Onlinesiraha-Nepali |
- संविधान संशोधनको प्रक्रिया अन्तिम चरणमा रहेको ः प्रचण्ड (फोटोफिचर सहित)
- प्रधानमन्त्री प्रचण्ड आज सिरहा आउँदै, सुरक्षा हजार प्रहरी तैनाथ
- जनकपुर सहित तराई मधेश क्षेत्रमा समाचकेवा पर्वको रौनक
संविधान संशोधनको प्रक्रिया अन्तिम चरणमा रहेको ः प्रचण्ड (फोटोफिचर सहित) Posted: 11 Nov 2016 05:03 AM PST राम नारायण पंडित, सिरहा, २६ कार्तिक । असन्तुष्ट पक्षका जायज माग सम्वोधन हुने गरी संविधान संशोधनको प्रक्रिया अगाडी बढेकोले अन्तिम रुप दिने प्रयास भइरहेको प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बताएको छ । प्रधानमन्त्री भएपछि पहिलो पटक आज (शुक्रवार) आफ्नो निर्वाचन क्षेत्र सिरहा क्षेत्र नं. ५ चोहर्वा आएका प्रधानमन्त्री प्रचण्डले आयोजित बिशाल जनसभालाई सम्वोधन गर्दै सवै दलहरुसँगको छलफल अन्तिम अवस्थामा पुगेकोले अव चाँडै निकास निस्कने दाबी गरे । सवै क्षेत्रको भावना समेट्ने बाचा सहित आफू प्रधानमन्त्री भएको भन्दै प्रधानमन्त्री दहालले सवैलाई मन्य हुने गरी संविधान संशोधनको प्रयास भइरहेको जिकिर गरे । मन्तव्यकै क्रममा उहाँले आफ्नो मधेस र मधेसी जनतासँग अझै प्रेम रहेको बताउनुभयो । 'केही साथीहरुले मैले भनेको कुरालाई गिल्ला गरेर उडाउने गरेको भएपनि संविधान संसोधन पछि मधेसी जनतासँग मेरो प्रेम–माया कति छ भन्ने देखाउँछ,' अध्यक्ष दहालले मन्तव्यको क्रममा व्यक्त बताए । उक्त क्रममा प्रधानमन्त्रि प्रचण्डले सिरहाका बिभिन्न क्षेत्रका गर्ने विकास निर्माण कार्यको घोषणा समेत गरे । प्रधानमन्त्रि प्रचण्डले मिर्चैया नगरपालीकाको ढलनिकास ढल, छिटो–छरीतो र सजिलोको लागि मिर्चैयामा इलाका प्रशासन, मालपोत, नापी लगायतका कार्यालयहरु स्थापना गर्ने, जमदह–लगडीगदियानी सडक कालोपत्रे गर्न बजेट व्यवस्था गर्न सम्वन्धित कार्यालयका प्रमुख तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिएका हुन । त्यसैगरी सिरहाको लामिडाँडामा एयरपोर्ट निर्माणको लागि बजेट व्यवस्था गर्ने, जिल्ला अस्पताललाई १५ वेडबाट ५० बेडमा स्तरोन्नती, बस्तीपुर–सिकरौन सडक कालोपत्रै, चोहवामा ट्रमा सेन्टर लगायतका एक दर्जन भन्दा बढी विकास निर्माणका कार्यक्रम उहाँले घोषणा गरको हुन । त्यस्तै, बैदेशिक रोजगारीमा जाने तराइ मधेसका जनतालाई सुविधा हुने गरी आगामी ४५ दिन भित्र जनकपुरमा वैदेशीक रोजगार कार्यालयको स्थापना गर्न पनि उहाँले निर्देशन दिए । यो घोषणा मात्र नभएको भन्दै प्रधानमन्त्रि प्रचण्डले यस कार्यक्रममा सम्वन्धित निकायका सचिव तथा आधिकारीक व्यक्तिहरु समेत उपस्थित रहेकोले घोष्ीित योजनाहरु कार्यान्वयका लागि निर्देशन समेत दिए । सभालाई सम्वोधन गर्दै कानुनमन्त्री अजयशंकर नायकले मधेसी जनताको भावना अनुकुल कानुन बन्ने दाबी गरे । सवै निकायमा समानुपातीक तथा समावेशी लागु हुने गरी कानुन बन्न लागेको समेत मन्त्रि नायकले बताए । पूर्व सामान्य प्रशासन मन्त्री रामकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय र जिल्ला स्तारका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो । |
प्रधानमन्त्री प्रचण्ड आज सिरहा आउँदै, सुरक्षा हजार प्रहरी तैनाथ Posted: 10 Nov 2016 10:59 PM PST राम नारायण पंडित, सिरहा, २६ कार्तिक । नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड' जनसभालाई सम्वोधन गर्न आज (शुक्रबार) सिरहाको चोहर्वा आउन लागेको हो । प्रधानमन्त्रिमा निर्वाचित भएपछि यसअघि आफ्नो निर्वाचन क्षेत्र सिरहाको मिर्चैया आउने कार्यक्रम तय गरेपनि अन्तिम समयमा आएर मौसमका कारण कार्यक्रम स्थगित गरेका प्रधानमन्त्रि प्रचण्ड पुनः सिरहाको चोहर्वा जनतासँग भेटघाट गर्न आउन लागेको नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राम नारायण सिंहले बताए । यसअघि सिरहाको मिर्चैयामा भदौ २७ गते आयोजित जनसभामा मौसम खरावीका कारण उपस्थित हुन नसकेपछि टेलिफोन मार्फत सम्वोधन गरेका प्रधानमन्त्रि प्रचण्ड प्रत्यक्ष रुपमा जनतालाई सम्बोधन गर्न पुनः आज दिउँसो १ बजे सिरहाको चोहर्वामा रहेको सनता उमाबिमा आयोजना गरिएको जनसभाको सम्बोधन गर्न अउन लागेको आयोजकले बताए । नेकपा माओबादी केन्द्रका केन्द्रिय अध्यक्ष समेत रहेका प्रचण्डले मधेसको मागको बारेमा भईरहेको प्रगतिको वारे मधेसी जनतासँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न सिरहा आउन लागेको बताईएको छ । प्रचण्डको मिर्चैयामा रहेको मोहन उमाबिको हाताभित्र आवासिय नमुना भबनको शिलान्यास र चोहर्वामा ट्मा सेन्टरको शलान्यास गर्ने कार्यक्रम रहेको बताईएको छ । प्रचण्डको एक हजार प्रहरी परिचालन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रि पुष्पकमल दहाल प्रचण्डको सुरक्षमा सिरहामा एक हजार प्रहरी परिचालन गरिएको छ । प्रधानमन्त्रि प्रचण्डको सुरक्षाको ध्यानमा राखदै कार्यक्रम स्थलको करीब १ किलोमिटर परिपरी प्रहरीले कब्जा गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी श्यामलाल ज्ञवालीका अनसार प्रचण्डको सुरक्षाको ध्यानमा राखदै नेपाल प्रहरी र शसस्त्र प्रहरी गरी करीब १ हजार प्रहरी परिचालन गरिएको बताए । प्रचण्डको सुरक्षामा काठमांडौको बिषेश प्रहरी टोली, पुर्व क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरका टोली सहित एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि निरास भएका सिरहावासी पुनः प्रचण्डको भव्य स्वागतको तयारीमा । यसअघि प्रधानमन्त्रि पुष्पकमल दहाल प्रचण्डले अन्तिम समयमा आएर सिरहा आउने कार्यक्रम स्थगित गरेपछि निरास भएका सिरहाबासी पुनः प्रचण्डलाई भव्य स्वागत गर्ने तयारीमा जुट्ेका छन् । संबिधानको मस्यौदा सुझाव संकलनका क्रममा बिरोधका साथै ढुङ्गामुडा गरेकाहरुले पनि प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत गर्ने तयारी गरेको छन् । प्रधानमन्त्री प्रचण्डले सम्वोधन गर्नु हुने जनसभाको तयारी तिव्र रुपमा भईरहेको आयोजकले बताए । यसअघि प्रधानमन्त्रि प्रचण्ड मौसमको खराबीका कारण जनसभालाई सम्बोधन गर्न मिर्चैया नआएपछि सहभागी भएका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र उदयपुर लगायतका जनता निरास भएर फर्केका थिए । प्रधानमन्त्री भएपछि पहिलो पटक मधेसमा आउन लागेका प्रचण्डको सम्वोधन सुन्न आएका जनताहरु अन्तिम समयमा नआउने सुचना पाएपछि निरास भएर फर्किएका थिए । प्रधानमन्त्रिको सम्वोधन प्रत्यक्ष रुपमा सुन्न पानी परिरहेकै वेला गाउँ गाउँबाट आएका सर्वसाधारण हिलो, पानीमा वसिरहका थिए । त्यो बेला प्रचण्डलाई स्वागत गर्न ५१ केजीको माला पनि बनाइएको थियो । |
जनकपुर सहित तराई मधेश क्षेत्रमा समाचकेवा पर्वको रौनक Posted: 10 Nov 2016 08:47 PM PST जितेन्द्र सिंह, कात्तिक २६ । दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीका रुपमा मनाइने सामाचकेवा पर्वको रौनक जनकपुर सहित तराई मधेश क्षेत्रमा बढेर गएको छ । समाचकेवा पर्वमा माटोको कलात्मक रुपमा समा, चकेवा, चुगला लगायतका पात्रहरुलाइ माटोले बनाएर पूजापाठ गर्ने गरिन्छ । समा स्त्री र चकेवा पुरुष पात्र हुन् । यो पर्वमा मैथिल नारीहरुले दाजुभाइको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गीतका माध्यमले गाली गरी मनोरंजन गर्दछन् । कात्तिक पूर्णिमासम्म मनाइने समा चकेवा समूहगत रुपमा खेल्ने परम्परा छ । छठ अन्तर्गत खरनाको रातिबाट विधिवत रुपमा सुरु गरी कात्तिक पूर्णिमाको मध्यरातिमा समापन गरिन्छ । दाजुभाईले समाचकेवा लगायतका पात्रहरुलाई घुंडामा राखेर फुटाएपछि नदी, तलाउ तथा खुला चौरमा गाडेर समापन गर्ने परम्परा रहेको छ । समा चकेवा पर्व मनाउनका लागि मैथिल नारीहरु माइती जाने चलन समेत रहेको छ । बाहिर रहेका दाजुभाईहरु समेत समाचकेवाको पर्वमा घर फर्किने गर्दछन् । रक्षा बन्धन तथा भाई टीका पर्व भ्याउन नसकेका दाजुभाई तथा दिदीबहिनी समेत यस पर्वमा सहभागी हुनुपर्ने मान्यता रहेको छ । नयाँ पुस्ताका महिलालाई माटाको मूर्ति बनाउने कलाको ज्ञानसमेत यस पर्वको माध्यमबाट प्राप्त हुने विस्वास मानिन्छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment