/ , , , , / भारु नोट प्रतिबन्धपछि सीमाक्षेत्रका सर्वसाधारण आधा मूल्यमा रकम साट्दै

भारु नोट प्रतिबन्धपछि सीमाक्षेत्रका सर्वसाधारण आधा मूल्यमा रकम साट्दै

रामभरोसी यादव,१२ मंसिर ।भारत सरकारले भारु पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रका व्यवसायी र सर्वसाधारण मर्कामा परेका छन् । 
सीमाक्षेत्रका साना व्यवसायी र सर्वसाधारणले भारतीय आफन्तको प्रयोग गरी आफूसँग भएको रकम साटेको भएपनि पहुँच नभएकाहरु भने भारतीय दलालसँग आधा मूल्यमा भारु साट्न बाध्य भएका छन् ।
नाम उल्लेख नगर्ने सर्तमा सिरहाको चोहर्वाका एक व्यवसायीले आफूले आधा मूल्यमा भारु हजार र पाँचसयको नोट साटेको बताए ।
सिरहासँग सीमाना जोडिएका भारतीय बजारहरु जयनगर, लौकहा,
लदनीयाँ लगायतका बजारमा प्रतिबन्धित भारु आधा मूल्यमा साटिने गरेको सर्वसाधारणहरुले बताएका छन् ।
घरायसी सामाग्रीहरु किनमेलका लागि भारत विहारको जयनगर पुगेका गोलबजार नपा–८ का वोयलाल यादवले भारु १ हजार साट्न परे त्यसको आधा र ५ सय साट्नु परेपनि आधा मूल्य दिइने गरेको बताए ।
तर, सिरहा गोलबजारका व्यवसायी विजय सिंहले भने आफूसँग भएको पाँच सयको २५ हजार रकम भारतीय आफन्तलाई जिम्मा लगाए । उनले भने, ‘कहिलेकाही इण्डियाजाँदा काम लाग्छ भनेर थोरै रकम जम्मा गरेर राखेको थिएँ । भारत सरकारले नोट प्रतिबन्ध लागाएपछि उतैका एकजना आफन्तलाई दिएर पठाएको छु ।’
आफन्त नभएका नेपालीको पाँच सय र हजारको नोट साट्न भने आधा मूल्यमा दलालकै भर पर्नुपर्ने अवस्था आएको हो ।
नेपाल राष्ट्र बैंकले सर्वसाधारणको भारु साट्नेबारे पहल गरिरहेको भएपनि भारतीय केन्द्रीय बैंकले हालसम्म जवाफ पठाएको छैन । भारतीय पक्षबाट जवाफ नआउँदा अन्योलमा परेका सर्वसाधारण आधा मूल्यमा रकम साट्न बाध्य भएका हुन् ।

यसैबीच लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा समेत भारु प्रतिबन्धको असर देखिएको छ । उपचारका लागि आउने धेरै भारतीय नै हुने भएकाले अस्पतालमा विरामीको चाप ह्वात्तै घटेको छ । जसका कारण अस्पतालले ठूलो आर्थिक नोक्सानी वेहोर्नु परेको छ ।
आँखा उपचारकालागि आउने विरामी सधैंजसो भिडभाड रहने अस्पताल पच्छिलो तीन सातादेखि सुुनसानको जस्तै देखिन्छ । भारतीय नोट प्रतिबन्ध लागाउनुभन्दा अघिल्लो दिनसम्म प्रत्येक दिन एक हजार २ सय सम्म बिरामीको जाँच गरिरहेको अस्पतालमा अहिले पाँच सयमा झरेको अस्पताल प्रशासकीय अधिकृत अभिषेक रोशनले जानकारी दिए ।
दैनिक एक हजार देखि देखि एक हजार दुईसयको हाराहारीमा उपचार सेवा लिन आउने विरामीको संख्यामा अहिले पाँच सयको हाराहारीमा झरेको छ । भारत सरकारले कात्तिक २३ गते रातीबाट पाँच सय र हजारको नोटमा प्रतिवन्ध लगाएको हो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment