार साँझ ४ः३० बजे लहानमा समाचार संकलनको क्रममा लिला मदन पोलिक्लिनिकका कर्मचारीले आक्रमण गरेका छन् ।उक्त पोलिक्लिनिकमा उपचार गराइरहेका इटाटार कमलपुरका एक जना विरामीका आफन्तले सो अस्पतालले अन्याय गरेको भन्दै समाचार संकलनका लागि बोलाएपछि सो ठाउ पुगेका पत्रकार यादवमाथि पोलिक्लिनिकका सञ्चालक मनोज साह, डाक्टर दिलिप कुमार र कर्मचारी धनन्जय यादवले हातपातको प्रयास गर्दै सञ्चारको साधन फुटाएको हो । पत्रकार यादवका अनुसार समाचारका सामग्री रेकर्ड गरिएको आफुसंग भएको आइ फोन पोलिक्लिनिकका सञ्चालक मनोज र डा. दिलिपको आदेशमा अस्पतालका कर्मचारी धनन्यले जर्वजस्ती खोसेर फुटाइदिएको हो । ईजाजत विना पनि यहाँका निजि अस्पताल तथा क्लिनिकहरुले विभिन्न रोगको उपचार गर्ने बहानामा विरामीबाट मोटो रकम असूली रहेको केही दिन देखी गुनासो बढ्न थालेका छन् । यस्ता क्रियाकलापको समाचार संकलनको क्रममा पत्रकारमाथि आक्रमण हुनु गलत भएको सिरहाका संचारकर्मीहरुले बताएका छन् ।क्लिनिक स्थापकसँग विरामीको गुनसो र अस्पतालले गर्न पाउने उपचार ईजाजतबारे जानकारी लिईरहँदा फोनमा अडियो रेकर्ड अन थियो। अस्पतालका संस्थापक मनोज साह र डा. दिलिप कुमारले कर्मचारी लगाएर आक्रमण गर्न लगाए पछि विरामीपक्षले नागरिककर्मी यादवलाई जोगाएको एक प्रत्यक्षदर्शीले जानकारी दिए ।घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कार्वाहीको मांग गर्दै पत्रकार यादवलाई न्याय दिलाउन प्रेस चौतारी नेपाल सिरहा ।यता यस घटना बारे ईलाका प्रहरी कार्यलय लहानका डिएसपी राज कुमार केसी संग बुझ्दा घटनाको अनुशन्धान भैरहेको बताएका छन् । |
सिरहामा धान उत्पादनमा भारी वृद्धि Posted: 22 Nov 2016 04:10 AM PST रामभरोसी यादब(रातोपाटी ) सिरहामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने भएको छ । वर्षाले साथ दिएपछि समयमै रोपाई भएका कारण विगतको अनुपातमा यस वर्ष धान उत्पादनमा दोब्बर वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय सिरहाले अनुमान गरेको छ । जिल्लाको कुल ६० हजार हेक्टर धान खेतीयोग्य जग्गामध्ये यस पटक ५५ हजार हेक्टर (९१ प्रतिशत) मा धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जानकारी भयो । रोपाईपछि समयमा भएको वर्षाले सिंचाईका लागि सुविधा हुँदा धान उत्पादनमा वृद्धि हुने भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामलखन मण्डलले वताए । गतवर्ष पानिको अभावले गर्दा ४० हजार ५ सय हेक्टर (६७ प्रतिशत) जग्गामा मात्र धान रोपाई भएको र २ मेट्रिक टन प्रति हेक्टरका दरले उत्पादन भएकोमा यसपालि ३ दशमलव ५ मेट्रिक टन प्रति हेक्टरका दरले उत्पादन हुने कार्यालय प्रमुख मण्डलको भनाई छ । उनका अनुसार यस वर्ष कुल १ लाख ९२ हजार ५ सय मेट्रिक टन धान उत्पादन हुने अनुमान छ । |
कार्ड परिवर्तन गर्न जानकारी नहुंदा ज्येष्ठ नागरिक भत्ताबाट बंचित Posted: 22 Nov 2016 02:25 AM PST दिनेश्वर गुप्ता लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल महिला अन्तर्गत ५ सय रुपैयां भत्ता पाउंदै आएकी थिइन् । यता, ७० बर्ष पूरा गरे वापत थप ५ सय पाउंनुपर्ने प्रावद्यान रहेको छ । उनलाई कार्ड परिवर्तन गर्नुपर्छ भनी जानकारी नरहेकोले तीन बर्षदेखि पाउंनुपर्ने थप रकम पाउंन सकेकी छैन् । देवकी भन्छीन् — म कान सुन्दिन्,मेरी छोरी जीवछीले नै पैसा उठाउंछीन् । छोरीलाई सबै कुरा जानकारी हुन्छ । छोरीले नै नगरपालिकामा ल्याएर पैसा उठाउंन लगाउंछन् ।' उनकी छोरी जीवछी आमाकी सहमतीमा पुरानै कार्डमा भात्ता बुझ्ने गरेकी छीन् । लहान नगरपालिकाका कर्मचारीहरुको लापरवाहीको कारण कार्ड परिवर्तन नगरी भत्ता दिने गरेकोले पीडितहरुले झन पीडा खेप्दै आएका छन् । लहान २ की ७१ बर्षीया घुरनी सदायको अवस्था पनि यस्तै रहेको छ । उनी पनि पुरानै कार्डकै आधारमा भात्ता पाउंने गरेका छन् । लहान नगरपालिकाका कार्यरत कर्मचारी रामविलास महतो भन्छन् — यस्ता कार्डलाई चाडै सुधार गरी ६० बर्षदेखि पाउंने दलित, अपांगहरुलाई ७० बर्ष पुगेलाई ज्येष्ठ नागरिकको आधारमा थप भात्ता दिने प्रावधान छन् । कहिकतै मिस्टेकले कार्ड परिवर्तन नगरिएकोले थप भत्ता पाउंन नसकेको होला । तर, यसलाई सच्चयाएर थप भत्ता दिने' उनी प्रतिबद्धता जनाएको छ । ज्येष्ठ नागरिक, एकल महिला, दलित, अपांगलगायतले २०७२ चैत्रसम्म भत्ता पाइसकेका छन् । यता, लामो समयदेखि भत्ता नपाएको र भत्ता वितरणमा व्यापक अनियमित हुंदै आएकोले स्थानीय विकास मन्त्रालयले समाजिक सुरक्षा भत्ता बैंक मार्फत सम्बन्धितपक्षलाई उपलब्ध गराउंने प्रावद्यान गरेको छ । सोही अनुरुप लहान नगरपालिकाले समाजिक भत्ता पाउंनेहरुको नाममा बैंक खात्ता खोलिने काम गरिरहेको छ । मंसिर ४ गतेदेखि लहान स्थित रहेका १० वटा बैंकका खात्ता खोलिने टोली नगरपालिकामै खटाइएको छ । लहान नगरपालिकामा समाजिक सुरक्षा भत्ता पाउंने करिब ४ हजारको संख्यामा रहेको छ । हालसम्म ६ सयले खत्ता खोलिसकेका छन् । पांच सयको दरमा दिंदै आएको समाजिक सुरक्षा भत्ता यस पटकदेखि सरकारले दोब्बर गरेर एक हजार पुर्याएको छ । विभिन्न तहमा भत्ता खांदै आएका व्यक्ति ७० बर्ष पुगेपछि थप ज्येष्ठ नागरिक बापत भत्ता खान पाउंने भएको छ । अर्थात महिनामा २ हजार पाउंने छ भने ज्येष्ठ नागरिकले एकल रुपमा एक हजार मात्र मासिक भत्ता पाउंने छन् । |
सरसफाईसंगै स्थानीय सांस्कृतिको विकास Posted: 22 Nov 2016 01:46 AM PST दिनेश्वर गुप्ता लहान ४ मंसिर । मधेशको आठ जिल्ला सप्तरीदेखि पर्सासम्म यत्तिबेला लक्ष्य प्राप्तिको निम्ति घर घरमा चर्पी, मधेशको शान भनेर अघि बढिरहेको छ । यसको मुख्य लक्ष्य खुला दिशमुक्त क्षेत्र घोषणा गर्नु हो । लक्ष्य प्राप्तिसंगै सिरहा र सप्तरीमा सांस्कृति जागरण अघि बढिरहेको छ । समाजमा रहेको विकृति तथा फोहर व्यवस्थापन गर्दै पहिचान र स्थानीय संस्कृति भाषाको समेत विकास भइरहेको छ । सिरहाको सुखिपुर ४ कुशहा लक्ष्मीनियां आज खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ । सो घोषणा कार्यक्रम सफल पार्न स्थानीय भाखा शैलीमा झिझिया नाच, धोती, गमछा,कुर्ता, घैलालगायतको सांस्कृतिमय प्रदर्शन गरिएको छ । सिरहाको प्रथम खुला दिशामुक्त गाविस गाढाको घोषणा गर्दा स्थानीय पहिचान र संस्कृतिका लोक गीतको झांकी, मुसहर, मलाह, थारु, बनिया, कोईरी, यादवलगायतको पहिरन, भाखा, नाटक, नाचगानको प्रदर्शन गरिएको थियो । यो सरसफाई अभियान मात्रै नभई स्थानीय संस्कृति र पहिचान उठाउंन कलाकारहरु अवसर पनि पाउंन थालेको छ । ठाउं ठाउंमा सांस्कृतिक तथा सडक नाटकको टोली पनि गठन भएको छ । गीत गायनका पार्खि सिरहाका सिडियो खुला दिशामुक्त क्षेत्र घोषणाको जुनसुकै मंचमा आफ्नो एक दूई गीत पस्किहाल्छन् । सिरहाका सिडियो विजयनारायण मानन्धर भन्छन् — मधेशमा यत्तिबेला सरसफाईलाई थप उर्जा एवं सचेतनाको महत्वपूर्ण माध्यम स्थानीय भाखाको सांस्कृति र नाटक नै भएको छ । सरसफाईलाई तिब्र रुपमा अगाडि बढाउंन म पनि आफ्नो गीत पस्किहाल्छु । सरसफाईसंग जोडिएर जनचेतना अभिवृद्धि हेतु कलाकारहरु पनि प्रदर्शन गर्दै आएको छ । नेपाल रेडक्रस सोसाईटी सिरहाका अध्यक्ष राजदेव यादव भन्छन् — यही अवसर हो , सरसफाईसंगै हाम्रो समाजमा रहेको प्रतिभाशिल युवाहरुले कला प्रदर्शन गरेर समाज परिवर्तन गर्दैछन् ।' 'हाम्रो समाजका कला संस्कृति लोप हुंदै थियो तर, सिरहा, सप्तरी, धनुषागरी सरसफाईसंगै सांस्कृतिक टोली विकास भएको छ ।' खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा सांस्कृति र नाटक मात्रै हुने गरेकोले स्थानीय पहिचानको प्रदर्शनमा कमि देखिन्छ । सरसफाई अभियन्ता गोपाल घिमिरे भन्छन् — हाम्रो लक्ष्य सरसफाई नै हो । तर, समाज परिवर्तन गर्न स्थानीय पहिरन तथा शिपशिल उत्पादनको प्रदर्शन पनि उत्तिकै जरुरी छ ।' ' विगतमा भारतबाट आउंने नाचगान र हिन्दी संस्कृतिलाई रोक्दै स्थानीय कलासंस्कृतिले अवसर पाईरहेको छ ।' सरसफाई लक्ष्य प्राप्तिपछि विकसित भएका कलासंस्कृति तथा नाटकका कलाकारहरु वेरोजगारी हुने भनी कतिमा चिन्ता पलाएको छ । यसैले यसलाई संरक्षण गर्न स्थानीय निकायले बार्षिक बजेटिंगको आधार तयार गर्नुपर्ने नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देवकुमार यादव बताउंछन् । सिरहा जिल्लामा मात्रै यस्ता टोली आठ वटा रहेका छन् भने धनुषा र सप्तरीमा पनि सांस्कृतिक र नाटकीय टोली एक दर्जन जति रहेको छ । |
भारतीय आयातले सयपत्री फूल उत्पादनमा समस्या Posted: 22 Nov 2016 01:47 AM PST दिनेश्वर गुप्ता । लहान ३ मंसिर । भारतीय गुणस्तरहीन कृषि उत्पादनले नेपाली उत्पादनमा ठूलो समस्या पार्दै आएको छ । यसमा कृषि उत्पादन तरकारी, दाल, माछा, कुखुरालगायत दैनिक उपभोग्य मालसमान भारतबाट आयात हुंदा स्थानीय किसानहरुलाई मार्का परिरहेको बेला सयपत्री फूल उत्पादनमा समेत असर परेको छ । वैदेशिक रोजगारको प्रभावहीन गर्न सिरहाको धनगढीमा एक दर्जन नर्सरी संचालन रहेको छ । धनगढी १० मा विगत ८ बर्षदेखि नर्सरीसंगै सयपत्री फूल उत्पादन गर्दै आएका रामकुमार चौधरी भन्छन् — सयपत्री फूलबाट सिजनमा राम्रो कमाउंन सके पनि भारतबाट ठूलो मात्रा आयात हुने फूलले हाम्रो उत्पादन अलपत्रमा पर्छन् । सयपत्री फूलको बजार जनकपुर, विराटनगर र काठमाण्डौं रहेको छ । तर, काठमाण्डौंमा भारतीय सयपत्री फूल ठूलो मात्रामा आयात हुने गरेको कारण स्थानीय फूल त्यस बजारमा पुरयाउंन ढुवानी खर्चले समस्या गरेको छ । राम्रो बजार नपाएकोले रामकुमारले यस पटक ५ कठ्ठामा मात्र सयपत्री फूलको खेती गरेको छ । कम समयमा राम्रो आम्दानीको स्रोत रहेको, एक कठठमा लगाएको फूलबाट २५ हजारसम्म कमाई गर्छन् । असोजदेखि पुससम्म हुने यस सयपत्रीको खेती धनगढीमा पांच वटा नर्सरीले उत्पादन गर्दै आएको छ । करिब तीस बर्षदेखि नर्सरीमै जीवन विताएका श्रीदेव नर्सरीका श्रीदेव चौधरी भन्छन् — 'एक मिटर साईजको माला ३० देखि ४० रुपैयांमा बेच्दै आएको छु ।' 'यसको माग बढीत्तर जनकपुर रहेको छ ।'' काठमाण्डौं ठूलो बजार भएपनि भारतीय फूलले हामी मारमा परेको छु ।' तरकारी भन्दा फूल उत्पादन सजिलो भएपनि बजारको अभावमा उनीहरु ठूलो मात्रामा उत्पादन गर्न सकिरहेका छैन । बजार अभाव रहेपनि दशैं,दीपावली, विवाह वर्तबन्धन, धार्मिक अनुष्ठानलगायतको समयलाई पर्खेर फूल खेती गरिरहेका छन् । सिरहा जिल्लाभरी ४५ जति नर्सरी रहेपनि १० नर्सरीमा फूल उत्पादन हुंदै आएको छ । सिरहाको लहान, जिरोमाईल धनगढी, गोलबजारलगायतको नर्सरीमा फूल उत्पादन भइरहेको छ । फूल उत्पादनमा आत्मनिर्भर बनाउंन सरकारले बजारको व्यवस्थापन गरिदिएपछि भारतबाट आयात हुने करोडौंको फूल रोकिन सक्छन् । बजार राम्रो भए स्वदेशमै ठूलो मात्रामा फूल उत्पादन हुने सम्बन्धित कृषकहरुको कथन रहेको छ । |
विषादी न्यूनिकरणको लागि माटो सुधार अभिायन Posted: 22 Nov 2016 01:48 AM PST दिनेश्वर गुप्ता लहान ३ मंसिर । विषादी न्यूनिकरण र दोब्बर तेब्बर उब्जाउको लागि माटो परिक्षण अभियान सिरहामा तिब्र रुप लिंदै गएको छ । यस अभियान अन्तर्गत परिक्षण गरी माटो सुधार गरेर एउटै बाली एउटै विरुवाबाट दूई तीन पटक राम्रो उत्पादन गर्न सकिने भएको छ । यसका अभियन्ता बद्रीनारायण महतो भन्छन्—'विदेशमा हावापानी र माटो माटो नरहेको (कृषि उत्पादन हुने माटो) ठाउंमा नेपाली कामदारहरुबाटै एक पटक लगाएको विरुवाबाट दूई तीन पटक उत्पादन लिने गरेको छ । तर, हाम्रो देशमा कृषियोग्य माटो रहेपनि सो अनुरुप उत्पादन गर्न नसकिएकोले माटो व्यवस्थापनको लागि अभियान नै चलाएको छु ।' अभियन्ता महतो मरुभूमी भएको देश कतारमा १२ बर्षसम्म माटो सुधार कार्यमा लागेर मासिक ८० हजार कमाउंथे । आज भन्दा ४ बर्षअघि महतोको तलब ८० हजार थियो भने अहिले ढेड लाखसम्म कमाउंने क्षमता रहन्थियो । तर महतो आफै माटोलाई सुधार गर्न कतारबाट घर फर्किए । उनी माटो व्यवस्थापनको लागि आफ्नै खेतबारीबाट अभियान शुरु गरे । माटो व्यवस्थापनले कृषि उत्पादनमा बृद्धिका साथै २५ प्रतिशत रोग समेत नष्ट भएको देखेर छिमेकीहरुले उनको प्रविधिप्रति आकर्षण हुंदै गएको छ । यस अभियानलाई निरन्तन्ता दिनेक्रममा अहिले सिरहा, सप्तरी, धनुषालगायत १३ जिल्लामा महतो माटो व्यवस्थापनको लागि खटिरहेका छन् । महतोले माटो परिक्षणका साथै माटो सुधारक तत्वको सिफारिस, माछा पोखरीको पानी परिक्षण, चाउ खेती, बालीमा लाग्ने विभिन्न रोगको व्यवस्थापन गरिरहेका छन् । अभियन्ता महतो अगाडि भन्छन् — 'स्वस्थ्य माटो, स्वस्थ्य बाली, स्वस्थ्य किसान अनि स्वस्थ्य खाना उपयोग गरौं ।' 'यसको लागि माटोमा सुधार आवश्यक छ ।' 'अनि मात्रै हाम्रो देशमा पनि विषादीमुक्त र कम खेतमा बढी उत्पादन गर्न सकिन्छ ।' सिरहाको लहान १८ भदैयामा यस अभियान अन्तर्गत सयौं कृषकले माटो सुधार गरेर दोब्बर तेब्बर उब्जाउ गर्न सफल भएका छन् । लहान १८ भदैयाका बैद्यनाथ प्रसाद चौधरी भन्छन् — माटो सुधार गरिएपछि यस पटक बाली उत्पादनमा तीन गुणा बृद्धि भएको छ । अब यो माटो व्यवस्थापनको लागि राष्ट्रिय कृषक समूह महासंघको पहलमा हाम्रै गाउंमा प्रविधि सिकाई तालिमको व्यवस्थापन गर्न लागिएको छु ।' माटो परिक्षण सम्बन्धि भदैयामा मास्टर तालिम दिने भएको छ । यसमा ५० सैम्पलका साथै माटो जांचको समाग्रीमा ३० हजार खर्च हुने गरेको छ । संघ संस्थाहरुले कृषकलाई सहयोग हुने गरी ३ सय पर्ने माटो जांचको केमिकल र मेशिनसहित १ सय ५० मा उपलब्ध गराउंदै आएको छ । लहान १८ वडा भदैयाका सचिव बन्हुलाल चौधरी भन्छन् — कृषकहरुको माग बमोजिम आर्थिक बर्ष ०७२ । ०७३ मा कृषिको लागि माटो परिक्षण, विरुवा उत्पादन, विउविजनको लागि १ लाख ८० हजार किसानहरुलाई उपलब्ध गराएको छ ।' 'कृषकको माग अनुरुप यस बर्ष पनि माटो परिक्षणको लागि बजेट छुट्याएको छ ।' यस बर्ष सिरहामा साढे तीन किसानले माटो परिक्षण गरी दोब्बर तेब्बर कृषि उत्पादन गर्न सफल भएको छ । यस अभियानलाई निरन्तरन्ता दिनको लागि राष्ट्रिय कृषक समूह महासंघले सिरहा जिल्लामा कृषक समूह गठन गरेको छ । सोही समूहमा अभियन्ता महतोले सचेतना दिने गरेको छ भने ठाउं ठाउंमा माटो परिक्षणको लागि मास्टर तालिम पनि दिने गरेको छ । महतो कतारबाट घर फर्किएपछि यस अभियानलाई थप उर्जा दिनको निम्ति नेपाल माटो निर्देशनालय हरियर भवनले उनलाई विशेष तालिम समेत दिएका छन् । |
विशेषज्ञ विना सिटी स्कान, लहानको अधिकांश अस्पतालमा अत्याधुनिक मेशिनको अभाव Posted: 22 Nov 2016 01:48 AM PST दिनेश्वर गुप्ता लहान, ३० कात्तिक । लहान स्थित रहेको अस्पताल तथा पोली क्लिनिकमा अत्याधुनिक मेशिन तथा आवश्यक प्रविधि नरहेको कारण विरामीहरु सास्ती खेप्न बाध्य छन् । आवश्यक समाग्री केही मात्रामा रहेपनि थोत्रो तथा मर्मतको अभावमा स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन् । लहानको डिभाईन अस्पतालभित्र रहेको सिटी स्कान विग्रिएको महिनो भएपनि गलत रिर्पोटकै आधारमा काम गरिरहेको जानकारीमा आएको छ । उता, सिटी स्कानका रिपोट विशेषज्ञ डा. शेखर मेहता केही दिन अगावै डिभाईन अस्पताल छाडेर विरगन्ज गइसकेका छन् । तर, डा. मेहताकै नाममा सहि हानेर रिर्पोट दिने गरेको छ । डा.मेहतासंग मोबाईल नम्बर ९८१९०५३६६० मा सम्पर्क गर्दा उहांले भने 'लहानको डिभाईन अस्पताल छाडेको मेरो धेरैसमय भइसकियो । मेरो नाममा सहि गर्ने काम भइरहेको हो ,त्यो सरासर गलत हो ।' म अहिले विरगन्जको एक अस्पतालमा काम गरिहेको छु । डिभाईन अस्पतालको कामप्रति अब मेरो सरोकारको विषय होइन् ।' सिरहा, सप्तरी र उदयपुरको अस्पताल मध्ये लहानको डिभाईनमा मात्र सिटी स्कान रहेको छ । राजमार्गमा दैनिक सवारी दुर्घटना तथा ग्रामिण भेगमा कुटाकुट भई घाईते भएका विरामीलाई सिधैं सिटी स्कान गर्ने गरेकोले आर्थिक संकलनमा डिभाईन अस्पताल अगाडि रहेपनि आवश्यक रिर्पोट दिन नसकेको आरोप रहेको छ । विराटनगर तथा धरानमा सिटी स्कान गरे वापत ५ हजार लिने गरेको छ भने लहानको डिभाईन अस्पतालले ६५ सय रुपैयां लिने गरेको विरामीहरु बताउंछन् । लहान स्थित रहेको अधिकांश अस्पतालले एम्बुलेन्स चालकलाई संगठित गरि आफ्नो अस्पतालमा विरामी ल्याएदिए वापत कमिशन दिने गरेको खुलासा भएको छ । कमिशनको आधारमा विरामी उपचार गरिएपछि मनोपोली हुने स्वभाविक नै हो स्थानीय विरेन्द्र यादव बताउंछन् । डिभाईन अस्पतालको ०३३५६२३५२ मा सम्पर्क गर्दा सम्बन्धित पक्षले फोन उठाएन् । अस्पतालपक्षका एक स्वास्थ्यकर्मीले भने सिटी स्कानका विशेषज्ञको खोजि भइरहेको छ । यसअघि सिरहा जिल्लाका सम्बन्धितपक्षले अस्पतालहरुमा अनुगमन गरेका थिए । |
मिर्चैयामा नागरिक सुनुवाई कार्यक्रमः नागरिक मैत्री सेवा प्रवाहमा जोड Posted: 22 Nov 2016 01:48 AM PST राम नारायण पंडित, सिरहा, ३० कार्तिक । सिरहा जिल्ला अन्तर्गत रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयामा आज (मंगलबार) नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा प्रहरीलाई नागरिक मैत्री सेवा प्रवाह गर्न जोड दिइएको छ । जनता र प्रहरीबिचको सम्बन्ध थप सुदृद्ध बनाउने उदे्श्यले आयोजना गरिएको सार्वजनिक सुनुबाई कार्यक्रममा अधिकांश बक्ताहरुले प्रहरीको काम कार्बाहीको समिक्षा गर्दै अगामी दिनमा प्रहरीले थप चुस्त दुरुस्त र नागरिक मैत्री सेबा प्रबाह गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) श्यामलाल ज्ञबाली कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुका साथै उपस्थितहरुले जिल्लाको शान्ति सुरक्षा र नेपाल प्रहरी प्रदान गर्ने सेवा सम्बन्धमा राखिएको जिज्ञासाहरुको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा सिरहाका प्रहरी प्रमुख (एसपी) ज्ञबालीको साथै ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरी, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रहरी नायव उपरिक्षक महेश अधिकारी, मिर्चेया नगरपालिकाका कार्यकारी अधिकृत रमेश कुमार दास, सेक्टर बन कार्यालय मिर्चैयाका प्रमुख झरोखी साह, नेपाल बिद्युत प्राधिकरण मिर्चैया बितरण केन्द्रका इन्जिनियर संजिब कर्ण, खानेपानी मिर्चैयाका प्रमुख राम लोचन साहको साथै राजनितिकर्मी, बुद्धिजिबी, नागरिक समाज, स्थानियबासी, ब्यापारी, संचारकर्मी लगायत बिभिन्न बर्गका ब्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको थियो । |
कमला नदीमा भूतमेला तन्त्रमन्त्र गर्न धामीझाँक्रीहरुको घुइँचो Posted: 22 Nov 2016 01:49 AM PST राम नारायण पंडित, सिरहा, २९ कार्तिक । आज बिहानै देखि कमला नदीको दृश्य रोमाञ्चक देखिन्थ्यो । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै थिए । धनुषा सिरहा र भारतको त्रिवेणीमा अवस्थित कमला नदीमा धामीझाँक्री बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरुको घुइँचो लागेको थियो । उनीहरुले नै भय उत्पन्न हुने गरी कर्कश स्वरमा चिच्याउँदै थिए । सिरहा र धनुषाके सिमाना भएर वग्ने कमला नदीमा सूर्योदयसँगै आज हजारौँ नव धामीझाँक्री वोक्सावोक्सी पवित्र जलमा डुबुल्की लगाए । हजारौ स्त्री पुरुष दुवैपट्टिका नदीका किनारमा भगत देउता खेल्न खेलिरहेका थिए भने प्रत्येक भगतासँग रहेका १० देखि २० जनाको समूहका ब्यक्तिहरुले भगतालाई प्रश्न गर्ने गीत गाउनमा व्यस्त थियो । आफनो शरीरमा वास बस्न आएका देवतालाई वास वस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमा स्नान गर्ने ती नवधामीझाँक्री वोक्साबोक्सी कमला नदीमा स्नानका लागि आएका हुन् । 'विवाह गरेको सात वर्ष भयो । तर अहिलेसम्म बच्चा जन्माउन सकेकी छैनन् दिनदिनै भूत पनि खेल्छे,' आफनी ३० वर्षीया वुहारी रामवती देवीलाई डोर्याएर इनरुवा घाटमा आहुत सल्काएर भगता नजिक लग्दै गरेकी भारत मधुवनी जिल्लाको साहरघाटकी ५० वर्षिया सासू निर्जलादेवीले भनिन, 'कुन जोगिया भूतप्रेत पाल्नेले जादु टुनामुना गरेको छ त्यही देखाउन ल्याएको । भगताले झारफुक गरेर बच्चा हुन्छ त भन्ने प्रश्नको जवाफमा ती वृद्धाले भनिन् मेरी जेठी बुहारी रीता देवीलाई कमलामाईकी कृपाले छोरा भएको छ ।'कात्तिक पूर्णिमाका दिन कमला गंगालगायतका पवित्र नदीमा नयाँ भगता जसको जीउमाथि प्रथमपटक देवताको गात स्थायी हुने र भगताको गुण तन्त्रशक्ति चल्ने विश्वास धामीझाँक्रीको छ । तन्त्रशास्त्र अनुसार तन्त्रसिद्धिका लागि कात्तिक पूर्णिमाका किन पूर्णहुति दिँदा तन्त्रविधा सिद्ध हुने मान्यता छ । टुनामुना सिकेर धामीझाँक्री र बोक्साबोक्सी बन्नेहरु सिद्धि प्राप्त गर्न कमला नदीमा स्नान गर्ने गर्छन । विजया दशमीको आगमनसँगै धामीझाँक्री बोक्साबोक्सी सक्रिय हुन्छन्। आश्विन अमावस्यालाई तन्त्र सिद्धिका लागि सवोत्तम मानिन्छ । देवीदेवताको गात स्थायी होस् भनेर आआफनो घरबाट आहुत बोकेर कात्तिक पूर्णिमाको विहान कमला नदी र अन्य पवित्र नदीमा स्नान गर्छन । पवित्र नदीमा प्रथम स्नान धामीझाँक्रीसँग आशिष लिने श्रद्धालुहरुको संख्या पनि उल्लेख्य थिए । महोत्तरी धनुषा सर्लाही सिरहा सप्तरी बारा पर्सा सुनसरी मोरङ र भारतको दर्जनौ गाउँबाट लावालस्कर का साथ काम्दै उफ्रदै घण्टौघण्टाको बाटो पैदल गई स्थान र तन्त्रमन्त्र गरेको दृश्य हेर्दा यस क्षेत्रका बासिन्दा भन्ने साह्रै रमाएका थिए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment