
एमाले युवा नेता कमलदेव यादबका अनुसार सिरहाको लहानमा आज नेकपा एमाले प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । लहानस्थित मारवाडी सेवा सदनमा राखिएको कार्यक्रम विथोल्न मधेसी मोर्चाका कार्यकर्ताले विहानैदेखि प्रयास गरेका थिए ।
तर, सुरक्षाकर्मीको बाक्लो उपस्थिति र एमाले युवाहरुको निगरानीका कारण मोर्चाले कार्यक्रम विथोल्न सकेन् ।
यद्यपी एमालेले लहान बजारको सडकको विभिन्न ठाउँमा झुण्डयाएको पार्टीको झण्डा विहानै मोर्चाका कार्यकर्ताहरुले हटाएका थिए ।
तनाव बढ्ने देखिएपछि केपी ओली आएनन्
यसैबीच प्रशिक्षण कार्यक्रम उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम थियो । तर, मधेसी मोर्चाले तनाव उत्पन्न गराउने सुरक्षा निकायको सुझावपछि ओली आएनन् । ओलीको सट्टामा एमाले बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल लगायतका नेताहरु आए ।
सिरहामा गर्जिए झलनाथ र माधव
यसैबीच लहानमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधनको प्रस्ताव फिर्ता नलिए देशव्यापी कडा आन्दोलन गर्ने चेतावनी दिए । नेता खनालले आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई समेत निर्देशन दिए । ‘संशोधन प्रस्ताव फिर्ता लिनुको विकल्प छैन् । फिर्ता नलिए हामी जस्तोसुकै मुल्य चुकाउन तयार छौं,’ उनले भने ।
नेता खनालले २०७४ माघ ७ गतेभित्र ३ तहको चुनाव गराउनुपर्ने बाध्यता रहेको बताउदै चुनावका लागि राष्ट्रिय सहमती बनाउनुपर्नेमा जोड दिए । उनले भने–‘संविधान संशोधन छाडेर चुनाव गराउनका निम्ति राष्ट्रिय सहमति बनाउनका लागि खुल्ला आह्वान गर्दछु ।’
उनले मधेसी मोर्चाको हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्ने माग पुरा गर्न नसकिने बताए । ‘आज हिन्दीलाई राष्ट्रिय भाषा बनाए भने भोली चाइनिज भाषालाई पनि राष्ट्रिय भाषा बनाउने कुरा उठ्छ । त्यसपछि के गर्ने रु’, नेता खनालले भन्नुभयो, ‘त्यसैले हिन्दी भाषालाई राष्ट्रिय भाषा कुनै पनि हालतमा मान्न सकिदैन् । मधेसी मोर्चाको कुनै माग जायज छैन् ।’
एमाले मधेस विरोधी होइन्ः नेता नेपाल
यस्तै, अर्का बरिष्ठ नेता माधव कुमार नेपालले संसदमा दर्ता गरिएको संशोधनको प्रस्तावमा कुनै पनि हालतमा सहमति नजनाउने अडान दोहर्याए ।
नेता नेपालले अहिले संविधान संशोधन गर्ने समय नभएर संविधान लागु गर्ने समय भएको बताए । ‘संशोधनको बहानामा संविधान सफल बनाउने षड्यन्त्र हुंदैछ,’ उनले भने ।एमाले मधेस विरोधी रहेको नरहेको बताउदै नेता नेपालले मधेसी मोर्चा र केही अन्य दलका नेताहरु एमालेलाई बदनाम गराउन खोजिरहेको गुनासो गरे । उनले आफ्ना कार्यकर्तालाई भने– ‘तपाईहरु अरुको भ्रममा नपर्नुस् । पार्टीमाथि विश्वास राख्नुस् । एमालेले मात्र देश र जनताको हितमा काम गरिरहेको छ ।’
प्रदेश नम्बर २ का एमालेका आठ जिल्लाका नेता तथा कार्यकर्ता सहभागी उक्त प्रशिक्षण भोलीसम्म चल्नेछ । प्रशिक्षणमा सहभागी नेता तथा कार्यकर्ताका लागि खाना र बस्ने व्यवस्था पनि मिलाइएको एमाले यूवा नेता कमलदेव यादबले जानकारी दिए ।
No comments:
Post a Comment