/ , , , , , / जोखिम पेशाको विकल्प खोज्दै यौनकर्मीहरु

जोखिम पेशाको विकल्प खोज्दै यौनकर्मीहरु

लहान,२४ कात्तिक । यौनकर्मी महिलाले म यौनकर्मी महिला हुँ, हामी किन र कसरी यौनकर्मी बन्यौं, समस्या केके छन्, राज्यले हाम्रो लागि यस्तो कानुन बनाओस भनेर खुलेर पैरवी गर्न सक्ने स्थितिमा छैनन् । किनकी यौन मनोरञ्जन लिन जाने पुरुषलाई कानुन लाग्दैन, दिने महिलालाई कानुन लाग्छ । यो हरफ प्रतिमा शर्माले एक लेखमा उल्लेख गरेका छन् । यत्तिवेला सबै आफ्नो अधिकारको कुरा उठाइरहेको छ । यौनकर्मी महिलाहरु लुकेर शहरबजारमा भेला हुने गरेको छ । उनिहरुको पेशा व्यवस्थापन हुनुपर्छ की यस पेशाको विकल्प दिनुपर्छ भनी यौनकर्मीहरुले आवाज उठाउंन थालेको छ । 

    विगतमा लहानमा रेष्टुरेन्टको नाममा दूई दर्जन बढी यौनकर्मी आफ्नो पेशा गर्दै थिए । तर, समाजमा बढ्दो विकृति र छाडापन बढेपछि ईलाका प्रहरी कार्यालय लहानले त्यस्ता रेष्टुरेन्टलाई बन्द गर्दै यौनकर्मीहरुलाई विस्थापित गराउंन थाले । यौनकर्मी महिलाहरु तत्काल विस्थापित भएपनि आजभोली कोठा भाडा लिएर यौन धन्दा संचालन गर्दै आएको एक विशेषको दावी रहेको छ । यस्ता यौनकर्मीहरु लहानभित्र अहिले पनि ढेड दर्जन रहेको दावी छ । यस्ता महिलाहरु पीडित भएकै कारण यौन पेशामा संलग्न हुने गरेको स्थानीय बलवीर यादव बताउंछन् ।     
यौन पेशामा लागेका महिलाहरु लहानको अस्पताल चौकको टोलहरु, लहान १ स्थित तरकारी बजारदेखि दक्षिण वस्तीहरुमा, ग्रामिण चौकको वस्ती र खुट्टी छेउछाउको वस्तीमा डेरा लिएर बस्ने गरेको यादवको दावी छ । यि यौनकर्मीहरु होटल, लांज, चिया पसललगायतको सम्पर्कमा धन्दा गर्दै आएको छ । अस्पताल चौकको केही लांजमा दिउंसो र रात्री ग्राहकलाई आवश्यक परेको बेला सम्पर्कमा रहेका पसलेहरुबाट यौनकर्मीहरु उपलब्ध हुंदै आएको छ । एक स्रोतका अनुसार अस्पताल चौकमा ड्युटीमा रहेका प्रहरी र लांज, होटलवालहरुको मिलोमतोमा धन्दा हुंदै आएको छ । तर, ड्युटीमा रहेका केही प्रहरी मात्र चिसो, चिया, डबलमजाको कारण मौन बस्ने गरेका छन् । अधिकांश प्रहरी यस्ता क्रियाकलाप रोक्न सक्रिय रहेका छन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment