जनकपुरधाम, कातिक १९ गते । भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज जनकपुरको भ्रमण गर्दै छन् । आज विहान ११ बजेदेखि हुन लागेको भ्रमणको क्रममा राष्ट्रपति मुखर्जीको प्रसिद्ध जानकी मन्दिरमा दर्शन एवं पूजाअर्चनाको कार्यक्रम छ । त्यस्तै जनकपुरको ऐतिहासिक तिरहुतियागाछी मैदानमा भव्य समारोहबिच राष्ट्रपति मुखर्जीको नागरिक अभिनन्दन हुने छ ।
राष्ट्रपति मुखर्जीको भ्रमणलाई लिएर आज विहानैदेखि जनकपुरको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । जनकपुरमा उहाँको सुरक्षाको चार हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । उनको स्वागको लागि जनकपुर बिमान स्थलदेखि जानकी मन्दिरसम्मको सडकबाटोमा स्वागतद्वाराहरु निर्माणकोसाथै प्रत्येक गेट र पोलहरुमा नेपाल भारतको राष्ट्रिय झण्डा झुण्ड्याइएको छ ।
राष्ट्रपति मुखर्जीलाई स्वागत गर्न जनकपुरका २५ वटा निजी विद्यालयको चार हजारभन्दा बढी विद्यार्थी सडकमा उभेर स्वागत गर्ने कार्यक्रम छ । जनकपुरको श्यामचोकदेखि शिवचोकसम्म सडकको दुवै छेउ विद्यार्थीहरुले उभेर फुलमाला तथा नेपाल भारतको राष्ट्रिय झण्डा हल्लाएर स्वागत गर्ने जनाएको छ ।
इतिहासमै पहिलो पटक हुन लागेको भारतीय राष्ट्रपतिको भ्रमणले सम्पूर्ण मिथिलाञ्चलबासी उत्साहित छन् । मिथिलान्चल बाट
No comments:
Post a Comment