दुईवर्ष अघिसम्म कार्यालय र कक्षाकोठामा कुनै फरक दिएन । शिक्षक वस्ने कुर्सि समेत विद्यालयमा पुरा थिएन प्रधानाध्यापक श्यामसुन्दर मण्लले प्रतिप्रश्न गरे, ‘यस्तो भद्रगोल अवस्थामा कसरी विद्यालयको शैक्षिक वातावरण सहज हुन्छ ?’
अन्तराष्ट्रिय सहयोग तथा अध्यन केन्द्रको सहयोगमा महिला उद्धार सेवा केन्द्र, गोलबजारद्वारा संचालित ‘सार्वजनिक वित्तव्यवस्थापन÷ नेपालमा जवाफ देखि
ता’ कार्यक्रमको प्रभावले विद्यालयमा सुधार सम्भव भएको हो । सधैंभरी अधिकारमात्र खोजी गर्ने अभिभावक तथा शिक्षकहरुमा कर्तव्य तथा जवाफदेहिता बोध भएपछि विद्यालयमा त्यसको असर देखिएको हो । सधैं शिक्षक नआएको, पढाएन भनेर दोषमात्र दिने अभिभावक अहिले विद्यालयको सम्पूर्ण विकासमा आफूले केगर्न सकिन्छ भन्ने भावना विकास भएको प्र.अ. मण्डल बताउँछन् ।
अभिभावक तथा शिक्षकहरुकै सक्रियतामा व्यवस्थापनसँगै पठनपाठनमा समेत सुधार आएको छ । शैक्षिक वातावरणमा प्रगति देखिएपछि निजी विद्यालयका विद्यार्थीपनि यहाँ आउन थालेको शिक्षक गणेश कुमार महतोले बताए । उनले भने, ‘शिक्षकमात्र हैन हिजोआज विद्यार्थीको शैक्षिक, भौतिक सुधार सहित समग्र अभिभावक पनि उत्तिकै गम्भिररुपमा सक्रिय भईरहेका छन् ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार ठाकुरले जवदेखि हामीले अधिकारसँगसँगै कर्तव्य र जवाफदेहिताको वारेमा बुझ्ने मौकापाँयौ त्यसपछि हाम्रो विद्यालयलाई हेर्ने नजरीयामा नै फरक आएको छ । हामीले जवाफदेहिता बुझेरै हाम्रो विद्यालयको सर्वाङ्गिण विकासमा सहकार्य गरिरहेका छौं अध्यक्ष ठाकुरले भने, ‘विद्यालयमा जवाफदेहिता कार्यक्रम पछि नै हामीले पाँच वर्षदेखि गठन हुन नसकेको विद्यालय व्यवस्थापन समिति दुईघण्टाको छलफलबाटै गठन गर्यौं र अहिले विद्यालय राम्रोसँग संचालन हुनुको साथै विकासका ढाकाहरुपनि खुलेको छ ।’
उनले कार्यालयका लागि दराज, टेवल, कुर्सि तथा खेल कुद सामाग्री तथा शिक्षा कार्यालयले एकलाख मुल्य वराबरको डेक्सवेञ्च सहयोग गरेको प्र.अ. मण्डलले बताए । सवैको सक्रियतामा यो सम्भव भएको उनले जानकारी दिए । प्रअ मण्लका अनुसार अभिभावकले पनि आफ्नो विद्यार्थीको पढाई लेखाई नियाल्नुको साथै नियमित विद्यार्थी पठाउने गरेको छ ।
अहिले दुई सय ४८ विद्यार्थी रहेको विद्यालयले जनाएको छ । यस शैक्षिक सत्रमा १५ जना विद्यार्थी वोर्डिङ स्कूलबाट आएको छ । अघिल्लो शैक्षिकसत्रमा एक सय ९८ विद्यार्थीले नामाकरण गराएको थियो । त्यसमध्ये एक चौथाई विद्यार्थीमात्र नियमित आउने गरेको विद्यालयले जनाएको छ ।
No comments:
Post a Comment